यसको चलन खासगरी मगर जातिमा विद्यमान छ । यसमा नातेदार बाहेक र पर्ने समेतका केटाकेटी आइमाई लोग्नेमान्छे सँगसँगै हातमा हात मिलाई नाच्ने र गाउने परम्परा छ । आफ्नो नातेदारका साथमा नाच्दा बिच बेनाताका केटाकेटी आएका खण्डमा नातेदारहरूले उनीहरूलाई पनि नाच्ने मौका दिन्छन् र रमाइलो गरी नाच्दछन् । यसलाई मगर जातिहरूले ठुलो चाडको रूपमा मनाउने गर्दछन् ।

यो खासगरी हामी तमाम नेपालीले मान्ने तिहारको बेलामा नै मनाइन्छ र पुर्णिमासम्म नाच्ने गाउने कार्यक्रम चल्दछ । तिहारमा देउसी भैलो खेले जस्तै यसलाई देउसिको रूप लिंदा अतिशयुक्ती नहोला । यसमा दाजु, दिदि, बहिनी र अरु केटाकेटी खुट्टाको चाल र मादलको तालमा मिलाउने गरी रमाई-रमाई उफ्रि उफ्रि नाच्दछन् ।यसरी नृत्यकै सिलसिलामा नातेदार बाहेक एक-अर्काले मनले चिताएमा बिवाह गर्ने चलन पनि छ किनभने एक अर्कामा मायापृतिको सँगालो मायालाई आमावाबुले पनि घृणाको दृष्टिले नहेरी राजिखुसीले विवाह गरिदिने परम्परा पनि विद्यमान छ ।

हुर्रा गीत सम्पादन गर्नुहोस्

सिल्गढिबाट लै लै मालगाढी आयो । घुम्तिमा लेट भयो देशै रमाइलो ।।

कुला र नुङ्चा, लाम्पाते भेना । तोरिगान ठुमान्की, तोरिगान ठुम्छ । निहुँ मात्रजाले, सालिकी हुमान्की ।।

यि पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्