रामकृष्ण कुँवर
नेपाली दरबारिया तथा सेना कमाण्डर
रामकृष्ण कुँवर नेपाली सेनाका जनरल र सेनापति थिए। उनले गोरखाको लागि विभिन्न युद्ध लडेका छन्। उनका वंशजहरूले राणा शासन स्थापित गरे। उनका नाति काजी बालनरसिंह कुँवर हुन्।
सरदार रामकृष्ण कुँवर | |
---|---|
![]() रामकृष्ण कुँवर | |
व्यक्तिगत विवरण | |
जन्म | वि.सं. गोरखा जिल्ला |
मृत्यु | वि. सं. १८२८ चैत ८ |
सन्तान(हरू) | रणजीत कुँवर |
पिता | अशिराम कुँवर |
नातेदार | नाति बालनरसिंह कुँवर |
सैनिक सेवा | |
लडाईं/युद्ध | नेपाल एकिकरण |
उनलाई १८२८ भदौ १३ गते (इ. १७७१, २५ अगस्ट ) मा श्री ५ पृथ्वीनारायण शाहले पलाञ्चोकबाट पूर्वतर्फ विस्तार गर्न सेनापति बनाए। अमरसिंह थापालाई उनका नायब बनाएर २६०० सिपाही साथ पहाडैपहाड ओल्लो किरातबाट कूच गराए। त्यो नेपाली सेनाले दूधकोशी नदि तरी चौदण्डी दाखिल हुँदा त्रिलोचन र हरिनन्द उपाध्याय पोखरेलले ठूलो सहयोग गरे।[१]
श्रोतसम्पादन
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १८२