एन्फा कम्प्लेक्स एक ललितपुर सातदोबाटोमा रहेको फुटबल रंगशाला र प्रशिक्षण स्थल हो। अखिल नेपाल फुटबल संघको मुख्यालय एन्फा कम्प्लेक्स सातदोबाटोमा नै रहेको छ। यसको निर्माण सन् १९९९ मा भएको थियो। यहा एन्फा हाउस (एन्फाको हालको मुख्यालय), एन्फा एकेडेमी, र फुटबल मैदान रहेको छ।

एन्फा कम्प्लेक्स
नक्सा
पुरा नामएन्फा कम्प्लेक्स, सातदोबाटो
पूर्व नामएन्फा हाउस
स्थानललितपुर, नेपाल
निर्देशाङ्क२७°३९′४४″N ८५°१९′४८″E / २७.६६२११९°N ८५.३२९९१२°E / 27.662119; 85.329912निर्देशाङ्कहरू: २७°३९′४४″N ८५°१९′४८″E / २७.६६२११९°N ८५.३२९९१२°E / 27.662119; 85.329912
मालिकनेपाल राष्ट्रिय खेलकुद
युवा तथा खेलकुद मन्त्रालय
परिचालकअखिल नेपाल फुटबल सङ्घ
दर्शक क्षमता४,०००
सतहAstroTurf
निर्माण
खुला1999
मर्मत सम्भार2012
2014
2015
भाडावाल
अखिल नेपाल फुटबल सङ्घ

ईतिहास सम्पादन गर्नुहोस्

निर्माण सम्पादन गर्नुहोस्

एन्फा हाउस सम्पादन गर्नुहोस्

एन्फा एकेडेमी सम्पादन गर्नुहोस्

२०१२ एएफसी च्यालेञ्ज कपको समयमा फिफाका अध्यक्ष सेप ब्ल्याटरले एन्फा कम्प्लेक्समा आयोजना गरिएको समारोहमा बत्ती बालेर नेपालको तेस्रो फिफा गोल कार्यक्रम को उद्घाटन गरे। एन्फाका अध्यक्ष (तत्कालीन एसियाली फुटबल महासङ्घ ( ए.एफ.सी)का उपाध्यक्ष) गणेश थापाले १५० खेलाडीहरूको लागि तीन एकेडेमी र महिला एकेडेमी बनाउनका लागि रकम प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। [१] [२] एन्फा कम्प्लेक्सको स्तरोन्नति र स्टेडियम निर्माणमा एन्फा टेक्निकल सेन्टर, बुटवलएन्फा टेक्निकल सेन्टर धरानको निर्माण पनि यसमा समावेश थियो । [३] फुटबल एकेडेमीको कुल लागत ४ लाख अमेरिकी डलर थियो

कृत्रिम टर्फ प्रशिक्षण मैदान सम्पादन गर्नुहोस्

चौथो फिफा गोल परियोजना को थप ५ लाख अमेरिकी डलर [४] को आर्थिक सहयोगको साथ, घाँस पिचको गुणस्तरमा बाधा पुर्‍याउने नेपालको मौसम अवस्थाका कारण कृत्रिम टर्फ (मैदान) राखियो। २०१४ मा नेपाल खेल पत्रकार फोरम र एफए बीच मैत्रीपूर्ण खेलको क्रममा नयाँ बिछ्याइएको टर्फको उद्घाटन भयो। [५]

वि,सं २०७२ मा, महाभूकम्पको कारणले दशरथ रंगशाला क्षतिग्रस्त भएपछी अखिल नेपाल फुटबल संघले राष्ट्रिय स्टेडियमको रूपमा मैदानको क्षमता ४,००० सम्म विस्तार गर्न प्यारापेटहरू निर्माण गर्‍यो । [६]

आयोजना गरिएका खेलहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. FIFA.com, "FIFA President touched by Nepal welcome", अन्तिम पहुँच २०१५-०८-२८ 
  2. "Nepal ready for AFC Challenge Cup | Nepal Mountain News", www.nepalmountainnews.com, अन्तिम पहुँच २०१५-०८-२८ 
  3. "FIFA awards ANFA third ‘Goal Project’", www.nepalnews.com, मूलबाट २०१५-१२-२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१५-०८-२८ 
  4. FIFA.com, "Nepal - Goal Programme - FIFA.com", FIFA.com, अन्तिम पहुँच २०१५-०८-२७ 
  5. "ANFA Inaugurate Artificial Turf with ANFA-NSFJ Friendly", अन्तिम पहुँच २०१५-०८-२८ 
  6. "GoalNepal.com - ANFA Receives 4 Lakhs USD From FIFA Goal Project IV For Parapet Construction", www.goalnepal.com, अन्तिम पहुँच २०१५-०८-२७  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-२४ मिति