प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,००४ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ साउन पहिलो सम्पादन गर्नुहोस्

अल्लू अर्जुन (तेलगु: అల్లు అర్జున్; जन्म ८ अप्रिल १९८३) मुख्य रूपमा तेलुगु चलचित्रमा अभिनय गर्ने एक भारतीय चलचित्र अभिनेता हुन्। 'विजेता' चलचित्रमा बाल कलाकारको रूपमा र 'ड्याडी' चलचित्रमा नर्तकको रूपमा अभिनय गरेपछि, अर्जुनले 'गङ्गोत्री' चलचित्रमा मुख्य कलाकारको रूपमा चलचित्र क्षेत्रमा पर्दापण गरेका थिए।

त्यसपछि अर्जुन सुकुमारको पहिलो चलचित्र 'आर्या'मा देखा परेका थिए। आर्यामा उनको अभिनयले उनलाई सफलतातर्फ डोर्‍याउनुका साथै चलचित्र व्यावसायिक रूपमा सफल भएको थियो। यस चलचित्रमा दमदार अभिनयको कारणले उनलाई उनको पहिलो फिल्मफेयर सर्वश्रेष्ठ तेलुगु अभिनेता पुरस्कारको मनोनयन दिलाएको थियो भने उनले नन्दी पुरस्कार समारोहमा विशेष निर्णायक पुरस्कार, सर्वश्रेष्ठ अभिनेता र सर्वश्रेष्ठ अभिनेता निर्णायक पुरस्कार गरि दुई सिनेमा पुरस्कार प्राप्त गरेका थिए। (पूरा  पढ्नुहोस्...)

२०७७ साउन दोस्रो सम्पादन गर्नुहोस्

मुमिनत्रोलन (स्वीडेनी: Mumintrollen), मुमिन परिवारलाई आधार बनाएर लेखिएको उपन्यास वा पुस्तकको एक सङ्ग्रह हो। यस उपन्यासलाई सन् १९४५ देखि सन् १९७० सम्म फिनल्यान्डमा पुस्तक प्रकाशक सिल्द्स्द्वारा प्रकाशन गरिएको थियो। यसकी लेखिका फिनल्यान्डकी स्वीडेनी भाषी लेखिका तुभे यानसन हुन्। यसलाई सन् २०१५ देखि, फोलगेत नामक पुस्तक प्रकाशनद्वारा प्रकाशित छ। पुस्तकका केन्द्रिय पात्रहरू भनेका मुमिन परिवारका सदस्यहरू हुन्। परिवार सेतो र डल्लो परिकथाका पात्रहरू हुन् भने यिनीहरू लामो थुतुनो भएका जलगैँडा समान पात्रहरू हुन्। परिवारको घर मुमिन उपत्यकामा रहेको छ। यस उपन्यासलाई ४० भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ।

यस उपन्यास सङ्ग्रहमा ९ वटा पुस्तकहरू सार्वजनिक गरिएको थियो। उक्त ९ पुस्तकको बाहेक, तुभे यानसनले उनको दाजु लार्स योनसनका साथ सचित्र पुस्तक र विभिन्न हास्याप्रधान कथाहरूका साथसाथै पात्रहरूद्वारा अभिप्रेरित गीतहरू पनि लेखेकी छिन्। मुमिनत्रोनल पछि गएर एक दूरदर्शन शृङ्खला वा प्रख्यात कार्टुन बन्न पुगेको थियो भने यसमै आधारित रहेर चलचित्र समेत बनेको छ। यसको फिनल्यान्डको नानतालीमा आफ्नै छुट्टै मुमिन संसार (स्वीडेनी: Muminvärlden) नामक एक उद्यान समेत रहेको छ। तेम्पेरे सहरमाको मुमिनदलन सङ्ग्रहालयमा तुभे यानसनद्वारा निर्मित यिनै पात्रहरूसँग सम्बन्धित विभिन्न आकृतिहरू राखिएको छ। (पूरा  पढ्नुहोस्...)

२०७७ साउन तेस्रो सम्पादन गर्नुहोस्

मनोज गजुरेल नेपाली हास्यव्यङ्ग्य कलाकार, अभिनेता, मोडल, गायक तथा हास्यव्यङ्ग्य कार्यक्रमका निर्णायक हुन्। उनले आफ्नो प्रस्तुतिमा पात्रको स्वर मात्र नक्कल नगरि पात्रको लगाइ, हिँडाइ, बोलाइ हाउभाउका साथै शारीरिक वनावटको समेत नक्कल गर्छन्। पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसम्मको नक्कल गर्दै उनले नेपालमा मात्र हैन अन्तर्राष्ट्रिय जगतमा समेत वाहावाही पाएका छन्। अमेरिकी अनलाइन सिबिएस न्युजले उनलाई विश्वका १८ हास्य कलाकारको सूचीमा राखेको छ। यसै कारण उनलाई समग्रमा बौद्धिक हास्यकलाकारको रूपमा चिनिन्छ। उनको व्यङ्ग्यको तारो मुख्यतः सामाजिक तथा राजनैतिक बेथिति, कुरीति, कुसंस्कार, कुप्रथा आदि नै हुन्। उनी राजनीतिलाई विश्लेषणात्मक तरिकाले नकारात्मक पाटोलाई व्यङ्ग्य प्रहार गर्छन् भने सकारात्मक पाटोलाई उजागर गर्दै सही बाटोमा लाग्न उत्प्रेरित गर्छन्। (पूरा  पढ्नुहोस्...)

२०७७ साउन चौथो सम्पादन गर्नुहोस्

नीलफामारी बङ्गलादेशको उत्तरमा पर्ने एक जिल्ला हो। सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको आठौँ विभागको रूपमा यो जिल्लालाई रङ्पुर विभाग अन्तर्गत राखिएको थियो। यो जिल्ला राजधानी सहर ढाकाबाट ४०० किलोमिटर उत्तर-पश्चिममा पर्छ। यो जिल्लाको सदरमुकाम तथा राजधानी नीलफामारी सहर हो। नीलफामारी जिल्ला बङ्गलादेशको उत्तरमा पर्छ भने यो जिल्ला २५°४४' देखि २६°१९' उत्तर अक्षांश र ८८°४४' देखि ८९°१२' पुर्वी देशान्तरणमा अवस्थित छ। नीलफामारी जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १५८०.८५ वर्ग किलोमिटर ओगटेको छ। यस जिल्लालाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, रङ्पुर जिल्लाले दक्षिण, लालमनिरहाट जिल्लाले पूर्व र दिनाजपुर जिल्लाले पश्चिमबाट घेरेको छ। टिस्टा, बुरुटिस्टा, इसामती, जमुनेश्वरी, चलरकाटा, सर्वमङ्गला आदि यस जिल्लाका प्रमुख नदीहरू हुन्। (पूरा  पढ्नुहोस्...)