अभिमान सिंह राना मगर राजा राजेन्द्रको समयमा नेपाल दरबारका एक भारदार थिए। उनी काजी र जनरल पनि थिए। उनी कोत पर्वमा मारिने ३२ जना व्यक्तिहरु मध्य पहिलो व्यक्ति थिए।[]

काजी जनरल अभिमान सिंह राना मगर
अभिमान सिंह राना
व्यक्तिगत विवरण
मृत्युकोत पर्व
सैन्य सेवा
निष्ठा Nepal
श्रेणीकाजी जनरल

१६१६ सालमा राजा द्रव्य शाह लिगलिगकोटको राजा हुँदादेखि नै रानामगरहरू काजी दर्जामा काम गर्न थालेको पाइन्छ। दरबारभित्रको दादा, सुरक्षाको कामदेखि रणभूमिसम्म गोर्खा शाहवंशीय प्रशासनकालमा मगरहरूको भूमिका थियो। राना गोर्खा राज्य स्थापना हुँदा लिगलिग कोटमा १६१६ सालमा कानुनमन्त्री हुने काजी गंगाराम रानामगरकै नजिकका परिवार सन्तति थिए।

अभिमानसिंह राना काजी भाष्करका छोरा कप्तान शमशेरका छोरा थिए। शमशेर रानाका छोरा तीनजना थिए– कप्तान (पछि प्रधानसेनापति) अभिमानसिंह राना, धर्म नरसिंह राना र वीरमानसिंह राना। काजी भाष्कर राना संवत १८४९ सालको श्रावण नेपाल–तिब्बत–चीन युद्धमा मारिए। कप्तान शमशेरकी श्रीमती हृदयप्रियादेवी र तीन छोरासमेत भएर नुवाकोट थानसिङमा पौवा बनाई राजा रणबहादुर शाहमार्फत ४० मुरी धान आउने खेतको गुठीसमेत राखेका थिए।[][]

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

अभिमानसिंह रानाको जन्ममिति खुल्ने कुनै लिखित हालसम्म यो लेखकले फेला पार्न सकेको छैन । तर यो भन्न सकिन्छ कि उनी एक 'साक्षर व्यक्ति' थिए किनभने उनको हस्ताक्षर सरकारी कागजातहरूमा पाइन्छ। उनको नाम उल्लेख भएको ऐतिहासिक पत्र भने पाइएको छ

फत्तेजंग शाह मन्त्रिमण्डल

सम्पादन गर्नुहोस्

माथवरसिंह थापाको सत्तामा पकड भएपछि राना निर्वासित जीवन बिताइरहेका थिए । उनको हत्यापछि चौतारिया फत्तेजङ र अभिमानसिंह राना नेपाल फर्के ।

१९०२ जेठ २ मा माथवर सिंहको हत्या भए पछि १९०२ साउनमा चौतरिया फत्तेजङ्ग शाहलाई प्रधानमन्त्रीको जिम्मेवारी दिइयो । चौतरियालाई पाल्पा, गोरखा र डोटी गरी तीन जिल्लाको जङ्गी निजामतीका साथै वैदेशिक मामिला सम्हाल्ने जिम्मेवारी दिइयो । जनरल गगनसिंहलाई सात पल्टनको अख्तियारीका साथ सिलखाना, बारुदखाना र तोपखानाको अख्तियारी दिइयो । जनरल अभिमानसिंह रानालाई तीन पल्टनको अख्तियारीका साथ पूर्वपश्चिम र तराई मधेसको सम्पूर्ण रेखदेख गर्ने जिम्मेवारी दिइएको थियो । प्रधानमन्त्री फत्तेजंग शाहको मन्त्रिमण्डलमा उनी प्रधानमन्त्री र प्रधान सेनापति गगन सिंह पछि तेश्रो बरियता मा थिए । भने जनरल जंगबहादुर चौथो बरियता मा थिए ।[]

मुख्य लेख : कोतपर्व

कोतमा भारदारहरु गगन सिंहको हत्यारा पत्ता लगाउन जम्मा भएका थिए । रानी राज्यलक्ष्मी देवीले कसैलाई पनि बाहिर निस्कन नदिन आदेश दिएकी थिइन् । कोतभित्र जंगबहादुरको मात्र सेना देखे पछि उनलाई शंका लाग्यो । र आफ्ना सेनालाई भेट्न जाँदा उनलाई ढोकामा रहेका भिम आले (कतै युद्धवीर अधिकारी उल्लेख गरिएको ) ले रोके । उनले भिम आलेलाई धक्का दिएर बाहिर जान लागे । तब भिम आलेले जंगबहादुरको सङ्केतमा उनीमाथि सङ्गीन छातीमा रोपे ।

आफु मर्ने पक्का पक्कि जस्तो भएपछी उनले "गगन सिंहको हत्यारा जंगे हो " भन्दै भित्तामा रगतले लेखेर चिच्याए l

प्रधानसेनापति विवाद

सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. दिक्पाल, राजकुमार (७ जेठ २०७९), "कोतपर्वको पहिलो सिकार", गाेरखापत्र, अन्तिम पहुँच २२ जेष्ठ २०७९ 
  2. बस्न्यात, प्रेमसिंह (२०८० कात्तिक १८), "सेनामा मगर महिमा", Annapurna Post (Nepaliमा), अन्तिम पहुँच २०२५-०१-३० 
  3. यो जानकारी यी ३ भाइ र आमा हृदयप्रीयादेवी ले भास्कर, कृष्णकला र सम्सेर रानाको सम्झनामा नुवाकोटमा बनाएको पौवाको शिलालेखमा भेटिएको छ ।
  4. "पहिलो ‘जनजाति सेनापति’ बन्ने सनकमा छत्रमानले मेटाउन खोजेका थिए अभिमानसिंहको इतिहास", नेपाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२२-१०-३१