बुढासुब्बा गोल्डकप (अन्य नाम:अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप) एक नेपाली घरेलु फुटबल प्रतियोगिता हो। यस प्रतियोगिता नेपाली घरेलु मोफसल फुटबल प्रतियोगिताहरूमा सबैभन्दा बढी चर्चित फुटबल प्रतियोगिता हो। यो प्रतियोगिता सुनसरी जिल्लाको धरान रङ्गशालामा हुने गर्दछ। यस प्रतियोगिताको सुरूवात वि.स. २०५५ साल देखि भएको थियो।

बुढासुब्बा गोल्डकप
स्थापनावि.स. २०५५ कार्तिक २७
क्षेत्र नेपाल
समूह सङ्ख्या
वर्तमान विजेताथ्री स्टार क्लब (५ औँ उपाधि)
सबैभन्दा सफल क्लबथ्री स्टार क्लब (५ उपाधि)
बुढासुब्बा गोल्डकप २०७५

बुढासुब्बा गोल्डकप सुरूवाट भएदेखि निरन्तर वर्षैपिच्छे आयोजना भइरहेने नेपालको एकमात्र फुटबल प्रतियोगिता हो। जुन प्रतिययोगितालाई कुनै पनि नेपालको घरेलु राजनीति उथलपुथल घटनाक्रमहरूले कुनै असर गरेन वा प्रभाव पारेन।

यस बुढासुब्बा गोल्डकप प्रतियोगिताको सर्वाधिक सफल तथा उत्कृष्ट क्लबका रूपमा महेन्द्र पुलिस क्लबलाई लिन सकिन्छ। जसले प्रतियोगिताको पहिलो ५ वटा प्रतियोगिताहरूमा ३ वटामा प्रथम हुँदै तीन वटा जित्न सफल भएको थियो। तर नेपालमा राजतन्त्र पछि भने महेन्द्र पुलिस क्लबले नेपाल पुलिस क्लबका नामबाट प्रतियोगितामा सहभागीता जनाउँदै आइरहेको छ।

इतिहास सम्पादन गर्नुहोस्

 
बुढासुब्बा गोल्डकपको विजेताले प्राप्त गर्ने सुन्दर रनिङ शिल्ड

धरानका उत्साहित भू.पू. फुटबल खेलाडीहरूको सक्रियतामा वि.स. २०५५ साल असार ९ गते धरान फुटबल क्लब को विधिवत स्थापना भएको थियो। टुबोर्ग बियरको प्रायोजन, धरान नगरपालिकाको संयोजन तथा धरान फुटबल क्लबको आयोजनामा वि.स. २०५५ कार्तिक २७ गते पहिलो बुढासुब्बा गोल्डकप आयोजना भएको थियो। १२ टिमले सहभागीता जनाएको उक्त प्रतियोगिताको फाइनल खेलमा बेलगेरिया स्पोर्ट्स क्लब, भारत ले टाइब्रेकरमा धरान फुटबल क्लबलाई ४-३ गोलले पराजित गरी पहिलो संस्करणको उपाधि जित्न सफल भएको थियो।

यस्तै २०५६ सालमा भएको दोस्रो संस्करणको फाइनल खेलमा महेन्द्र पुलिस क्लबले धरान फुटबल क्लब (निलो)लाई पराजित गरी उपाधि जितेको थियो। यो दोस्रो संस्करण २०५६ मंसिर १४ गतेदेखि मंसिर २५ गतेसम्म चलेको थियो। २०५७ माघ १४ गते भएको बुढासुब्बा गोल्डकपको तेस्रो संस्करणको फाइनल खेलमा बङ्गलादेशको धन्मुन्दी क्लबले नेपालको दोस्रो संस्करणको विजेता महेन्द्र पुलिस क्लब लाई २-१ ले पराजित गर्दै उपाधि जितेको थियो। २०५८ सालमा भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपमा पनि महेन्द्र पुलिस क्लबनै विजयी हुन सफल भएको थियो, भने २०५९ को संस्करणमा पनि महेन्द्र पुलिस क्लबले टाइब्रेकरमा फ्रेन्ड्स क्लबलाई पराजित गरी तेस्रो पटक बुढासुब्बा गोल्डकपको उपाधि जित्न सफल भएको थियो।

खेल स्थान सम्पादन गर्नुहोस्

हालका बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता धरानमा अवस्थित क्षेत्रीय रङ्गशाला धरान रङ्गशालामा आयोजना हुने गर्दछ। यस्तै १४ औँ संस्करणबाट एन्फा टेक्निकल सेन्टरको सानो मैदानमा सञ्चालित हुने गर्दथ्यो। तरबीसौं संस्करण देखि पुनः धरान–१६ स्थित धरान रङ्गशालामा नै फर्काइएको थियो। तर पक्की प्यारापिटसहितको मैदान भए पनि पर्याप्त नहुँदा बाँसको प्यारापिट बनाएर यो प्रतियोगिता सञ्चालन गर्ने गरिन्छ[१]

धरान रङ्गशाला
 
धरान
दर्शक क्षमता: ८,०००

विजेताहरू सम्पादन गर्नुहोस्

संस्करण विजेता उपविजेता फाइनल नतिजा
२०५५  बेलगेरीया एस.सि. धरान फुटबल क्लब १-१
(५-४)
२०५६ महेन्द्र पुलिस क्लब धरान फुटबल क्लब १-०
२०५७ महेन्द्र पुलिस क्लब धरान फुटबल क्लब १-०
२०५८  धनमोदि क्लब महेन्द्र पुलिस क्लब २-०
२०५९ महेन्द्र पुलिस क्लब फ्रेन्ड्स क्लब ०-०
(४-२)
२०६० मनाङ मर्स्याङ्दी क्लब महेन्द्र पुलिस क्लब १-०
२०६१ थ्री स्टार क्लब जावलाखेल युथ क्लब ३-०
२०६२ अफ्रिकन युनाइटेड क्लब धरान फुटबल क्लब ३-१
२०६३ थ्री स्टार क्लब अफ्रिकन युनाइटेड क्लब १-०
२०६४ एनआरटी क्लब फ्रेन्ड्स क्लब _
२०६५ थ्री स्टार क्लब नेपाल आर्मी क्लब _
२०६६ आरसीटि क्लब नेपाल पुलिस क्लब _
२०६७ मनाङ मर्स्याङ्दी क्लब सहारा क्लब पोखरा _
२०६८ थ्री स्टार क्लब मनाङ मर्स्याङ्दी क्लब _
२०६९  हङ्कङ नेपाल फुटबल क्लब[२] नेपाल आर्मी क्लब _
२०७० अफ्रिकन युनाइटेड क्लब सहारा क्लब पोखरा _
२०७१ एपीएफ क्लब मनाङ मर्स्याङ्दी क्लब _
२०७२ मनाङ मर्स्याङ्दी क्लब[३] नेपाल पुलिस क्लब _
२०७३ नेपाल पुलिस क्लब संकटा क्लब _
२०७४ थ्री स्टार क्लब[४] नेपाल पुलिस क्लब १-०
२०७५   क्यामेरूनदाउफिन्स कलब धरान ११[५] ०-०
(४-३)

क्लब उत्कृष्ट नतिजा सम्पादन गर्नुहोस्

क्लब विजेता उप-विजेता
थ्री स्टार क्लब
नेपाल पुलिस क्लब
मनाङ मर्स्याङ्दी क्लब
अफ्रिकन युनाइटेड क्लब
एपीएफ क्लब
  दाउफिन्स कलब
  बङ्गाल एस. सि. (कोलकाता)
  शेख वमल धनमोदी कलब (ढाका)
  हङकङ नेपाल फुटबल सङ्घ
न्यू रोड टिम
रानी पोखरी कर्नर टिम
धरान ११
नेपाल आर्मी क्लब
फ्रेन्ड्स क्लब
सहारा क्लब पोखरा
जावलाखेल युथ क्लब
संकटा क्लब

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्

  1. "२ दशक पार गरेको बुढासुब्बा गोल्डकपको गौरवमय इतिहास", नागरिक न्यूज, अन्तिम पहुँच माघ २६, २०७५   वेब्याक मेसिन अभिलेखिकरण २०२१-०१-२४ मिति
  2. "Budha Subba Gold Cup 2069: Honkong Nepali Federation beats Nepal Army to lift the title", nepalifootball.com, अन्तिम पहुँच २६ डिसेम्बर २०१८ 
  3. "GoalNepal.com - A Complete Nepali Football website", GoalNepal, अन्तिम पहुँच २६ डिसेम्बर २०१८ 
  4. "RedBull 20th Budha Subba Gold Cup", goalnepal.com, अन्तिम पहुँच २०१८-०३-३० 
  5. "प्रतिकृया दिनुहोसदाउफिन्सलाई बुढासुब्बा गोल्डकप उपाधि", हाम्रो खेलकुद, अन्तिम पहुँच शनिबार, फाल्गुन ४, २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०१ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्