सुरेल जाति नेपालको दोलखा जिल्लामा रहेको तामाकोसी नदीको किनारमा बसोवास गर्ने एक लोपोन्मुख जाति हो । [१] दोलखाको सुरी गाविसमा बासोबास गर्ने भएकोले नै यिनीहरूलाई सुरेल भनिएको हो ।

सुरेल जातिको उत्पतिसम्पादन

स्थानीय बुढापाकाहरूको अनुसार ५०० वर्ष पहिले रामेछाप जिल्ला सिमागढी पुर्ख्यौली भएका बासे र बिरबल नाम गरेक दुईजना ससुरा र ज्वाईं शिकार खेल्दै सुरी खोलको किनारमा आइपुगेको र बास बस्ने क्रममा उनीहरू सुरी पुगेका थिए र पछि त्यही नै बसोबास गर्न थाले र यसरी उनीहरू सुरीमा नै बसेकोले सुरेल भनिन थालेको हो । अर्को किम्बदन्ती अनुसार जब जिरेल जाति को उत्पत्ती भयो, जिरीमा बस्नथाले तर पछि केही जिरेलहरू छुट्टिएर सुरीमा बस्न पुगे । त्यही बेलादेखी जिरीमा बस्नेलाई जिरेल भनियो र सुरीमा बस्नेलाई सुरेल भनियो भन्ने गरिएको पनि पाइन्छ ।

मृत्यु संस्कारसम्पादन

सुरेल जातिमा कुनै मानिसको मृत्यु हुँदा लासलाई पिँढीको दायापट्टि राखिन्छ । लासलाई जलाउने गरिन्छ । जलाउनुभन्दा पहिले लासलाई नुहाइदिन्छन् र नया वस्त्र पहिर्‍याएर चितामा राख्छन्। चिता बनाउँदा पनि मृतकको उमेरको गणनाका आधारमा दाउराको सङ्ख्या राखिन्छ।[१]

ढोल, मादल, मुरली, झ्याली सुरेल जातिका मुख्य लोकबाजाहरू हुन्।[२]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "बेग्लाबेग्लै जातिका बेग्लाबेग्लै परम्परा", गोरखापत्र दैनिक, अन्तिम पहुँच १० माघ २०७० 
  2. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'", Gorkhapatra.org.np 


यो पनि हेर्नुहोस्सम्पादन