अरुण थापा
अरुण थापा
अरूण थापा | |
---|---|
चित्र:Arun Thapa.png | |
व्यक्तिगत विवरण | |
जन्म | जनवरी, १९५२ काठमाडौँ नेपाल |
मृत्यु | जुलाई २२, १९९९ काठमाडौँ नेपाल | (उमेर ४७)
विधा | विश्व संगीत, लोक संगीत |
पेशा | गायक |
वाद्ययन्त्र | स्वर |
सक्रिय वर्ष | १९७०–१९९९ |
अरुण थापा मगर (जनवरी १९५२ – २२ जुलाई १९९९) एक नेपाली गायक र गीतकार थिए। सन् २००३ मा, बीबीसीले गरेको अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार , १६५ देशका आधा लाखभन्दा बढी मानिसले उनको रचना ऋतु हरुमा तिमि हरियाली बसन्त हौ लाई मतदान गरे , उनको सबैभन्दा प्रसिद्ध रोमान्टिक गीत हो। विश्वको शीर्ष १० सबैभन्दा लोकप्रिय गीतहरूमा सातौंमा पर्न सफल रहेको थियो।
व्यक्तिगत जीवन
अरुण थापाको जन्म सन् १९५२ मा कलकतामा भएको थियो । अरुण तीन महिनाको हुँदा उनका आमाबुबा नेपाल फर्किए । उनी काठमाडौं, नेपालमा पढे र हुर्केका थिए। उनले पहिले गणबहल टोलको विद्यालयमा पढे त्यसपछि क्षेत्रपाटीको जेपी विद्यालयमा पढेका थिए । पछि उनले दार्जिलिङको टर्नबुल हाई स्कूलमा पढे, सन् १९७१ मा आफ्नो विद्यालय छाड्ने प्रमाणपत्र (SLC) पूरा गर्न काठमाडौं फर्के। उनले पछि पृथ्वीनारायण क्याम्पस, पोखरामा कलामा इन्टरमिडिएटको लागि अध्ययन गरे, तर छिट्टै संगीतमा क्यारियर बनाउनको लागि आफ्नो पढाइ छोडे।
क्यारियर
उनले पहिले आफ्नो कलेजमा गाउन थाले, जहाँ उनी एक केटीसँग प्रेममा परे। उनका धेरैजसो गीतहरू उनीहरूको सम्बन्धको सम्झनामा थिए। उनले धेरै गीत रेकर्ड गरे तर उनको करियर सुपरहिट गीत जती माया लाए पनि बाट सुरु भयो जहाँ उनले सार्वजनिक स्नेह प्राप्त गरे। लोकप्रिय गायक हुनुअघि उनी नेपाल बैंक लिमिटेडमा कार्यरत थिए । दीप श्रेष्ठ उनको मिल्ने साथी थिए । तिनीहरू सधैं सँगै बस्ने गर्थे। उनले पहिलो पटक सन् १९७१ मा रेडियो नेपालमा आफ्नो गीत गाएका थिए ।
मृत्यु
थापा लामो समयदेखि फोक्सो र कलेजोको रोगबाट पीडित थिए । उनको निधन २०५६ साउन ५ (१८१५ साल जुलाई २२) मा काठमाडौंमा भएको थियो ।
योगदान
उनले अरुण र बेस्ट अफ अरुण : दुई संगीत एल्बमहरू जारी गरे । दुवै एल्बम नेपाली संगीत श्रोतामाझ निकै लोकप्रिय थिए । थापाले ३० वर्षसम्म आफ्नो गायन यात्रालाई निरन्तरता दिए ।
गीतहरु
सम्पादन गर्नुहोस्- जति माया लाए पनि
- साझको जुन सँग
- भुलु भुलु लाग्यो मलाई
- बितेका मेरा तिता मिठा
- ऋतुहरूमा तिमी
- दोष कसैलाई दिन चाहन्न
- चोट के हो व्यथा के हो
- अरु सँग नजोख मलाई
- जिन्दगी के छ र आखिर
- तिमी हेर्छौ भने
- न पोखिने न जोखिने
- आँखाको निद खोशी लाने
- यो मनको के भर हुन्छ
- भुलेका कथा
- जिन्दगीका का यात्राहरु
- लाग्न थाल्यो जीवनमा
- नपोखिने नजोखिने
- यो मन को के भर हुन्छ
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्