खरमुजुर अथवा खरमयुर (Houbaropsis bengalensis) नेपाललगायत भारतीय उपमहाद्वीपमा पाइने एक प्रकारको चराको प्रजाति हो । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यस प्रजातिलाईरातो सूचीमा सूचिकृत गरेको छ।[२] यसलाई अङ्ग्रेजीमा बेङ्गाल फ्लोरिक्यान (Bengal Florican) भनिन्छ ।

खरमुजुर
भाले (उभिएको) र पोथी
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
Houbaropsis

Sharpe, 1893
प्रजाति:
H. bengalensis
वैज्ञानिक नाम
Houbaropsis bengalensis
(Gmelin, 1789)
पर्याय

Eupodotis bengalensis (Gmelin, 1789)

भारतको आसामको आकाशमा उडिरहेको भाले

विबरण सम्पादन गर्नुहोस्

खरमुजुर र सानो खरमुजुर उस्तै देखिने भिन्न प्रजातिहरू हुन्। खरमुजुर सानो खरमुजुर भन्दा ठूलो र गठिलो हुन्छ जसको चौडा टाउको र मोटो घाटी हुन्छ। खरमयूर कालो सेतो छिर्विरे रंगको र घाँसकै रंगसँग मिल्दोजुल्दो हुन्छ। भालेको टाउको, घाटी र माथिल्लो भाग कालो र उडेको बेलामा पखेटाको टुप्पोमा हल्का कालो बाहेक पुरै सेतो देखिन्छ । पोथी र अल्पवयस्कहरू मैलो खैरोदेखि बलौटे कैलोसम्म हुने गर्दछ। मैलो मैलो सेतो पङ्खढकनीमा गाढा र मसिना तेर्साहरू हुन्छन्। यसको नाप ६६ से.मी. हुन्छ। घाँसे मैदानमा पाइने लामा खुट्टा, मजबुत शारीरिक बनावट, लामो घाँटी र टाउकोमा कल्कीजस्तो देखिने खरमयुरका पोथी र बच्चा खैरा हुन्छन् । प्रजनन समयका बयस्क भाले प्रायः काला देखिन्छन्, जसको पखेटा भने सेता हुन्छन्।

वितरण तथा वासस्थान सम्पादन गर्नुहोस्

खरमुजुर नेपाल लगायत भारत, कम्बोडियाभियतनाम मा पाइने गर्छ । यो प्रजाति ३०५ मि. भन्दा तलका भूभागमा केही संरक्षित क्षेत्रमा मात्र पाइने गर्छ ।सिरु अथवा खरको झाडीमा बस्न रुचाउने खरमयूर नेपालमा तराईको सिमसारमा पाइन्छ । कोसीटप्पु वन्यजन्तु आरक्ष खरमुजुरका लागि विश्वकै लागि महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको छ । खरमयूर बच्चा कोरल्ने बेला नेपाली भु-भागमा देखिए पनि त्यसपछि आउने हिउँदवर्षातमा नेपालबाट प्रायः हराउँछन्। त्यसैले यो नेपालका लागि आगन्तुक च‍रामा गनिन्छ ।

खतरा तथा संरक्षण अवस्था सम्पादन गर्नुहोस्

यो प्रजाति संरक्षणका हिसाबले विश्वमा अति सङ्कटापन्न अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्