कूलबीर थापा

भिक्टोरिया क्रस पाउने व्यक्ति ।

कुलवीर थापा मगर सन् जन्मः १८८८, १५ डिसेम्बर बाग्लुङ जिल्लाको निगालपानीमा भएको थियो । उनी बेलायती गोर्खा सेनामा नियुक्त योद्धा थिए उनको वीरताको कारण उनलाई बेलायती सरकारले भिक्टोरिया क्रस पुरस्कारले सम्मान गरेको थियो । उनी सो पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली हुन् । कुलबीरले सन् १९१५ मा फ्रान्सको लू मा भएको युद्धमा देखाएको बहादुरीका लागि उनलाई भिक्टोरिया क्रस दिइएको थियो ।[१]पहिलो विश्वयुद्धको शतबार्षिकीको उपलक्ष्यमा उनको सम्मानमा बेलायतले यिनको तस्वीर अंकित हुलाक टिकट प्रकाशित गरेको छ।[२]

कूलवीर थापा
व्यक्तिगत विवरण
जन्म१५ डिसेम्बर, १८८८
निगालपानी, बाग्लुङ जिल्ला, गण्डकी प्रदेश, नेपाल
मृत्यु३ अक्टोबर, १९५६
पुरस्कार भिक्टोरिया क्रस
सैन्य सेवा
निष्ठाब्रिटिस गोरखा
शाखा/सेवाब्रिटिस गोरखा सैनिक
श्रेणीहवल्दार
एकाइतेस्रो शाही गोरखा राइफल्स
लडाई/युद्धहरूप्रथम विश्वयुद्ध

जीवनी सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्