जिरेल जाति
जिरेल जाति (जिरेल भाषा: नेपालका हिमाली क्षेत्र र बासोबास गर्ने समूह हो। मा "जिरिबा/ छिरीबा र पछिल्लो समयमा "जिरेल" भनेर चिनिने यस जातिको नामको अर्थ विभिन्न प्रकारले दिने गरेको पाइन्छ। जसले जे भने पनि "जि" मा "रेल" थपेर आएको जिरेल भन्ने शब्द आयातित रुपमा आएको छ किन भने यस प्रकारको जातको नाम Indo - Aryan मुलका ब्राह्मणहरूको मात्र छ।
![]() | |
जम्मा जनसङ्ख्या | |
६,८०० | |
भाषाहरू | |
जिरेल, नेपाली भाषा, तिब्बती |
वास्तविक जातिय नाम "जिरीबा / जिरिपा" भए पनि देवनागरी र अंग्रेजी लिपिमा "जिरेल /Jirel" भनेर लेख्ने गरिएको छ। जिरेलहरू किरातको एक जाति भएको कुरा २००७ सालमा सुनुवार वंशावलीका लेखक विक्रम सुनुवारले लेखेका छन। तर यसको कुनै ठोस विश्वास गर्न लायक तथ्यगत सामग्री नभएको कारण, किरातहरूकै राइ जाति, लिम्बु जातिले लेखेको वंशावलीहरू त्यससँग बाझिएको कारण र कतै ति वंशावलीहरूमा जिरेल जातिको जिकिर नभएको कारण आफुहरू किरात नभएको बताउँछन। यस विषयमा जिरेल जातिको उत्पतीको विषयलाई लिएर गहन अध्ययन गरिनु पर्ने जिरेलहरूको अर्काथरी मत छ।
जिरेल जाति (ⓘ) नेपाललको आदिवासीहरु मध्येको तिब्बती समुदायमा पर्ने एक जाति हो। यस जातिलाई विशेष गरेर जिरिबा भनेर चिनिन्छ। जिरेल भने लेख्नको कारण सरकारी कामकाजमा नेपाली भाषा चाहिने र सिक्नको पर्लाने भए पछि त्यसताका नेपाली भाषा सिक्ने क्रममा जिरेल लेख्न थालिएको हो। यस जातिका अधिकांश मानिसहरू अहिले जिरी,जुगु,क्षत्रापा,कर्थली,चोकाटी, गोर्थली, भक्तपुर, काठमाडौं , चितवन, धनगडी, इलाम, झापा, भारतको दार्जीलिङ, र हाल आएर अमेरिका, बेलायत, युरोपका विभिन्क्षेन देशहरू , अष्ट्बरेलिया , सिङ्सोगापुर, जापान लगायत विभिन्न देशहरूमा जिरेल जातिको बसोबास छ।
मूल थरहरू:
१. ठुङ्ग्बा २. देवलिङा ३. थाबो ४ देप्पा ५. सेर्बा ६. पाल्पाली ७. थुर्बिदो ८. गरा साम्बा ९. च्याबा १०. मयोक्पा ११. जुपुले १२. छ्युङपाते
उपथरहरु: १. चावे ठुङ्बा २ चावे सेर्बा ३. चावे थाबो ४.नेवारे ५. जुपुदे ६. रारेन्जे ७. तुङ्गुले ८. क्यम्बोले ९. गारासम्बा १०. तुम्पुले ११. उरबिदो
जिरेल जातिको उत्पती
सम्पादन गर्नुहोस्दोलखा जिल्लाको जिरी र जुङ्गु क्षेत्रपा, चेप्पु, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, चितवन, इलाम, मकवानपुर, दार्जिलिङ र सिक्किममा जिरेलहरू बस्छन् । यिनीहरू आफूलाई जिर्वार / जिरिपा भन्दछन् । कतिपयले यिनीहरूलाई किराँत जातिकै एक हाँगो भनेका छन् भने कतिपयले यिनीहरूलाई उत्पत्तिस्थल, भाषा, संस्कृति, शारीरिक बनोट आदिका कारण एक तिब्बती मुलको छुट्टै जाति मान्दछन् ।
जिरेललाई किराँतको शाखा जाति मान्ने विचारलाई कतिपय जिरेल–जिर्वा अस्वीकार गर्छन् र आफूहरूलाई किराँतभन्दा नेपालका प्राचि, आफ्नै पहिचान, आफ्नै विशेष परम्परा, रितिरिवाज भएको बासिन्दा मान्छन् । विविध तथ्यगत आधार उल्लेख गरेर उनीहरू आफू तिब्बततिरबाट नेपाल आएको भन्छन् ।
केही आफुलाई किरात भन्ने जिरेलहरू २००७ सालमा विक्रम सुनुवारले लेखेको किरात वंशावलीलाई आधार बनाएर पुख्र्यौली भूमि सिमरौनगढ (मिथिला क्षेत्र)मा बसोबास गर्दा हिन्दु राजकाजको प्रभावमा परेर किराँतहरूले हिन्दु परम्परा अपनाउने क्रममा जिरेलहरूले हिन्दु शैली अपनाएका हुन् । गाईलाई लक्ष्मीका रूपमा लिनु, मामा र फुपूको छोराछोरीलाई दाजुभाइ दिदीबहिनीका रूपमा लिई बिहेवारी नचल्नु, छुवाछुत (छुए बार्ने) हिन्दुको दबाबमा र प्रभावमा भएको हुन सक्ने जिरेलहरू बताउँछन
विक्रम सुनुवारद्धारा लिखित वंशावलीलाई विश्वास गर्ने केही जिरेलहरू किराँत जातिभित्रको एक हाँगो सुरसिंहका सन्तान जिरीलगायतका क्षेत्रमा गएर बसोबास गर्न थाले । अरू छोराका सन्तानले हालको सुरीतिर बसोबास गरेको भनिन्छ । यिनै स्थान विशेषको नामबाट यिनीहरू जिरेल भएका हुन भन्ने गरेका छन।
जिरेल जातिको उत्पतीको विषयमा विभिन्न खाले विचारहरू कथा, लोकजिब्रो र भनाइहरूको बारेमा विभिन्न लेख रचनाहरू पढ्न सुन्न पाइन्छ।अब हामी यस विषयमा बुँदागत रुपमा हेर्ने छौँ। ति कथाहरू यस प्रकार छन:
१. जिरेलहरू शेपिनी आमा र सुनुवार बाउको ठिमाहा सन्तान हुन। उहिले रस्नालु, रामेछापका सुनुवार चेर्दुङको लेकमा शिकार खेल्ने गएका थिए। त्यहाँ उसको भेट शेर्पिनी युवतीसँग भयो। गर्भ बोकाएर सुनुवार भागे। पछि ति नै युवतीले एउटा छोरा जन्माइन। उनले गहुँत छर्केर चोखाइन र सातौ दिन न्वारन गर्दा मिर्गको छाला देखाएर बाउ घोषणा गरेर "क्वायाङ" नाम राखेको भन्ने बहुत सस्तो र हास्यस्पद तर्कलाई आधार बनाएर समाजशास्त्री डोरबहादुर विष्टले लेखेका छन।
उनको यस लेखलाई आधार बनाउने हो भने, केही प्रश्नहरू उठन सक्छ। यहा गहुत छर्केर चोख्याइन भन्ने जुन भनाइ छ त्यो नै विरोधाभास छ। शेर्पाहरूले गाइको मासु सेवन गर्छ तर गहुतलाई चोख्याउने बस्तुको रुपमा प्रयोग गर्दैनन। अर्को कुरा पुस्तौँदेखि जिरेल हरूको मुलबासीको रुपमा यस क्षेत्रमा बसोबास रहेको र शेर्पाहरूको जिरी आसपासको क्षेत्रमा निक्कै पछिमात्र बसाइ सराइको क्रममा आएकोले यस भनाइमा कुनै सत्यता नरहेको जिरेलहरू बताउँछन।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्