कास्की राज्य

कास्की चौबीसी राज्य थियो।

कास्की राज्य
विसं १५२४–विसं १८४२
Kaski district location.png
सरकारराजतन्त्र
राजा 
इतिहास 
• स्थापना
विसं १५२४ विसं १५२४
• विलयकाल
विसं १८४२ विसं १८४२
  1. ...

नामाकरणसम्पादन

कास्की राज्यको नामाकरणका सम्वन्धमा कश्यप ऋषिको तपोभूमी रहेको यस ठाउँलाई "काश्यपकुट्ट" शब्द दिइएको र तहाँ "कास्यप सिहंता" नामक अमुल्य आर्युवैदिक ग्रन्थ रचना गरेकामा त्यही शब्द खिईदै अपभ्रंस भई कास्यप वाट कास्की बनेको किंवदन्ति एकातर्फ छ भने अर्कोतर्फ प्राकृत खनिज स्रोतको भण्डारलाई "काष" र त्यसबाट "काषकी" हुदै कास्की रहन गएको किंवदन्ति छ।

जिल्लाको मध्यभागमा रहेको कास्कीडाँडा र कास्कीकोटबाट नै कास्कीको नाम रहन गएको कुरा नेपाल एकीकरणको सन्दर्भमा निकै भाषाविदहरूका आधारमा गुरुङ्ग तमु भाषामा "कास" भन्नाले कछाड र "शिव" भन्नाले लगाउने अर्थात "कास शिव" कछाड लगाउनेहरू वस्ने ठाउँ शव्दवाट खिइँदै कास्कीको नामाकरण हुन गएको कुरा गुरुङ्ग भाषाविदहरूको भनाई रहेको पाइन्छ। तर ठोस आधार र तर्कहरूको आधारमा प्रमाणिकरण भने हुन सकेको छैन।[१]

इतिहाससम्पादन

कास्की शाहवंशीय राजाको हात पर्नु भन्दा पहिले गुरुङहरूको शासनको सवाल छ गुरुङहरूको वाहुल्यता भएको यस क्षेत्रमा उनीहरूको आफ्नै किसिम र स्वभावको थपौली अर्थात मुख्यौली शासन रहेको हुनु पर्दछ । तर गुरुङ्गहरूको शाह वंशीय शासन जस्तो स्पष्ट रूपमा शासन ब्यवस्थाको रुपरेखा आउन सकेको छैन । प्राचीनकालमा कर्णाली नदी पूर्व त्रिशुली गण्डकी पश्चिमको क्षेत्र ६ गुरुङ र ८ मगर सामन्त प्रमुखहरूको अधिनमा रहेको अर्थात तिनीहरूको आफ्नो अधिनमा लिएको उल्लेख पाईन्छ ।

सोह्रौँ शताब्दिमा राजा कुलमण्डन शाहबाट शासित यो राज्य वि. सं. १८४२ जेष्ठमा राजा सिद्ध नारायण शाहको राज्यकालमा नेपाल एकीकरणमा गाभिएको पाइन्छ। प्रचलित शब्द "त्रिशक्ति" मध्येको एउटा राज्य कास्की भएबाट यो भाग ऐतिहासिक भएको पुष्ट्याईं मिल्दछ।

जङ्गबहादुर राणा वि. सं. १९१४ सम्ममा ज्यादै शक्तिशाली वने जसको फलस्वरुप राजाको लाल मोहर प्राप्त गरी कास्की तथा लमजुङको श्री ३ महाराज तथा मुलुकको प्रधानमन्त्री बन्न पुगे ।

आवादी : ८००० कुरिया , प्रत्येक कुरियाबाट एक सिपाही राज्यको निम्ति जानुपर्ने

  1. कास्की जिल्लाको संक्षिप्त परिचय"। http://ddckaski.gov.np/ne-brief-introduction/