रङ्पुर विभाग

रङ्पुर (बङ्गाली: রংপুর বিভাগ) बङ्गलादेशको आठ विभाग मध्ये एक विभाग हो। यस विभाग बङ्गलादेशको उत्तर भागमा अवस्थित छ। यस विभागको स्थापना सन् २०१० जनवरी २५ का दिन बङ्गलादेशको ७औं विभागको रूपमा भएको थियो।[१] यस विभागको स्थापना हुनु भन्दा अघि यो राजशाही विभागको ८औं जिल्ला रूपमा रहेको थियो। यस विभागमा हाल ८ जिल्लाहरू छन् जसका ५८ उपजिल्लाहरू रहेका छन्। सन् २०११ को राष्ट्रिय जनगणना अनुसार यस विभागको कुल जनसङ्ख्या १५६६५००० रहेको छ।[२][३]

रङ्पुर विभाग
রংপুর বিভাগ
विभाग
बाङ्लादेशको नक्शामा रङ्पुर विभागको अवस्थिति
बाङ्लादेशको नक्शामा रङ्पुर विभागको अवस्थिति
निर्देशाङ्क: २५°५०′उ॰ ८९°००′पू॰ / २५.८३३°N ८९.०००°E / 25.833; 89.000निर्देशाङ्कहरू: २५°५०′उ॰ ८९°००′पू॰ / २५.८३३°N ८९.०००°E / 25.833; 89.000
देशFlag of Bangladesh.svg बङ्गलादेश
स्थापना१ जुलाई २०१०
सदरमुकामरङ्पुर
क्षेत्रफल
 • जम्मा१६,१८४.९९ किमी (६,२४९.०६ वर्ग माइल)
जनसङ्ख्या
 (सन् २०११ को राष्ट्रिय जनगणना अनुसार)
 • जम्मा१५,७८७,७५८
 • घनत्व९८०/किमी (२,५००/वर्ग माइल)
वासिन्दा(हरू)रङ्पुरी
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशी मानक समय)
क्रिकेट टोलीहरूरङ्पुर राइडर्स, रङ्पुर क्रिकेट टोली
वेबसाइटwww.rangpurdiv.gov.bd

भूगोलसम्पादन

रङ्पुर विभाग बङ्गलादेशको उत्तर भागमा पर्छ भने यो विभाग २५°१०' देखि २६°३७' उत्तर अक्षांश र ८८°५०' देखि ८९°५३' पूर्वी देशान्तरमा अवस्थित छ। रङ्पुर विभागले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये १६३२०.२६ वर्ग किलोमिटर ओगटेको छ। यस विभागलाई भारतको पश्चिम बङ्गाल राज्यले उत्तर, जयपुरहाट, बोगडाजामालपुर जिल्लाले दक्षिण, भारतको आसाम राज्यले पूर्व र र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ। ब्रहम्मपुत्र, जमुना, पुनरभावा, अतराई, टिष्टा, महिन्द्रा, आदि यस विभागका प्रमुख नदिहरू हुन्।

जनशाङ्खिकिसम्पादन

विभाग प्रतिवेदनका अनुसार यस विभागको कुल जनसङ्ख्या १५६६५००० रहेको छ जसमध्ये पुरुषको जनसङ्ख्या ५१.१८% छ भने महिलाको जनसङ्ख्या ४८.८२% रहेको छ। धर्मका आधारमा यस विभाग इस्लाम धर्मवलम्बीको जनसङ्ख्या ८५.७०% छ भने हिन्दु धर्मवलम्बीको जनसङ्ख्या १३.५४% छ। त्यस्तै गरी बुद्ध धर्मवलम्बीको जनसङ्ख्या ०.३४, इसाई धर्मवलम्बीको जनसङ्ख्या ०.०४% र अन्य धर्मका मानिसहरूको जनसङ्ख्या ०.३९% रहेको छ। यस विभागमा १७९७९ मस्जिद, २८६९ मन्दिर, ६० गिर्जाघर, २४ प्यागोडा, ३५ बौद्ध गुम्बाहरू रहेका छन्।

अर्थतन्त्रसम्पादन

यस विभागको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो जसमा जिल्लाकै ६८.५०% मानिसहरू संलग्न छन्। यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.८८% मजदुरी, व्यापार र उद्योगमा ०.७९%, वाणिज्यमा ११.२०%, सञ्चार र यातायातमा ३.२३%, रेमिटेन्समा ०.१९%, निर्माण क्षेत्रमा २.१४%, सुविधा ३.९६%, धार्मिक सेवा ०.७०% र अन्य ५.५१% रहेका छन्।

प्रशासनसम्पादन

प्रशासकीय रङ्पुर विभागको सन् २०१० २६ जनवरीका दिन स्थापना गरिएको थियो। यस विभागलाई घोषित गर्दा यसमा ८ जिल्लाहरू समावेश थिए भने ती जिल्लाका ५८ उपजिल्लाहरू रहेका छन्।[४]

शिक्षासम्पादन

यस विभागको कुल साक्षरता दर ४७.९५% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ४६.१५% छ भने महिलाको साक्षरता दर ३४.५०% रहेको छ। यस विभागमा २ विश्वविद्यालय, १ खुला विश्वविद्यालय, ३८२ क्याम्पस, १२ प्राबिधिक शिक्षण संस्था, १ व्यवसायीक शिक्षण संस्था, २ युवा शिक्षण संस्था, १ प्राथमिक शिक्षक शिक्षण संस्था, १ कृषि शिक्षण संस्था, १ कानुन क्याम्पस, १ आयुर्वेदिक क्याम्पस, १८३६ माध्यमिक विद्यालय, ५६०९ प्राथमिक विद्यालय, १३१ सामुदायिक विद्यालय, २५ बाल उद्धान केन्द्रफ १६४९ मदरसाहरू रहेका छन्। यस जिल्लाका केही उत्कृष्ट विद्यालयहरू यस प्रकार छन्; हजी मोहम्मद दिनेश विज्ञान तथा प्राविधिक विश्वविद्यालय (सन् २००२), बेगम रोकाय विश्वविद्यालय (सन् २००८), रङ्पुर मेडिकल क्याम्पस (सन् १९६६), कार्मिचेल क्याम्पस (सन् १९१६), सरकारी रोकाय मोहिला क्याम्पस (सन् १९६४), शिक्षक शिक्षण क्याम्पस, रङ्पुर सैनिक क्याम्पस (सन् १९७७), रङ्पुर जिला विद्यालय (सन् १८३२), दिनाजपुर जिला विद्यालय (सन् १८५४), दिनाजपुर सरकारी कन्या उच्च विद्यालय (सन् १८६९), रङ्पुर सरकारी कन्या विद्यालय (सन् १८७६), नीलफामारी सरकारी उच्च विद्यालय (सन् १८८२), गाईबान्धा सरकारी छात्र उच्च विद्यालय (सन् १८८५), कुडिग्राम सरकारी उच्च विद्यालय (सन् १८९५), सयदपुर पाइलट कन्या उच्च विद्यालय (सन् १९०४), ठाकुरगाउँ जिला विद्यालय (सन् १९०४), ठाकुरगाउँ सरकारी छात्र उच्च विद्यालय (सन् १९०४), लालमनिरहाट सरकारी उच्च विद्यालय (सन् १९२१), कुडिग्राम कन्या उच्च विद्यालय (सन् १९२८) आदि।

सन्दर्भ सामग्रीसम्पादन

  1. নাসরিন আক্তার (सन् २०१२), "সরকার", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  2. রাজীব মণ্ডল (सन् २०१२), "रङ्पुर विभाग", in সিরাজুল ইসলাম ও আহমেদ এ জামাল, বাংলাপিডিয়া: বাংলাদেশের জাতীয় এনসাইক্লোপিডিয়া (दोस्रो संस्करण), বাংলাদেশ এশিয়াটিক সোসাইটি। 
  3. "দেশের সপ্তম বিভাগ রংপুর", প্রথম আলো, ২৮ জানুয়ারি ২০১০। 
  4. "দেশের নতুন বিভাগ রংপুর", দৈনিক কালের কণ্ঠ (বাংলাमा), আইএসবিএন=, এপ্রিল ২২, ২০১০, पृ: ১৪। 

बाह्य कडीहरूसम्पादन