ज्ञानेन्द्र वीरविक्रम शाह

नेपालका शाहवंशीय अन्तिम राजा
(ज्ञानेन्द्र शाहबाट अनुप्रेषित)

ज्ञानेन्द्र शाह (जन्म: २३ असार २००४) नेपालको इतिहासमा दुई पटक राजा हुने पहिला व्यक्ति र नेपालका अन्तिम शाहवंशीय राजा पनि हुन्।[] उनी परिस्थितिले दुई पटक नेपालका राजा भए तर नियतिले दुवैपटक दिल्ली सम्झौताले बाहिरिनु परेको थियो। वि.सं २००७ मा उनका हजुरबुवा त्रिभुवन र बुवा महेन्द्रले देश छाडेर भारतमा शरण लिन गएपछि राणा शासकहरूले उनलाई राजा बनाएका थिए।[] पछि राजा वीरेन्द्रको वंश विनाशपछि उनी पुनः नेपालका राजा भएका थिए। दरवार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको परिवारका भने कसैलाई पनि केही नभएको, लगायतका कारणहरूले गर्दा दरबार हत्याकाण्डमा पनि उनैको हात रहेको केही मानिसहरूले आशंका व्यक्त गरेका छन् तर पनि स्वतन्त्र र वैज्ञानिक तथ्यबाट यसको पुष्टि हुन अझै सकेको छैन।[]

ज्ञानेन्द्र शाह
नेपालको राजा[]
शासनकाल२००७ कात्तिक २२ – २००७ पुष २३
राज्याभिषेक२००७ कात्तिक २२
प्रधानमन्त्रीहरू
शासनकाल२०५८ जेठ २२ – २०६५ जेठ १५
राज्याभिषेक२०५८ जेठ २२[]
पूर्वाधिकारीदीपेन्द्र शाह
उत्तराधिकारीशासन समाप्ति
(गिरिजाप्रसाद कोइराला नेपालको राष्ट्र प्रमुखको रूपमा)
प्रधानमन्त्री
जन्मवि.सं २००४ असार २३
नारायणहिटी दरबार, काठमाडौँ, नेपाल
जीवनसाथीरानी कोमल
सन्तानपारस शाह
प्रेरणा शाह
Regnal name
श्री पाँच महाराजधिराज ज्ञानेन्द्र वीरविक्रम शाह देव
घरानाशाह वंश
बाबुमहेन्द्र वीर विक्रम शाह
आमाइन्द्र राज्यलक्ष्मी देवी शाह
धर्महिन्दु

राजा महेन्द्रका माहिला छोरा ज्ञानेन्द्र राज परिवारको परम्परा अनुसार राजा हुने रोलक्रममा थिएनन्। वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवारभित्र भएको नरसंहारमा राजा वीरेन्द्रलगायत तत्कालीन राज परिवारका अधिकांश सदस्यको हत्या भएपछि राजा वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा भएका थिए।[]

प्रारम्भिक जीवन र पहिलो शासन

सम्पादन गर्नुहोस्
 
अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डको साथ ज्ञानेन्द्र शाह

ज्ञानेन्द्र शाह युवराज महेन्द्रको दोस्रो छोराको रूपमा काठमाडौँ, पुरानो नारायणहिटी राजदरबारमा जन्मिएका थिए। उनको जन्मपछि, उनका पितालाई राजज्योतिषहरूले नव शिशुलाई सँगै राख्दा नराम्रो हुन सक्छ भनेकाले उनी मामाघरमा हुर्किएका थिए।[]

२००७ को राजनीतिक घटनाको समयमा उनका पिता (महेन्द्र) र हजुरबुवा (त्रिभुवन) र अन्य राजपरिवार सदस्यहरू भारतमा शरण लिएको बेलामा बालक राजकुमार ज्ञानेन्द्र मात्र नेपालमा रहेका राजपरिवार सदस्य थिए। उनलाई प्रधानमन्त्री मोहन शमशेरले वि.सं. २००७ कात्तिकमा राजा घोषणा गरेका थिए।[] उनको राज्याभिषेक मात्र भएन, उनको नाममा मुद्राहरू समेत निष्काशन गरिए। राणा प्रधानमन्त्रीले राजाको लागि बार्षिक ३,००,००० रुपैयाँ बजेट समेत छुट्याएका थिए। वि.सं. २००७ को दिल्ली सम्झौतापछि नेपालमा राणा शासन अन्त्य भयो, राजा त्रिभुवन नेपाल फर्के र राजगद्दी पुनः सम्हालेका थिए।[]

 
राजकुमार

ज्ञानेन्द्रको पढाई दाजु राजा वीरेन्द्रसँगै दार्जिलिङको सेन्ट जोसेफ स्कुलमा भएको थियो। उनले त्रिभुवन विश्वविद्यालयबाट सन् १९६९ मा स्नातक गरेका थिए।[]

उनले दाजु वीरेन्द्रको राज्यभिषेकको समयमा सल्लाहकार समितिको अध्यक्षको रूपमा काम गरेका थिए। उनले श्री ५ महेन्द्र प्रकृति संरक्षण कोषको अध्यक्ष भएर समेत वि.सं. २०५८ सम्म सेवा गरेका थिए।[१०]

उनको विवाह वैशाख १८, २०२७ मा कोमल राज्य लक्ष्मी देवीसँग भएको थियो।[११] उनीहरूका जम्मा दुई सन्तान छन् :-

 
राज्यारोहण २०५८

२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र भएको नरसंहारमा राजा राजा वीरेन्द्रको परिवारको हत्या भएपछि दीपेन्द्रलाई राजा घोषणा गरिएको थियो। दीपेन्द्र अचेत अवस्थामा भएकाले ज्ञानेद्रलाई राज्य सहायक घोषित गरिएको थियो।[१२]

जेठ २२ मा दीपेन्द्रको अचेत अवस्थामा नै मृत्यु भएपछि राज्य सहायक ज्ञानेन्द्रलाई राजा घोषणा गरिएको थियो।[१३] एकातिर परिवारको बिग्रह र अर्को तिर देशमा जारी रहेको सशस्त्र यतिबेलाको उनको मुख्य चुनौती थियो।

प्रधानमन्त्री गिरिजाको राजीनामा माग

सम्पादन गर्नुहोस्

२०५८ असार २८ मा माओवादीको आक्रमणमा प्रहरीहरू परे। एक जना सइ (सब इन्सपेक्टर) भाग्न खोज्दा मारिए भने ६९ जना माओवादी कब्जामा परे। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले साउन ४ मा प्रहरीको उद्धार गर्न सेना परिचालन गरे। माओवादी विरुद्ध लड्न पठाइएको सेना उसैसँग सम्झौता गरेर फर्कियो। वास्तवमा सिपाहीलाई बिनातयारी लडाइँमा पठाएको थियो। सेना फिल्डमा त गयो, तर मानसिक र भौतिक रूपमा तयार थिएन।

सेनालाई फर्कन कसले निर्देशन दियो? सरकार स्वयं बेखबर थियो। आक्रोशित प्रधानमन्त्रीले सेनापतिको राजीनामा मागे। तर राजाले प्रधानमन्त्री कै राजीनामा मागे। आफ्नो स्वीकृतिबेगर कोइरालाले सेना परिचालन गरेकोमा राजा असन्तुष्ट थिए।

२०५८ मङ्सिर ८ माओवादीले सेनामाथि पहिलो हमला गरे। दाङको घोराही माओवादी छापामारले सेना, प्रहरी र निजामती अड्डाहरूमा एकसाथ आक्रमण गरे। त्यसक्रममा सेनानी नरेश उप्रेती सहित १४ सैनिक, सात प्रहरी र सात माओवादी मारिए। झन्डै २२५ आधुनिक हातहतियार, पचासौं हजार गोली, ८० क्विन्टल जिलेटिन सहित १२ गाडी सामान लुटेर लैजान माओवादी सफल भए। त्यसैल रात माओवादीले स्याङ्जामा र तीन दिनपछि सोलुखुम्बुमा हमला भयो।

 
श्री ५ ज्ञानेन्द्र गद्दी आरोहण पछि सलामी ग्रहण गर्दै

सेना माथि हात हालेपछि विद्रोहीलाई सरकारले आतङ्ककारी घोषित गर्दै देशव्यापी सङ्कटकाल लगायो र फौजी कारबाही शुरु गर्यो।

प्रत्यक्ष शासन

सम्पादन गर्नुहोस्

उनले देशमा भइरहेको माओवादी अराजकतालाई अन्त गर्न राजा भए लगत्तै वि.सं. २०६१ माघ १७ गते प्रत्यक्ष शासन गर्ने उद्देश्यले कदम चाले। तर अन्य राजनीतिक दलले आफ्नै नेतृत्वमा सरकार निर्माण र सञ्चालनको अभ्यास गर्न प्रजातान्त्रिक शासन व्यवस्था माथि हमला गरेको आरोप लगाउँदै आन्दोलनमा उत्रे।

मन्त्रीपरिषद्
नाम पद विभाग
राजा ज्ञानेन्द्र - मन्त्रीपरिषद् अध्यक्ष
डा तुल्सी गिरी- उपाध्यक्ष- भूमिसुधार तथा जलस्रोत
कीर्तिनिधि बिष्ट- उपाध्यक्ष भौतिक योजना तथा निर्माण
बद्रीप्रसाद मण्डल मन्त्री कृषि तथा सहकारी
रमेश नाथ पाण्डे मन्त्री परराष्ट्र
राधाकृष्ण मैनाली मन्त्री शिक्षा खेलकुद
सलिम मियाँ अन्सारी मन्त्री वन तथा भू संरक्षण
प्रकाश कोइराला मन्त्री वातावरण विज्ञान तथा प्रविधि
कृष्णलाल थकाली मन्त्री सामान्य प्रशासन
बुद्धिराज बज्राचार्य मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
दुर्गा श्रेष्ठ मन्त्री महिला बालबालिका तथा समाजकल्याण
टंक ढकाल मन्त्री सूचना तथा सञ्चार
दान बहादुर शाही मन्त्री गृह
खड्ग बहादुर जिसी मन्त्री स्थानीय विकास
रामनारायण सिंह मन्त्री श्रम तथा यातायात
मधुकर सम्शेर राणा मन्त्री अर्थ
निरन्जन थापा - मन्त्री - मन्त्री कानुन न्याय तथा संसदीय व्यवस्था
डा रूप ज्योति सहायक मन्त्री अर्थ
याङकिला शेर्पा सहायक मन्त्री पर्यटन तथा नागरिक उड्ययन
बिनोद कुमार शाह सहायक मन्त्री जलस्रोत
छक्क बहादुर लामा सहायक मन्त्री स्थानिय विकास
गोल्छे सार्की सहायक मन्त्री श्रम तथा यातायात
जगत गौचन सहायक मन्त्री भौतिक योजना तथा निर्माण
निक्ष सम्शेर राणा सहायक मन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
सिनेट श्रेष्ठ - - सहायक मन्त्री शिक्षा तथा खेलकुद

दोश्रो जन आन्दोलन

सम्पादन गर्नुहोस्

संसद पुनर्स्थापना

सम्पादन गर्नुहोस्

२०६३ बैशाख ११ मा राजा ज्ञानेन्द्रद्वारा राति ११:३० मा देशबासीको नाममा सम्बोधन गरे। सम्बोधनमा राजाबाट नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै रहेको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई हृदयङ्गम गर्दै वर्तमान जन आन्दोलन मार्फत अभिव्यक्त भएको जनभावना एवं आन्दोलनरत सात राजनैतिक दलको गठबन्धनको मार्गचित्रका आधारमा मुलुकमा जारी हिंसात्मक द्वन्द्व लगायत समग्र समस्याहरूको समाधान गर्दै तत्कालीन प्रधानमन्त्रीको सिफारिसमा २०५८ जेठ ८ मा विघटित भएको प्रतिनिधि सभालाई नेपाल अधिराज्यको संविधान २०४७ बमोजिम पुनस्थापित गरि, पुनस्थापित प्रतिनिधि सभाको बैठक वैशाख १५ गते शुक्रबार दिनको १ बजे संसद भवन सिंहदरबारमा बस्ने गरि आह्वान गरे।[१४]

प्रजातान्त्रिक शासन व्यवस्थाको माग गर्दै एक भएका सात राजनीतिक दलले वि.सं. २०६२/०६३ मा लोकतान्त्रिक आन्दोलन मार्फत प्रजातान्त्रिक शासन व्यवस्था पुनर्स्थापना गर्दै राजतन्त्रको अन्त्य गरी गणतन्त्रको घोषणा गरेपछि उनी नेपालको अन्तिम राजा बन्न पुगेका हुन्।

संविधानसभाको निर्वाचन

सम्पादन गर्नुहोस्

गणतन्त्र घोषणा

सम्पादन गर्नुहोस्

गणतन्त्रको घोषणापछि उनी बालाजु माथि नागार्जुन जङ्गल भित्र रहेको दरवारमा बस्दै आएका छन् भने उनका पुस्ताले निवासका रूपमा प्रयोग गरेको नारायणहिटीलाई नेपाल सरकारले सङ्ग्रहालय घोषणा गरेको छ।

उनी राजा भएको बेला नेपालमा ने.क.पा. माओवादीले साम्यवाद अधिनायकवाद स्थापना गर्ने उद्देश्यले जन-युद्धको नाममा गुरिल्ला युद्ध चलाइरहेको थियो। त्यसबेला जनताको जनादेश पाएको भनी दावी गर्ने सबै सरकारले त्यसको उचित समाधान पत्ता लगाउन सकिरहेका थिएनन्। राजनीतिक दलहरू आफ्नो भूमिका निभाउन असफल हुँदै गएका थिए। संसदीय प्रजातन्त्रमा आस्था राख्ने दलहरूमा पदको लुछाचुडी चलिरहेको थियो। प्रधानमन्त्रीको पद जोगाउने नियतले ताजा जनादेश लिन्छु भन्दै त्यसबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाको विघटन गरे। तर उनले समयमा नै उक्त प्रतिनिधि सभाको निर्वाचन गर्न सकेनन्। यसले संवैधानिक जटिलता छायो। नेपाली काङ्ग्रेसनेकपा (एमाले) जस्ता ठुला दलहरूले पनि उचित समाधान दिन सकेका थिएनन्। त्यसबेला ने.क.पा माओवादी लाई दबाएर नियन्त्रणमा राख्ने सुझबुझका साथ उनीहरू प्रत्यक्ष शासन गर्न अग्रसर भए। यस क्रममा उनले स्थापित जननिर्वाचित सरकार भङ्ग गरी सम्पूर्ण राजनीतिक अधिकार आफूले ग्रहण गरे र मनोनित सरकारको गठन गरेर आफ्नो सक्रिय भूमिकाको खोजी गर्न थाले। राजाको यस कदमलाई संसदवादी दलहरूले स्वीकार गरेनन्। उनीहरूले राजाले आफ्नो भूमिका खोसेको अर्थमा लिए। फलतः संवैधानिक राजतन्त्र पक्षधर भई हिँडेका पार्टीहरू समेत राजा ज्ञानेन्द्रको त्यस्तो कदमपछि राजतन्त्रको समाप्तिकै पक्षमा पुगे। सक्रिय राजतन्त्र भएको पञ्चायती व्यवस्थामा हुर्किएका राजनीतिज्ञहरू समेत उनको बिरोधमा उभिए। यसै बीच आन्दोलनरत ७ दलीय गठबन्धन र ने.क.पा माओवादी बीच दिल्लीमा वार्ता भयो र १२ बुँदे सहमति पनि भयो। त्यो सहमति पश्चात् माओवादी हिंसात्मक आन्दोलन छोडेर शान्तिपूर्ण आन्दोलनमा उत्रियो। आन्दोलनले देशव्यापी रूपमा व्यापकता लियो र सारा मानिस सडकमा उत्रिए। त्यसपछि राजाले प्रत्यक्ष शासन शुरु गरेको करीब १५ महिनापछि संयुक्त जनआन्दोलन भयो र त्यसले राजालाई आफ्नो कदम फिर्ता गर्न बाध्य गर्‍यो।

आन्दोलनको दबाबमा राजाले "जनताको नासो जनतालाई नै सुम्पेको" भनी वि.सं. २०६३ बैशाख ८ गते घोषणा गरे। तर त्यसले पनि आन्दोलन साम्य हुन सकेन। त्यसपछि वि.सं. २०६३ बैशाख ११ गते उनले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाको घोषणा गरे। पुनर्स्थापित प्रतिनिधिसभाले मा‌‌ओवादीलाई समेत मूलधारको राजनीतिमा ल्याउने उद्देश्यले अन्तरिम संविधान घोषणा गर्‍यो जस अनुसार माओवादी समेत सम्मिलित अन्तरिम संसद गठन भयो।

अन्तरिम संसदले संविधान सभा बन्नु अघि नै देशमा गणतन्त्र आइसकेको र संविधानसभाको पहिलो बैठकबाट अनुमोदन गराउने घोषणा गरेको थियो। सोही आदेशलाई पछ्याउँदै संविधान सभाको पहिलो बैठकले वि.सं. २०६५ साल जेठ १५ गतेको दिन नेपाललाई गणतन्त्र भएको घोषणा अनुमोदन गर्‍यो। यसपछि यिनी औपचारिक रूपमा राजाबाट हटेका हुन्।

महत्त्वपूर्ण सम्बोधनहरू

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "अन्तिम राजा"बीबीसी नेपाली (नेपाली) भाषा)। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  2. "New Nepalese King Gyanendra Crowned", मूलबाट १७ अक्टोबर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ सेप्टेम्बर २०१८ 
  3. ३.० ३.१ "ज्ञानेन्द्र शाह : नेपालको इतिहासमा दुई पटक राजा हुन पाए" (नेपाली) भाषा)। रिपोटर्स नेपाल। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  4. "'भारतीय दूतावासमा शरण लिन जानु त्रिभुवनको ऐतिहासिक भूल थियो'" (नेपाली) भाषा)। नेपाल प्रेस। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  5. "दरबार हत्याकाण्ड अघि र पछि कहाँ, के गर्दै थिए ज्ञानेन्द्र ?"न्युज कोसेली (नेपाली) भाषा)। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  6. "कसले मार्‍याे राजा वीरेन्द्रलाई ?" (नेपाली) भाषा)। हिमाल खबर। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  7. Chowdhuri, Satyabrata Rai (२७ जुलाई २००१), "Monarchy in Nepal", The Hindu, मूलबाट ३० डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २००७  वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २००७ मिति
  8. "अपहरणको शैलीमा राजा त्रिभुवनलाई दिल्ली पुर्याइएकाे थियो: फणीन्द्र नेपाल"डाँफे टिभी (नेपाली) भाषा)। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  9. "पूर्व राजा ज्ञानेन्द्र शाहको आज जन्मदिन : जाे माहिला छोरा भएर पनि दुइ पटक राजा भए" (नेपाली) भाषा)। स्वदेश नेपाल। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  10. "Royal Biography of Nepal", MeroNepal.com.np, मूलबाट ३० डिसेम्बर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच २५ डिसेम्बर २००७  वेब्याक मेसिन अभिलेखिकरण ३० डिसेम्बर २००७ मिति
  11. "पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल राणाको विवाह भएको आज ५० वर्ष पुरा !"मुग्लानी खबर (नेपाली) भाषा)। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  12. "दिपेन्द्र बाँचेका थिए भने कस्ता राजा बन्थे ?" (नेपाली) भाषा)। जनबोली। सङ्ग्रह मिति २४ फेब्रुअरी २०२२ 
  13. "Prince blamed for Nepal massacre", BBC News, १४ जुन २००१, मूलबाट ७ जनवरी २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ फेब्रुअरी २०११ 
  14. राजपत्र, नेपाल (२०६३ बैशाख ११), "श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रको नाममा बक्सेको शाही घोषणा", http://rajpatra.dop.gov.np/welcome/list_by_type/0/2063, श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरबार, अन्तिम पहुँच २०२२-३-१८ 
पूर्वाधिकारी
वीरेन्द्र वीर विक्रम शाह
नेपालको राजा
सन् २००१ -- सन् २००८
उत्तराधिकारी 
पद अन्त्य
पूर्वाधिकारी
नयाँ पद
नेपालको मन्त्रीपरिषद्को अध्यक्ष
??
उत्तराधिकारी 
-