लालमनिरहाट जिल्ला

लालमनिरहाट (बङ्गाली: লালমনিরহাট জেলা) बङ्गलादेशको उत्तरी सिमानमा पर्ने एक जिल्ला हो । यो जिल्ला रङ्गपुर विभागमा पर्छ । लालमनिरहाट महाकुमा १ फेब्रुअरी १९८४ जिल्लामा परिणत भएको थियो । [१]

लालमनिरहाट
লালমনিরহাট
बङ्गलादेशको नक्सामा लालमनिरहाटको अवस्थिति
बङ्गलादेशको नक्सामा लालमनिरहाटको अवस्थिति
निर्देशाङ्क: २६°००′N ८९°१५′E / २६.००°N ८९.२५°E / 26.00; 89.25निर्देशाङ्कहरू: २६°००′N ८९°१५′E / २६.००°N ८९.२५°E / 26.00; 89.25
देशFlag of Bangladesh.svg बङ्गलादेश
विभागरङ्गपुर
क्षेत्रफल
 • जम्मा१,२४७.३७१ किमी (४८१.६१३ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा१,२५६,०९९
 • घनत्व१,०००/किमी (२,६००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
हुलाक अङ्क
५५००

उप-जिल्लाहरूसम्पादन

यस जिल्लामा ५ उप-जिल्ला, ५ थाना, ४५ सङ्घीय परिसद र ४७८ गाउँहरू रहेको छन् तिनिहरू यस प्रकार छन्:[२]

  • लालमनिरहाट सदर उप-जिल्ला - लालमनिरहाट सदर कुल २५९.५४ वर्ग किलोमिटरमा फैलिएको छ । यो उप-जिल्ला भारतको कोचबिभार उत्तरमा पर्छ भने दक्षिणमा रङ्गपुर जिल्लाको कुनिया उप-जिल्ला रहेको छ । त्यस्तै गरी कुडिग्रामको रजरहाट उप-जिल्ला पुर्वमा र फुलबारी पुर्वमा र पश्चिममा आदितमारी उप-जिल्ला रहेको छ ।
  • कालिगञ्ज उप-जिल्ला - यो उप-जिल्ला कुल २३६.९६ वर्ग किलोमिटरको दुरीमा फ‌ैलिएको छ ।
  • हातिबान्धा उप-जिल्ला - यो उप-जिल्ला कुल २८८.४२ वर्ग किलोमिटरको दुरीमा फ‌ैलिएको छ ।
  • पाटग्राम उप-जिल्ला - यो उप-जिल्ला कुल १९०.०३ वर्ग किलोमिटरको दुरीमा फ‌ैलिएको छ ।
  • आदितमारी उप-जिल्ला - यो उप-जिल्ला कुल २६१.५१ वर्ग किलोमिटरको दुरीमा फ‌ैलिएको छ । यो उप-जिल्ला भारत कोचबिहारको उत्तरमा, रङ्गपुरको गंगा उप-जिल्ला दक्षिणमा, लालमनिरहाट सदर पुर्वमा र कालिगञ्ज उप-जिल्ला पश्चिममा रहेको छ ।

भूगोलसम्पादन

यो जिल्ला २५°४६' देखि २६°३३' उत्तर अक्षांश र ८९°०१' देखि ८९°३६' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये २१४१.४६ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई भारतको पश्चिम बङ्गाले उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिणमा रङ्गपुर जिल्ला रहेको छ । त्यस्तै गरी भारतको पश्चिम बङ्गाल राज्य र कुडिग्राम जिल्लाले पुर्वमा र निलफामारी र रङ्गपुर जिल्लाले पश्चिमबाट घेरेको छ । लालमनिरहाट जिल्लाको अन्तर्राष्ट्रिय सीमा रेखा २८६.९ किलोमिटर लामो छ । धरला र टिस्टा नदि यस जिल्ला प्रमुख नदिहरू हुन् । [३]

अर्थतन्त्रसम्पादन

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ७२.७८% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.४६% मजदुरी, व्यापार र उद्योगमा ०.५१%, वाणिाज्यमा १०.४९%, सञ्चार र यातायातमा २.३८%, रेमिटेन्समा ०.२%, सरकारी कार्यलयहरूमा ४.४५% ,धर्म सेवामा ०.१९% र अन्यमा ४.८६% रहेका छन् ।

जनसङ्ख्यासम्पादन

सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस जिल्ला कुल जनसङ्ख्या १२,५६०,९९ रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ६,२८७,९९ छ भने महिलाको जनसङ्ख्या ६,२७३,०० रहेको छ । यस जिल्लाको जनधनत्व १००० प्रति वर्ग किलोमिटर रहेको छ । धर्मका आधारमा यस जिल्लामा इस्लाम धर्मका मानिसहरूको जनसङख्या ९,४११,८६ रहेको छ भने हिन्दु धर्मको जनसङ्ख्या १,६६७,२० छ । त्यस्तै गरी बुद्ध धर्मको जनसङ्ख्या ६६१, इसाई धर्मको ५९ र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ७१९ रहेको छ ।

शिक्षासम्पादन

यस जिल्लाको कुल साक्षरता दर ४२.३% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४८.२% छ भने महिलाको साक्षरता दर ३६.२% रहेको छ । यस जिल्लामा १ कानुन विषयको क्याम्पस, २७ क्याम्पस, २०० उच्च माध्यमिक विद्यालय, ५४८ सरकारी मान्यता र २६९ दर्ता नगरिएका विद्यालय आदि रहेका छन् जसमध्ये- आदितमारी डिग्री कलेज (१९९१), सतिबारी डिग्री कलेज (१९८२), लालमनिरहाट सरकारी क्याम्पस (१९६४), हटिबन्धा माहिला डिग्री क्याम्पस (१९९५), लालमनिरहाट जिल्ला उच्च विद्यालय (१९२१), तारकनाथ उच्च विद्यालय (१९४५) आदि यहाँका उत्कृष्ट विद्यालयहरू हुन् ।

सन्दर्भ सामग्रीसम्पादन

  1. "लालमनिरहाट जिल्लाको जानकारी", बङ्गलापिडिया। 
  2. "लालमनिरहाट जिल्ला भौगोलिक अवस्था", बङ्गलादेश राष्ट्रिय पोर्टल 
  3. "लालमनिरहाट जिल्ला", बङ्गलादेश राष्ट्रिय पोर्टल 

बाह्य कडीहरूसम्पादन