नयनसिंह थापा

नेपाली काजी एवम् पश्चिम एकीकरणका नायक

जनरल काजी नैनसिंह थापा नेपाली सेनाको जनरल र थापा वंशका भारदार थिए। उनी प्रधानमन्त्री भीमसेन थापाका भाइ हुन्। उनी मुख्तियार माथवरसिंह थापा, ललित त्रिपुरा सुन्दरी, गणेश कुमारी(जंगबहादुर राणाकी आमा) र कर्णेल शेरजङ्ग थापाका पिता हुन्। उनका ससुरा कालु पाँडेका भाइ रणजीत पाँडे हुन्। उनले काठमाडौंको थापाथली दरबार बनाएका हुन्।

श्री जनरल काजी
नैनसिंह थापा
Nain Singh Thapa.jpg
काजी नैनसिंह थापा
व्यक्तिगत विवरण
नातादाजु भीमसेन थापा

ससुरा रणजीत पाँडे नाति जंगबहादुर राणा

ज्वाइँ रणबहादुर शाह
अभिभावक
उपनामनयनसिंह थापा
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीजनरल

वि.सं १८६४ मा काँगडा किल्लाको युद्धमा बडाकाजी अमर सिंह थापाको सहमति बिना नयनसिंह थापाले मनमुखी भै आक्रमण गर्दा शत्रु सेनाको गोलि लागि वीरगति पाए।[१][२]

उनी नेपालको पश्चिम किल्लामा एकीकरणका क्रममा लड्दा गोली लागि मृत्युभएको थियो।

काँगडा अभियानसम्पादन

काँगडा अभियानका क्रममा काजी नयनसिंह थापार सुरदत्त शाही नयाँ श्रीनाथ, वज्रवानी र रणभीम पल्टन लिएर त्यसतर्फ प्रस्थान गरेका थिए। त्यति वेला त्यसतर्फका राजा रामशरणले १० हजारको सङ्ख्यामा फौज तैनाथ गराएर हन्डुरको बाटो बन्द गरिदिएका थिए। त्यो बाटो खुलाउन काँगडाबाट हस्तदल शाही, सरदार अङ्गद (घले)का साथ १० कम्पनी लिएर हन्डुर आई काजी जसपाउ सिंह थापाले युद्ध लडेका थिए। त्यहाँबाट शत्रुलाई संहार गरी बाटो साफ गरेर उनी काँगडा फर्केका थिए।

त्यसपछि उनी बडाकाजी अमरसिंह थापाका साथ जालन्धरको बाटो भई सुमेरुगढ आक्रमण गर्न अघि बढेका थिए। काजी नयनसिंह थापा भने भगवानपुरको बाटो भई माल काँगडा आक्रमण गर्न निस्के। तर, उनलाई शत्रुपक्षले हानेको गोली लाग्यो। त्यस युद्धमा चार सय नेपाली सैनिक हताहत भए। गोली लागेको केही दिनपछि नयनसिंह थापाको पनि मृत्यु भयो। तर, नेपाली फौजले काँगडा किल्ला घेर्न छाडेन। ५ हजारको फौज सहित बडाकाजी अमरसिंह र सरदार रणजित कुँवरको साथमा काँगडा किल्ला घेर्नेमध्येका एक सैन्यनायक जसपाउ थापा पनि थिए। त्यहाँको युद्धमा उनको नेतृत्वमा ५ सय शिख सेनाको संहार भएको थियो। [३]

 
नैनसिंह थापाको मृत्युपश्चात नेपाली सैनिक र भारदारहरू भेला भएको; कलाकार मौला रामद्वारा चित्रसहित कविता लेखिएको

वंशवृक्षसम्पादन

नैनसिंह थापाको आफ्नै वंशवृक्ष:[४]

 
 
 
 
 
 
 
 
 
 
 
 

नैनसिंह थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

ललित त्रिपुरा सुन्दरी (वि.सं.१८५०)

 
 

उजीर सिंह थापा(वि.सं.१८५२)

 

माथवरसिंह थापा (वि.सं.१८५५)

 

गणेश कुमारी कुँवर

 

शेरजङ्ग थापा

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

रणोज्वल थापा

 
 

विक्रम सिंह थापा

 
 
 

अमरसिंह थापा

  • माथवरसिंहका पुत्रको नाम अमरसिंह थियो जुन माथवरसिंहको हजुरबुवाको पनि हो । पुत्र अमरसिंह कर्णेल थिए ।[५]

स्रोतसम्पादन

  1. शमशेरबहादुर थापा , रणवीरसिंह थापा (ललितपुर:जगदम्बा प्रकाशन २०२३) पृ. १०८।
  2. राजाराम सुवेदी (२०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २२२, आइएसबिएन 99933-2-406-X 
  3. दिक्पाल, राजकुमार (१३ मंसिर, २०७८), "संसारलाई ‘नेपाली वीरता’ चिनाउने ती मगरहरू", हिमालखबर, अन्तिम पहुँच वैशाख १४, २०७९ 
  4. https://www.kantipur.ekantipur.com/ampnews/2014-03-01/384965.html
  5. Hamal 1995.