दिनाजपुर (बङ्गाली: দিনাজপুর জেলা) बङ्गलादेशको उत्तरी क्षेत्रमा रहेको रङ्गपुर विभागको एक जिल्ला हो । दिनाजपुर जिल्ला बङ्गलादेशका १६ उत्तरी जिल्लाहरू मध्ये सबैभन्दा ठूलो जिल्ला हो । [१]

दिनाजपुर
দিনাজপুর
निर्देशाङ्क: २५°३८′N ८८°३९′E / २५.६३°N ८८.६५°E / 25.63; 88.65निर्देशाङ्कहरू: २५°३८′N ८८°३९′E / २५.६३°N ८८.६५°E / 25.63; 88.65
देश बङ्गलादेश
विभागरङ्गपुर
सरकार
क्षेत्रफल
 • जम्मा३,४४४.३० किमी (१३२९.८५ वर्ग माइल)
जनसङ्ख्या
 (२०११)
 • जम्मा२,९९०,१२८
 • घनत्व८७०/किमी (२२००/वर्ग माइल)
साक्षरता दर
 • जम्मा५२.५०%
समय क्षेत्रयुटिसी+६ (बङ्गलादेशको प्रमाणिक समय)
वेबसाइटआधिकारिक वेबसाइट

भूगोल सम्पादन गर्नुहोस्

अवस्थिति सम्पादन गर्नुहोस्

यो जिल्ला २५°१०' देखि २६°०४' उत्तर अक्षांश र ८८°२३' देखि ८९°१८' पुर्व देशान्तरणमा अवस्थित छ । मेहेरपुर जिल्लाले बङ्गलादेशको कुल क्षेत्रफल मध्ये ३४३७.९८ वर्ग किलोमिटर ओगटेको छ । यस जिल्लालाई ठाकुरगाँउ र पञ्चगढ जिल्लाले उत्तरबाट घेरेका छन् भने यस जिल्लाको दक्षिणमा गाईबन्धा र जयपुरहाट जिल्लाहरू रहेका छन् । त्यस्तै गरी रङ्गपुर जिल्लाले पुर्वमा र भारतको पश्चिम बङ्गाल राज्यले पश्चिमबाट घेरेको छ । यस जिल्लामा जमुना, तुलसीगङ्गा, अटराइ, आदि जस्ता देशकै प्रमुख नदिहरू रहेका छन् ।

 
दिनाजपुर रेल मार्गको पुल

मौसम सम्पादन गर्नुहोस्

दिनाजपुर जिल्लाले गर्मी, ओसीलो र आर्द्र उष्णकटिबंधीय जलवायुको अनुभव गर्दछ । कोपेन जलवायु वर्गीकरण अन्तर्गत, दिनाजपुर एक उष्णकटिबंधीय ओसीलो र गर्मी जलवायुको क्षेत्रमा पर्छ । यस जिल्लाको वार्सिक औसत तापक्रम २५ डिग्री पुग्छ भने जनवरीको महिनामा औसत तापक्रम १८ डिग्री मापन गरिन्छ, त्यस्तै गरी अगस्ट महिनामा औसत तापक्रम २९ डिग्री पुग्ने गरेको छ ।

लुआ त्रुटि: expandTemplate: template "सन्दर्भ आवश्यक" does not exist।

शासकीय निकाय सम्पादन गर्नुहोस्

प्रशासन दिनाजपुर जिल्ला सन् १७८६ मा स्थापित भएको थियो । यस जिल्लालाई पहिला घोराघाट जिल्ला भनेर चिनिन्थ्यो । १८३३ देखि १८७० सम्म विभिन्न समयहरूमा पूर्णिया, रङ्गपुर र राजशाहि जिल्लाहरूमा जिल्लाका विभिन्न भागहरू समावेश गरिएको थियो । ठाकुरगाँउ र पञ्चगढ यस जिल्लाको उप-जिल्लाहरू थिए धने १९८४ मा स्वतन्त्र जिल्लामा परिणत भएका थिए । दिनाजपुरमा १३ वटा उप-जिल्लाहरू रहेका छन् जसमध्ये विरगञ्ज (४१३ वर्ग किलोमिटर) सबैभन्दा ठूलो उप-जिल्ला हो जसले दिनाजपुरको १३% क्षेत्रफल ओगटेको छ भने हाकिमपुर (९९.९२ वर्ग किलोमिटर) सबैभन्दा सानो उप-जिल्ला हो ।

अर्थतन्त्र सम्पादन गर्नुहोस्

 
दिनाजपुरको एक गाउँमा गरिएको आलु खेती

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती हो । दिनाजपुर यहाँको धान उत्पादको रूपमा चिनिन्छ, यहाँ काठरीभोग धान सबैभन्दा लोकप्रिय छ जुन बङ्गलादेशमा सबैभन्दा धेरैमात्रामा उत्पादन हुन्छ । दिनाजपुर देशकै सबैभन्दा धेरै गँहु उत्पादन गर्न जिल्ला मध्ये एक हो । दिनाजपुरको लेची (फल) बङ्गलादेशकै सबैभन्दा उत्तम फलको रूपमा प्रचलित छ साथै यस जिल्लामा तरकारी र मौसमी फलहररूको पनि प्रचुर मात्रामा उत्पादन हुने गरेको छ । यस जिल्लामा धान कट्ने र प्रशोधन गर्ने मिल, तोरी मिल, गँहु मिला आदि रहेका छन् । यस जिल्लाबाट समय-समयमा विभिन्न इन्धनहरू पनि उत्खनन गरिँदै आएको छ जसमा कोइला, प्राकृतिक ग्यास आदि । बङ्गलादेशको कुल ५ कोइला खानी मध्ये ३ कोइला खानी दिनाजपुर जिल्ला रहेको छ त्यसैले यस जिल्लाले देशको अर्थतन्त्रमा टेवा पुराउँदै आएको छ । वर्तमान समयमा कोइला व्यवसायिक रूपमा दुनाजपुर जिल्लाको बारपुकुरिया भूमिगत कोइला खननबाट उत्पादन गरिन्छ जसले दैनिक १५०० टन कोइला उत्पादन गर्दै आएको छ ।

यस जिल्लामा धान, मकै, गँहु, कोदो, फापर, आलु, गोलभेडा, भेन्दा आदि बालीहरू उत्पादन गरिन्छ भने फलफूल जस्तै- रुख कटर, लिची, कोरा, अङ्गुर अदि उत्पादन हुन्छ ।

यस जिल्लाको मुख्य आय श्रोतको बाटो भनेको कृषि र खेती जसमा जिल्लाकै ६३.९०% मानिसहरू संलग्न छन् । यस जिल्लाका मानिसहरू अन्य जस्तै ३.२९% मजदुरी, व्यापार र उद्योगमा ०.३९%, वाणिाज्यमा १२.८९%, सञ्चार र यातायातमा ३.३५%, रेमिटेन्समा ०.२३%, सरकारी कार्यलयहरूमा ६.५८% ,धर्म सेवामा ०.१७% र अन्यमा ५.३२% रहेका छन् ।

शिक्षा सम्पादन गर्नुहोस्

यस जिल्लाको कुल साक्षरता दर ४५.७% रहेको छ जसमध्ये पुरुषको साक्षरता दर ५१% छ भने महिलाको साक्षरता दर ४९% रहेको छ । यस जिल्ला एक विश्वविद्यालय, १ पशु विज्ञान क्याम्पि, ११८ क्याम्पस, ६१७ माध्यमिक विद्यालय, १७१३ प्राथमिक विद्यालय, २९ गैरसरकारी विद्यालय आदि रहेका छन् । ती मध्ये हाजी महम्मद देनेश विज्ञान र प्रविधि विश्वविद्यालय (१९९९), पार्वतीपुर डिग्री क्याम्पस (१९६४), बराल डिग्री क्याम्पस (१९७२), माकीमपुर डिग्री क्याम्पस (१९८४), दिनाजपुर जिल्ला विद्यालय (१८५४), दिनाजपुर जिल्ला छात्रा विद्यालय (१८६९) आदि यहाँ उत्कृष्ट विद्यालयहरूको उदाहरण हुन् ।

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "दिनाजपुर जिल्लाको जानकारी", वङ्गलापिडिया, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्