मादल नेपालको एक प्रसिद्व ताल बाजा हो। यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजको सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो। यसलाई दुई हातले कुटेर बजाउनु पर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ ।

मादल बजाउँदै नेपाली महिला

निर्माण सम्पादन गर्नुहोस्

 
मादल

छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँसकिटको धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ [१]

प्रकार सम्पादन गर्नुहोस्

मादल दुई खाले हुन्छन् । पूर्वेली मादल र पश्चिमेली मादल । पूर्वेली मादल आकारमा अलिक ठूलो र पश्चिमेली मादल अलिक सानो हुन्छ ।

References सम्पादन गर्नुहोस्

  1. Poudel, Parsuram (२०२१-०९-१५), "The Historical Context and Present Scenario of M𝒂̅dal", nepjol.info (Englishमा), अन्तिम पहुँच २०२२-१२-१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्