नेपालमा फुटबल

यो हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा सञ्चालनमा रहेको छ। एन्फाको वर्तमान कामुक अध्यक्ष कर्मा छिरिङ शेर्पा हुन्। हालको शीर्ष घरेलू लिग, सहिद स्मारक ए-डिभिजन लिग हो। नेपाल राष्ट्रिय फुटबल टिम नेपालका सबै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रतिनिधित्व गर्ने गर्दछ।[१][२]

नेपालमा फुटबल
देशFlag of Nepal.svg नेपाल
शासकीय निकायअखिल नेपाल फुटबल सङ्घ
राष्ट्रिय टोलीनेपाल राष्ट्रिय फुटबल टिम
क्लव प्रतियोगिता
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा

विश्व परिवेशसम्पादन

अङ्ग्रेजी साम्राज्यको विस्तारसँगै फुटबल विश्वभर फैलने क्रममा एसिया र अन्ततः दक्षिण एसियामा आएको देखिन्छ। भारतमा इस्ट इन्डिया कम्पनीले राज्य गरेपछि नेपालमा पनि त्यसकै प्रभावले फुटबल भित्रिएको हो। तिहारताका फालिने भोगटेलाई युवाहरू गुडाउने अथावा हिर्काउने गर्थे। लगभग त्यसरी नै भकुन्डोलाई हिर्काउने खेल नै फुटबल हो भनेर कसैलाई थाहा थिएन। राणाकाल त्यसैका परिवारबाहेक सर्वसाधारण जनताका लागि पढ्ने लेख्ने छुट थिएन। भारत गएर उच्च शिक्षा हासिल गरेर नेपाल छिरेकाहरू सीमित थिए। त्यसैबेला केही जङ्ग थापा र नरसिंह राणाहरू पनि पढ्न भारत गएका थिए। त्यो समय भारतमा अङ्ग्रेजी शासन चलिरहेको थियो। स्कूल र कजेजमा अङ्ग्रेजले आफूसँग ल्याएका खेलहरू पनि समावेश गरे। त्यही समय भारतमा पढेकाले नै पहिलोपल्ट फुटबल खेलेको हुनु पर्छ। कालान्तरमा तिनै थापा र बस्नेतहरूले फुटबललाई नेपालमा पनि ल्याए।

नेपाली परिवेशसम्पादन

नेपाली फुटबल जन्मदाता नरशम्शेर भनिएता पनि उनीभन्दा पहिले यिनै थापा र बस्नेतलले नेपालमा फुटबल विस्तार गरेको हो। त्यो समय स्पष्ट किटान गर्न नसकिने भएता पनि त्यो कालखण्ड वि. सं. १९७० पछिको हुनु पर्ने अनुमान छ। ठमेलका नारायण नरसिंह राणा र नक्सालका सूर्यजंग थापा त्यो बेला नेपाली फुटबलमा सुनिएका नाम हुन। नरशम्शेरले नेपाली फुटबललाई संस्थागत रूप भने दिएका हुन। उनले आफ्नो आत्मकथामा पनि फुटबल भारतबाटै नेपालमा छिरेको लेखेका छन्। उनले भारतमा अध्ययनका लागि जाने जङ्ग थापा र नरसिंह राणाले नै त्यहाँ सुरूमा फुटबल खेल्न सिकेको र नेपाल र्फकंदा फुटबललाई पनि आफूसँगै ल्याएको उल्लेख गरेका छन्। त्यो समय पनि फुटबल हारजितका लागि खेलिने प्रचलन भने सुरू भएको थिएन। फुटबल राणाका दरबारमा मात्र सीमित थियो। आमनागरिकमा फुटबल पुगेको थिएन। त्यो बेला विषेश गरेर जावलाखेल दरवारको महावीर टिम र चारबुर्जा दरबारको ठमेल टिमबीच खेल हुने गथ्र्‍यो। यसका लागि एउटा टिमले अर्को टिमलाई निमयन्त्रण पठाउने काम हुन्थ्यो। पछि दरबारबाट संरक्षित टिमका लागि बबरमहल, टंगाल, सिंहदरबार, बहादुर भवन र ठमेलमा फुटबल मैदान पनि बने। सन् १९३० मा जनपक्षीय र र दरबार संरक्षित टिमले साझा रूपमा सिंहदरबार, छाउनी, गौचरण, जावलाखेल र लैनचोरमा फुटबल मैदान बनाएको देखिन्छ।

इतिहाससम्पादन

साहित्यकार तथा इतिहासकार डायमण्ड शम्शेरका अनुसार दरबारका नातिले बाजेहरू आदेशलाई बेवास्ता गरेर सर्वसाधारणलाई पनि फुटबल खेलाउन सुरू गरे। लगभग त्यही समय नर एघार टिमको जन्म भएको विश्वास छ। सन् १९३४ मा आएर महावीर एघार, एनआरटी एघार, जावलखेल एघार र जनपक्षीय इन्स्टीच्युट एघारजस्ता टिमको स्थापना भयो। त्यसै वर्ष संस्थापगत रूपमा पहिलो फुटबल प्रतियोगिता भएको थियो। त्यसमा १२ टिम सहभागी थिए र त्यसलाई नरशम्शेरको नेतृत्वमा रहेको जावलाखेल क्लबले पहिलो स्थान हात पारेको थियो। प्रतियोगिताको सफल आयोजना भए पनि त्यसलाई विषेश कारणले सरकारी आदेशमा बन्द गरिएपछि दरबारबाहिर पनि गोप्य रूपमा फुटबल भने भइनै रहृयो।

लिग फुटबलको इतिहाससम्पादन

नरशम्शेरले नेपालमा फुटबललाई विकास गर्ने हो भने लिग फुटबलको आवश्यकतालाई महसुस गरे। नेपाल फुटबल सङ्घको स्थापना चार सालमा नै भइसकेको थियो र उनी नै त्यसका हर्ताकर्ता थिए। तर पहिलो लिग फुटबल सुरू गर्न भने सात वर्ष पर्खिन पर्‍यो। प्रजातन्त्र प्राप्तिका लागि सात सालमा सुरू भएको आन्दोलनले फुटबलमा शिथिलता ल्यायो। आन्दोलन सफल भएपछि फुटबल फेरि लोकप्रिय हुन थाल्यो। फुटबललाई व्यवस्थित र नियमित गर्न २००८ सालमा नेपाल फुटबल सङ्घ गठन भएको थियो। त्यसको सचिव त्रैलोक्यनाथ उप्रेती र कोषाध्यक्षमा जानकीप्रसाद प्रधान थिए। आठ सालमै भएको त्रिभुवन च्यालेञ्ज शिल्ड काठमाडौँ बाहिरको जलेश्वर एघारले जितेको थियो। नौ सालमा बालसखा दलको आयोजनामा देवीमाया मेमोरियल शिल्ड सुरू भएको थियो। राजा महेन्द्रको शुभराज्याभिषेक अघि मात्र त्रिपुरेश्वरमा दशरथ रङ्गशाला निर्माण भएको थियो। पछि त्यहाँ नै प्रतियोगिताहरू आयोजना हुन थालेको थियो। विराटनगरमा २०१८ सालदेखि महेन्द्र गोल्डकप सुरू भएको थियो। त्यस्तै २०२५ देखि नरट्रफीको आयोजना पनि सुरू भएको थियो। उता पहिलो संस्करणको लिग फुटबल महावीर-११ले जित्न सफल भएको थियो। नेपाल फुटबल सङ्घ अस्तित्वमा रहेसम्म यसको आयोजना १५ पल्ट सम्भव भएको थियो।

अखिल नेपाल फुटबल सङ्घले भने २०३२ सालयता यसको आयोजना सुरू गरेको हो। पहिलो लिग फुटबलमा कति टिम सहभागी थिए, महावीर-११ का खेलाडी अमृतमान श्रेष्ठलाई सबै राम्रोसँग हेक्का छैन। तर महावीर-११ समेत सशस्त्र प्रहरी बल क्लब , एनआरटी, ठमेल, आरसीटी, पाटन, महाराजगञ्ज, जेएफसी टिमहरूले त्यसमा प्रतिस्पर्धा गरेको उनी बताउँछन्। त्यो समय बलियो टिम भनेको महावीर, पुलिस फोर्स र एनआरटी थिए। महावीरलाई भने कसैले हराउन सकेको थिएन। सिंहदरवारको उत्तरमा रहेको 'ब्लेड घर' अगाडिको मैदानमा प्रतियोगिताको आयोजना भएको थियो। 'विलियार्ड घर' नाम रहे पनि सबैले यसलाई ब्लेड घर नै भन्न रूचाँउथे। यो घरबाट नै श्री ५ त्रिभुवन र श्री ५ महेन्द्रलगायत राणाहरूले फुटबल नजर गर्ने गर्दथे। श्री ५ त्रिभुवन भने फुटबल भने पछि हुरुक्क हुन्थे। अमृतमान श्री ५ त्रिभुवनका प्रिय खेलाडी थिए। वि.सं. २०१३ सालमा प्रकाशनमा आएको 'फुटबल खेल' नामक कितावमा लेखक कृष्णबहादुर बर्मालाई सन्देश पठाउने क्रममा राजा त्रिभुवनले लेखेका छन्। 'सबै नेपाली युवकहरूले आदर्श खेलाडी बनुन र संसारमा नाम कमाउन। त्यो दिन पनि अब चाँडै आउला, जब नेपाली पनि संसारका खेलाडी सरह होलान, नेपाली युवकहरू हो, खेल, नाम कमाउ, योग्य होउ, संसारमा दाँजिने होउ'। महावीरले लिग जितेपछि डिल्लीबजारमा पूरा टिमलाई सिन्दुर जात्रा गरेर स्वागत गरिएको थियो। त्यो समयको डिल्लीबजार ठूलो थियो, त्यसमा अहिलेको बानेश्वर र ज्ञानेश्वर पनि आउँथ्यो। महावीरको खेल हुँदा पूरा डिल्लीबजार सुनसान हुन्थ्यो र टोलीबासी पल्टेर सिंहदरवार पुग्थ्यो। को खेलाडीले कस्तो खेल्यो भनेर पूरा टोलमा चर्चा हुने अमृतमान बताउँछन्। टिमका अन्य सदस्यहरूमा राइट-हाफ कृष्णबहादुर मानन्धर, लेफ्ट-हाफ नारायण बहादुर क्षेत्री, राइट-आउट नातीबाबु (खड्गमान), राइट-इन राधेश्याम श्रेष्ठ, सेन्टर-फर्वाड नरसम्शेर, लेफ्ट-इन तारकसम्शेर थापा, लेफ्ट-आउट रमेशविक्रम शाह, राइट-फुट हरिगोपाल कारञ्जित, लेफ्ट-फुट शेषराज जोशी तथा गोलरक्षकमा कोमलविक्रम शाह थिए। अहिले यस टिमका पाँच सदस्य मात्र जिवित छन्। त्यो समय रेफ्रि नाम चलेका चन्द्रबहादुर बस्नेत थिए। महावीर-११ को स्तरीयतालाई अमृतमान अहिले पनि कतिसम्म गर्व गर्छन भने त्यो टिम विश्वकप खेल्न लायक थियो।

लिग प्रणालीसम्पादन

राष्ट्रिय लिगसम्पादन

पहिलो डिभिजनसम्पादन

दोस्रो डिभिजनसम्पादन

तेस्रो डिभिजनसम्पादन

रङ्गशालाहरूसम्पादन

नाम सहर जिल्ला प्रदेश क्षमता
डोमलाल राजवंश रङ्गशाला बिर्तामोड झापा जिल्ला प्रदेश नं. १
इटहरी क्षेत्रीय रङ्गशाला इटहरी सुनसरी जिल्ला १०,००० (निर्माणाधीन)
 सहिद रङ्गशाला विराटनगर मोरङ जिल्ला १०,०००
धरान रङ्गशाला धरान सुनसरी जिल्ला ४,०००
थरूहट रङ्गशाला गाईघाट उदयपुर जिल्ला ५,०००
  राजविराज रङ्गशाला राजविराज सप्तरी जिल्ला
सिमरा रङ्गशाला जितपुर सिमरा बारा जिल्ला प्रदेश नं. २
नारायणी रङ्गशाला वीरगञ्ज पर्सा जिल्ला १५,०००
  दशरथ रङ्गशाला काठमाडौँ काठमाडौँ जिल्ला बागमती प्रदेश १८,०००
  हलचोक रङ्गशाला १,२००
एन्फा कम्प्लेक्स, सातदोबाटो ललितपुर ललितपुर जिल्ला ५,०००
लगनखेल फुटबल मैदान ५,०००
च्यासल फुटबल रङ्गशाला १०,००० (निर्माणाधीन)
पोखरा रङ्गशाला पोखरा कास्की जिल्ला गण्डकी २०,००० (निर्माणाधीन)
एन्फा फुटबल मैदान बुटवल रूपन्देही जिल्ला लुम्बिनी प्रदेश ५,०००
महेन्द्र रङ्गशाला नेपालगञ्ज बाँके जिल्ला ७,५००
धनगढी रङ्गशाला धनगढी कैलाली जिल्ला सुदूरपश्चिम १०,००० (निर्माणाधीन)

कप प्रतियोगिताहरूसम्पादन

मुख्य प्रतियोगिताहरूसम्पादन

२०७५ को लागि अखिल नेपाल फुटबल सङ्घद्वारा निम्न प्रतियोगिताहरू स्वीकृत गरिएको थियो।[३]

प्रतियोगिता सहर जिल्ला प्रदेश
सहिद भीम नारायण गोल्डकप धनकुटा धनकुटा प्रदेश नं. १
माई भ्याली गोल्डकप इलाम इलाम
झापा गोल्डकप बिर्तामोड झापा
दमक गोल्डकप दमक
सताक्षी गोल्डकप शिवसताक्षी नगरपा
मेचीनगर गोल्डकप मेचीनगर
विराट गोल्डकप विराटनगर मोरङ
फाल्गुनन्द गोल्डकप फिदिम पाँचथर
बुढासुब्बा गोल्डकप धरान सुनसरी
मनमोहन दुहबी गोल्डकप दुहबी
मदन भण्डारी आमन्त्रण इटहरी गोल्डकप
उदयपुर गोल्डकप गाईघाट उदयपुर
सिमरा गोल्डकप सिमरा जितपुर बारा प्रदेश नं. २
विशाल स्मृति गोल्डकप वीरगञ्ज पर्सा
राजर्षी जनक गोल्डकप लालबन्दी सर्लाही
भरतपुर गोल्डकप भरतपुर चितवन बागमती प्रदेश
हेटौँडा गोल्डकप हेटौँडा मकवानपुर
नुवाकोट गोल्डकप बिदुर नुवाकोट र
आहा! रारा गोल्डकप पोखरा कास्की गण्डकी
पोखरा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता
नेपालगञ्ज गोल्डकप नेपालगञ्ज बाँके लुम्बिनी प्रदेश
तिलोत्तमा गोल्डकप बुटवल रूपन्देही
सुदूरपश्चिम खप्तड गोल्डकप धनगढी कैलाली सुदूरपश्चिम

अन्य प्रतियोगिताहरूसम्पादन

  • एन्फा कप (वि.सं २०३६-२०६५)
  • सान मिगेल इटहरी गोल्डकप (वि.सं २०६३)
  • महेन्द्र गोल्डकप (वि.सं २०३८-२०६०)
  • खुकुरी गोल्डकप (वि.सं २०५४-२०६०)
  • वीरेन्द्र स्मृति कप (वि.सं २०५८)
  • जन्मोत्सव कप* (वि.सं २०३८-२०६१)
  • देवी माया स्मृति कप (वि.सं २००९)
  • त्रिभुवन च्यालेन्ज सिल्ड** (वि.सं २००४-२०४२)
  • नेपाल राष्ट्रिय लिग कप (वि.सं २०४१-२०५५)
  • रामजानकी फुटबल प्रतियोगिता
*राजा वीरेन्द्रको २९औँ जन्मजयन्तीको उपलक्ष्यमा २०३० सालमा मा स्थापना गरिएको।
**राजा त्रिभुवनद्वारा २००४ स्थापना गरिएको।

शुभ-जन्मोत्सव कपसम्पादन

राष्ट्रिय खेलकुद परिषदले २०३० सालदेखि शुभ-जन्मोत्सवकपको आयोजना गरेको थियो। त्यसको छ वर्षपछि एन्फा कप आमन्त्रण कपका रूपमा विदेशी टिम सहभागी हुने पहिलो प्रतियोगिताको आयोजना पनि सुरू भएको थियो। पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका रूपमा नेपालमा २०३९ सालमा एसियाली युवा फुटबलको समूह एकका खेल भएका थिए। त्यसमा नेपालसहित १३ राष्ट्रहरू सहभागी थिए।

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामाग्रीहरूसम्पादन

  1. "नेपालमा फुटबल खेलहरू", द इन्डिपेन्डेन्स, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  2. "नेपालमा फुटबल", द नेसनल डट एइ, अन्तिम पहुँच २ सेप्टेम्बर २०१४ 
  3. "Action Packed 5-month long Gold Cups; ANFA Sanctions 23 Gold Cups !!", गोल नेपाल, अन्तिम पहुँच २०१९-०२-२१