हल्द्वानी भारतको उत्तराखण्ड राज्यको कुमाऊँको सबैभन्दा ठूलो सहर हो। यो भारतको उत्तराखण्ड राज्यको तेस्रो सबैभन्दा जनसङ्ख्या भएको सहर र सबैभन्दा ठूलो व्यावसायिक बजार पनि हो। हल्द्वानी सहरमा अपेक्षाकृत रूपमा सबैभन्दा बढी व्यवसायिक, आर्थिक र औद्योगिक गतिविधिहरू हुने भएकोले यसलाई उत्तराखण्डको आर्थिक राजधानी समेत भनिन्छ। नैनीताल जिल्लामा रहेका आठ उपविभागहरू मध्ये हलद्वानी एक हो। हल्द्वानी सहरी समूहमा सन् २०११ को जनगणना अनुसार २,३२,०६० मानिसहरू बसोबास गर्ने गरेका छन्। देहरादुन, हरिद्वाररुडकी पछि यो सहरी समूह उत्तराखण्डको चौथो सबैभन्दा धेरै जनसङ्ख्या भएको सहरी समूह हो। कुमाऊँ हिमालयको फेदमा अवस्थित भएकोले हल्द्वानीको काठगोदाम छिमेकी क्षेत्रलाई 'कुमाऊँको प्रवेशद्वार' भनेर चिनिन्छ।

हल्द्वानी
उपनाम(हरू): 
हरित सहर, कुमाउँको प्रवेशद्वार
हल्द्वानी is located in उत्तराखण्ड
हल्द्वानी
हल्द्वानी
उत्तराखण्डको नक्सामा सहरको अवस्थिति
निर्देशाङ्क: २९°१३′N ७९°३१′E / २९.२२°N ७९.५२°E / 29.22; 79.52निर्देशाङ्कहरू: २९°१३′N ७९°३१′E / २९.२२°N ७९.५२°E / 29.22; 79.52
देश भारत
राज्यचित्र:..Uttarakhand Flag(INDIA).png उत्तराखण्ड
विभागकुमाऊँ
जिल्लानैनीताल
स्थापनासन् १८३४
नगरपालिकासन् १९४२
संस्थापकजर्ज विलियम ट्रेल
नामकरणहल्दु
सरकार
 • प्रकारमेयर–परिषद्
 • अङ्गहलद्वानी नगर परिषद्
 • मेयरजोगेन्द्र पाल सिंह रौटेला (भाजपा)
क्षेत्रफल
 • जम्मा२५० किमी (१०० वर्ग माइल)
उन्नतांश
४२४ मिटर (१३९१ फिट)
जनसङ्ख्या
 (सन् २०२१)
(काठगोदाम सहित)[]
 • जम्मा१,०५०,०००
 • घनत्व४२००/किमी (११०००/वर्ग माइल)
भाषाहरु
 • आधिकारिकहिन्दी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक कोड
२६३१३९, २६३१४१
टेलिफोन कोड+९१-५९४६
सवारी दर्ताUK-04
वेबसाइटnagarnigamhaldwani.in

गौला नदीको किनारमा हिमालयको फेदमा रहेको भावर क्षेत्रमा अवस्थित हल्द्वानी सहर सन् १८३४ मा चिसो मौसममा भावर भ्रमण गर्ने पहाडी मानिसहरूका लागि बजारको रूपमा स्थापित भएको थियो। सन् १८८२ मा बरेली-नैनीताल बीच प्रान्तीय सडकको निर्माण र सन् १८८४ मा रोहिलकुण्ड र कुमाऊँ रेलवेद्वारा भोजीपुरा- काठगोदाम रेलवे लाइन बिच्छाएको कारण सहरलाई प्रमुख व्यापारिक नाका र त्यसपछि कुमाऊँको पहाडी क्षेत्रहरू र भारतीय गङ्गाको मैदानहरू बीचको केन्द्रको रूपमा विकास गर्न मद्दत गरेको थियो।

हल्द्वानी नाम कुमाऊँनी शब्द 'हल्दु' र 'वाणी' (शाब्दिक रूपमा 'हल्दुको जङ्गल')को एक अङ्ग्रेजी संस्करण हो, जुन 'हल्दु' (करम) को रूखको नामबाट राखिएको हो।[] यसको वैज्ञानिक नाम 'हल्दिना कर्डिफोलिया' हो। कृषि र बसोबासका लागि यस क्षेत्रको वन फँडानी हुनुअघि सहर वरिपरि हल्दुका रुखहरू प्रशस्त मात्रामा भेटिएका थिए। जर्ज विलियम ट्रेलले कुमाऊँको आयुक्तको रूपमा पदभार ग्रहण गरेर सन् १८३४ मा हल्द्वानीको नाम परिवर्तन नगरेसम्म यस ठाउँलाई क्षेत्रीय रूपमा हल्दुवानी भनेर चिन्ने गरिन्थ्यो।[]

सन् २०११ को भारतको जनगणना अनुसार हल्द्वानी नगरपालिकाको जनसङ्ख्या १,५६,०६० रहेको छ। यस क्षेत्रमा उत्तर प्रदेश, बिहार, पञ्जाब, पश्चिम बङ्गाल लगायत विभिन्न राज्यका मूल कुमाउँनीहरू र आप्रवासीहरूको बाहुल्यता छ।[] सन् २०११ को जनगणनाले जारी गरेको अस्थायी तथ्याङ्क अनुसार हल्द्वानीमा विभिन्न धर्म र क्षेत्रका ठूलो जनसङ्ख्या रहेको छ।[] सन् २०१७ मा यस क्षेत्रको जनसङ्ख्या २,९१,३३८ रहेको अनुमान गरिएको थियो।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ District Census Handbook Nainital Part-A, Dehradun: Directorate of Census Operations, Uttarakhand। 
  2. "Haldwani and Kathgodam Town Population Census 2019 | Uttarakhand", www.census2011.co.in, अन्तिम पहुँच ४ जुलाई २०१७ 
  3. "Imperial Gazetteer2 of India, Volume 13, page 10 -- Imperial Gazetteer of India -- Digital South Asia Library" 
  4. History वेब्याक मेसिन अभिलेखिकरण २४ डिसेम्बर २००७ मिति Official website.
  5. Madhwal, Abhinav (१० सेप्टेम्बर २०१७), "Haldwani: High on development, but basic infrastructure problems remain a worry", Hindustan Times (Haldwani), अन्तिम पहुँच १५ सेप्टेम्बर २०१७ 
  6. "Haldwani · Population", population.city, अन्तिम पहुँच ४ जुलाई २०१७  वेब्याक मेसिन अभिलेखिकरण २८ जुन २०१७ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्