सहिद रङ्गशाला पुर्वाञ्चल विकास क्षेत्रको सबैभन्दा ठूलो रङ्गशाला हो। यस रङ्गशालामा १०,००० दर्शकहरु धान्ने क्षमता रहेको छ। यस रङ्गशाला भित्र प्रवेश गर्नका लागि ३ मुख्य ढोकाहरू रहेका छन्। २०७३ पुस ८ गते यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुद २०७३को समुद्घाटन कार्यक्रमको आयोजना गरिएको थियो। यो नेपालकै तेस्रो सबैभन्दा ठूलो र पुर्वाञ्चलको सबैभन्दा ठूलो रङ्गशाला हो। यो नेपालको एक फुटबल क्लब मोरङ ११को गृह मैदानका रूपमा रहेको छ । यस रङ्गशाला नेपालको एक लोकप्रिय रङ्गशाला हो। रङ्गशालामा, विभिन्न किसिमका कार्यक्रमहरू जस्तै कृषि मेलाको आयोजना हुँदै आइरहेको छ। यो एक बहुउद्देश्यीय खेलकुद रङ्गशाला हो।

सहिद रङ्गशाला
सहिद रङ्गशालाको एक तस्बिर
नक्सा
मालिकमोरङ फुटबल सङ्घ विराटनगर, मोरङ, नेपाल
परिचालकमोरङ फुटबल सङ्घ
दर्शक क्षमता१०,०००
सतहघाँस
खुला२०२५ साल
भाडावाल
मोरङ ११

सहिद रङ्गशाला, एक राष्ट्रिय रङ्गशालाको रूपमा विकास गरिने बताइएको थियो। यस खेल मैदानको पुनर्निर्माणको लागि नेपाल सरकारले खेलकुद मन्त्रालय मार्फत ८.७ मिलियन बजेट विनियोजन गरेको थियो। अखिल नेपाल फुटबल सङ्घले २०१९ साफ महिला च्याम्पियनसिपको सबै खेलको लागि यस रङ्गशालालाई जिम्मेवारी दिएको थियो। एन्फाले आगामी कार्यक्रमहरूको लागि बिराटनगर महानगरपालिकासँग यस रङ्गशालाको स्तर उन्नति र विकास गर्नको लागि एक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो।

सुविधाहरू सम्पादन गर्नुहोस्

यो रङ्गशालामा दर्शकहरूलाई धेरै सुविधाहरू दिइएको छ । भित्र आउन र बाहिर जानको लागि मुख्य ३ वटा ढोकाहरू रहेका छन् । दर्शकहरूको लागि विशेष बस्ने ठाउँको पनि व्यावस्था गरिएको छ । यसमा एकैचोटिमा १०,००० दर्शकहरूको क्षमता रहेको छ । यो रङ्गशाला भित्र सौर्य बत्तीहरू जडान गरिएको छ जसले रातीको बेलामा प्रकस्ट दृश्य देखिन्छ । जमीन सुरक्षाको लागि सबै तिरबाट काँडेतारले घेरिएको छ । पार्किङ प्रणालीको त्यहाँ राम्रो व्यवस्था रहेको छ जहाँ धेरै गाडीहरू एकैचोटि पार्क गर्न सकिन्छ। टेनिस कोर्ट साथै घेरिएको ठूलो कोठा, रङ्गशालासँग जोडिएको छ । विराट गोल्डकपको बेलामा आयोजक द्वारा अस्थायी रात्रिबत्ती जडान गरिएको थियोे । बिराटनगर महानगरपालिका र प्रदेश सङ्ख्या १ को सरकारले एक वर्ष भित्र स्थायी रात्रिबत्ती जडान गर्ने प्रतिज्ञा गरेको थियो । यस रंगशालामा पाँचौ साफ महिला च्याम्पियनसिप अगाडि खेलाडी चेन्जिङ् रुम, खेलाडी आराम कक्ष,खेलका दौरान पत्रकारका लागि छुट्टै सम्मेलन कक्ष(मिडिया सेन्टर) निर्माण गरिएको छ।

इतिहास सम्पादन गर्नुहोस्

यस रङ्गशालामा महेन्द्रनगर गोल्डकप (हाल विराट गोल्डकप)को आयोजना पहिलो पटक सन् १९६१ मा भएको थियो । यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुदको उद्घाटन समारोहको कार्यक्रम पनि आयोजना गरिएको थियो जसलाई नेपालकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् ।

आयोजित मुख्य प्रतियोगिताहरू सम्पादन गर्नुहोस्

रेडबुल राष्ट्रिय लिग सम्पादन गर्नुहोस्

सन् २०१५ को नेपाल राष्ट्रिय लिगका केही खेलहरू यस रङ्गशालामा आयोजना गरिएको थियो जसमा मनाङ- मर्स्याङ्दी क्लबमोरङ ११ बिचको खेल बराबरीमा सकिएको थियो ।[१] नेपाल राष्ट्रिय लिगको बेलामा यस रङ्गशाला मोरङ ११को गृह मैदान रहेको थियो ।[२]

विराट गोल्डकप सम्पादन गर्नुहोस्

२०१५ को बिराट गोल्डकपको आयोजना यस रङ्गशालामा आयोजना गरिएको थियोे । फाइनल खेलमा, नेपाल आर्मी क्लबले झापा ११लाई २-१ गोल अन्तरले पराजित गर्दै उपाघि चुमेको थियो ।[३]l

२०१६ को विराट गोल्डकप यही रङ्गशालामा मोरङ ११ले आयोजना गरेको थियो।[४] फाइनल खेलमा, नेपाल पुलिस क्लबले झापा ११लाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो जसमा नेपाल पुलिस क्लबका भरत शाहले एक निर्णायक गोल गर्दै टोलीलाई जिताएका थिए।[५]

सातौँ राष्ट्रिय खेलकुद सम्पादन गर्नुहोस्

२०७४ पुस महिनामा, यस रङ्गशालामा सातौँ राष्ट्रिय खेलकुदको केही प्रमुख खेलहरू आयोजना गरिएको थियो ।[६] बाँकी खेलहरू भने रङ्गशालाको खराब स्थिति भएकाले यहाँ आयोजना गरिएको थिएन् । रङ्गशाला नजिकै रहेको हलमा भने भने विभिन्न भित्री खेलकुद जस्तै टेनिस, कराँते आदि हुने गरेका छन् ।

२०१९ साफ महिला च्याम्पियनसिप सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


बाह्य कडीहरू सम्पादन गर्नुहोस्