मल्ल शासन रहेको बेला नेपालमा कान्तिपुर नामको एक मध्यकालिन राज्य थियो। त्यस राज्यको नाम त्यसको राजधानीको नामबाट नै राखिएको थियो जुन संस्कृतमा थियो, अब त्यो ठाउँ काठमाण्डौ नामले चिनिन्छ।

इतिहास सम्पादन गर्नुहोस्

राजा यक्ष मल्लले आफ्नो अधिराज्यलाई आफ्नो छोराहरूलाई दिनलाई बाँडे पछि यो अधिराज्य अस्तित्वमा आयो। यो अधिराज्य अस्तित्वमा आएपछि भक्तपुर मुख्य व्यापारिक केंद्रको रूपमा स्थापित भयो।

यक्ष मल्लको मृत्यु पछि उनका माहिला छोरा रत्न मल्लले वि.सं. १५४१ मा कान्तिपुरका महापात्रहरूलाई हात लिई भक्तपुर राज्यबाट टुक्राई त्यहाँको राजा भए। उनले ललित्पुर (पाटन) का पात्रहरू हर्षपाल र जगतपाललाई हात लिएर त्यहाँ पनि अधिकार गरे।

राजा शिवसिंह मल्लले वि.सं. १६७५ मा आफ्ना कान्छा नाति सिद्धिनरसिंह मल्ललाई पाटनको राजा र जेठा नाति लक्ष्मी नरसिंह मल्ल लाई कान्तिपुरको उत्तराधिकारी बनाए पछि पाटन राज्य कान्तिपुर बाट अलग भयो।

वि.सं. १८२५ को इन्द्रजात्राको रातमा बडामहाराजधिराज पृथ्वीनारायण शाहले यस राज्य माथी विजय प्राप्त गरे।

राजाहरू सम्पादन गर्नुहोस्

Portrait Titular Name जन्म शासन मृत्यु
1   रत्न मल्ल
सूर्य मल्ल
अमर मल्ल
नरेन्द्र मल्ल
  महेन्द्र मल्ल
सदाशिव मल्ल
शिवसिंह मल्ल
लक्ष्मीनरसिंह मल्ल वि.सं १६७७ -१६९८ वि सं १७१४
 
King Pratap Malla at prayer
प्रताप मल्ल
चक्रवर्त्येन्द्र मल्ल
महिपतीन्द्र मल्ल
जयनृपेन्द्र मल्ल
  पार्थिवेन्द्र मल्ल
भूपालेन्द्र मल्ल वि.सं १७३६ वि.सं. १७४४ -१७५७

(6 years, 37 days)

वि सं १७५७ (२१ वर्ष) अयोध्या, India
  भास्कर मल्ल
महेन्द्रसिंह मल्ल
जगज्ज्य मल्ल
  जयप्रकाश मल्ल
ज्योतिप्रकाश मल्ल

प्रशासन सम्पादन गर्नुहोस्

मल्ल कालमा कर्मचारीहरूलाई पात्र वा महापात्र भनिन्थ्यो।  युद्धपति, केन्द्र नायक भनिन्थ्यो। कुमारी चोक अड्डाबाट व्यवस्थित तरिकाले लेखा राख्ने र जाँच्ने चलन मल्ल कालदेखि नै शुरु भएको रहेछ। मल्ल राज्यकालमा नेपालमा प्रशासन अत्यन्त केन्द्रीकृत रहेको टिप्पणी पनि गरिन्छ। 

मल्लकालीन पदहरू सम्पादन गर्नुहोस्

  • राजगुरु: राजपुरोहित
  • सेनाध्यक्ष: राज्यको सुरक्षा हेर्ने
  • उमराओ: राज्यप्रशासन र कर प्रशासन हेर्ने
  • भण्डारनायक: राजाको भण्डार हेर्ने
  • टक्सारी: सिक्का छाप्ने
  • चरिदार: अनुसन्धान अधिकृत
  • कोतवाल शान्ती सुरक्षा हेर्ने

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्