रणजोर थापा
नेपाल-अंग्रेज युद्धका कमाण्डर
रणजोर थापा जैथकको युद्धमा सैनिक कमाण्डर थिए । उनी बडाकाजी अमरसिंह थापाका छोरा थिए। पितासँगै नेपाल अंग्रेज युद्ध लडेका थिए ।
श्री काजी रणजोर थापा | |
---|---|
व्यक्तिगत विवरण | |
जन्म | नेपाल |
नाता | भीम सिंह थापा (हजुरबुवा) अमरसिंह थापा (बुवा) रणध्वज थापा (दाजु) नरसिंह थापा (दाजु) |
सैनिक सेवा | |
निष्ठा | ![]() |
श्रेणी | काजी |
लडाईं/युद्ध | नेपाल-अंग्रेज युद्ध (जैथक, नाहन), सिन्धुलीगढी |
कार्यसम्पादन
जैथकमा दल खडा गरी नाहनतिर हेरविचार गर्दै थिए । २५ डिसेम्बर, १८१४ मा जनरल मार्टिन्डेलले हमला गरे । अङ्ग्रेजी जनरल मार्टिन्डेल र जनरल लुडलो दुवै पराजित भयो । दोस्रो लडाईँमा अङ्ग्रेज जनरल अक्टरलोनीले मलाउँमा रहेका पिता अमरसिंह थापासँग रहको नेटवर्क विच्छेद गरे। त्यसपछि अङ्ग्रेजी धुर्त्याइँसामु रणजोर असफल भए। त्यो ठाउँ छाडी सिन्धुलीगढी पुगेर बुवालाई सहयोग गरेका थिए र नेपालले सन्धि गर्यो ।[१]