बाइसे राज्यहरू
बाइसे राज्य भारतीय उपमहाद्वीपमा सार्वभौम रूपमा अवस्थित साना राज्यहरू हन्। यी राज्यहरू मध्ययुगीन नेपालका खसहरूद्वारा शासित थिए भने आधुनिक नेपालको कर्णाली-भेरी नदीको वरिपरि अवस्थित थिए।
वि.सं १८०० देखि १८६६ सम्म नेपालको एकीकरणको क्रममा बाइसेहरू राज्यहरू नेपालमा गाभिएका थिए। गोरखा राज्यका अन्तिम राजा पृथ्वीनारायण शाहको शासन कालमा नेपालको एकीकरणको प्रयासहरू भएका थिए भने उनको मृत्यु पश्चात् एकीकरणलाई उनका छोरा र नातिले अगाडि बढाएका थिए।[१] नेपालमा हाल सम्म प्रकाशन भएका विभिन्न पुस्तकहरूमा बाइसे र चौबिसे राज्यहरूका नाम कतिपएमा फरक फरक पाइएका छन्। यि सबै पुस्तकमा भएका नामहरूका राज्यहरू कुनै न कुनै बेला एक पटक स्थापना भएकै थिए। त्यो बेलामा राज्यहरू फुट्ने र जुट्ने काम चलिरहन्थ्यो। बाइसे राज्य भनिएता पनि कर्णाली क्षेत्रका राज्यहरूको सङ्ख्या घटेर कुनै बेला अठार वटा सम्म पुगेको छ भने कुनै बेला बढेर तीसवटा सम्म पनि पुगेको पनि देखिन्छ।[२]
नामकरण
सम्पादन गर्नुहोस्जुम्ला राज्यमा ११ वटा पर्वत र ११ वटा नदी भएकाले पहिले पनि जुम्लालाई बाइस पाखा भनिन्थ्यो भने जुम्ली जनतालाई बाइस पख्याली भनिन्थ्यो। यस कुरालाई वि.सं. १८०२-१८०८ मा जुम्लाका राजा सुदर्शन शाहको ताम्रपत्र, वि.सं. १८५५ मा सुब्बा भयहरण थापाको आज्ञापत्र र वि.सं. १८७८ मा लेखिएको कल्याल वंशावलीमा उल्लेख गरिएको छ। [२] त्यस कारण जुम्ला राज्यको प्रभावमा रहेको र जुम्ला राज्यलाई वार्षिक कर (सिर्तो) बुझाउने सम्पूर्ण कर्णाली क्षेत्रका राज्यहरूलाई बाइसे राज्य भनिएको थियो। यसरी रहेका बाइसी राज्यहरूमा विद्वान भेन्सिटार्टले २२ वटा, कर्कप्याट्रिकले १८ वटा, बुचानन ह्यामिल्टनले २१ वटा, ओल्डफिल्डले १८ वटा र प्रा. डा. राजाराम सुवेदीले ३० वटा नामहरू प्रकाशन गरेका छन्।[२]
राज्यहरू
सम्पादन गर्नुहोस्नेपालमा हाल सम्म प्रकाशन भएका विभिन्न पुस्तकहरूमा बाइसे राज्यहरूका नाम कतिपएमा फरक फरक पाइएका छन्।[२] विभिन्न पुस्तकहरूमा लेखकहरूले प्रकाशित बाइसे राज्यहरूका नामहरू यस प्रकार रहेका छन् ।
- १) अछाम, २) खुम्री, ३) छिल्ली, ४) जाहरी,
- ५) जाजरकोट, ६) जुम्ला, ७) डोटी, ८) थलारा,
- ९) दर्ना, १०) दाङ, ११) दुल्लु, १२) दैलेख,
- १३) बझाङ, १४) बाजुरा, १५) विमकोट, १६) विलासपुर,
- १७) बोगटान , १८) रास्कोट, १९) रुकुम, २०) रोल्पा,
- २१) सल्यान, २२) सान्नी [३] २३) आठबीस २४) गोताम
जनपद प्रहरी प्रतियोगिता सोपान
सम्पादन गर्नुहोस्- २२ से राज्यहरू
१—जुम्ला, २– जाजरकोट, ३— सल्यान, ४— अछाम, ५— रुकुम, ६— विलासपुर, ७— दुल्लु, ८— डोटी, ९— दैलेख, १०— आठबीस, ११— सान्नी, १२— दर्ना (अछाम) १३— विमकोट, १४—बोगटान, १५— गजुल (रोल्पा) १६— खुम्म्री (रोल्पा) १७— बाजुरा, १८— मालनेटा, १९— बझाङ, २०— दाङ, २१— जहरी, २२— थलार [४]।
बाइसे राज्यहरू: १– अछाम, २– खुम्री, ३– जुम्ला, ४–डोटी, ५–छिल्ली, ६–जहारी, ७–वर्मा, ८–थलरा, ९ –दैलेख, १०– दुल्लु, ११–सल्यान, १२– सान्नी, १३ – बझाङ, १४– बाजुरा, १५– हामकोट, १६– रुकुम, १७– रोल्पा, १८– विमकोट,१९–विलासपुर, २० – बोगटान, २१– गुमकोट, २२– मालनेटा[५]
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ आधारभूत सामान्यज्ञान २०६०, मकालु बुक्स एण्ड स्टेशनर्स
- ↑ २.० २.१ २.२ २.३ कीर्तिखम्ब पहिलो संस्करण पृष्ठ सङ्ख्या २४- २९ लेखक विश्व के.सी. (पोखरेल)
- ↑ खगेन्द्र निरौला रत्न पुस्तक भण्डार भोटाहिटी काठमाण्डौ द्वारा प्रकाशित प्रथम संस्करण २०४८ को नेपाल परिचय , पृष्ठ सङ्ख्या ३५
- ↑ जनपद प्रहरी जवान प्रतियोगिता सोपान, पृष्ठ—२६७ , २०६९ साल , नविनतम संस्करण, प्रकाशक शिक्षा—परीक्षा सामग्री केन्द्र बागबजार, काठमाण्डौका
- ↑ जनपद प्रहरी जवान परीक्षा दिग्दर्शन पृष्ठ–२५६, संस्करण २०६९÷७०, प्रकाशक : आशिष बुक्स हाउस प्रा.लि. बागबजार काठमाण्डौ