तनहुँ प्राचिन नेपालको गण्डकी प्रदेशमा पर्ने एक राज्य थियो । यो राज्य चौबीसी राज्य समूहमा पर्ने एक राज्य हो । हाल यस राज्यको केही भूभागलाई तनहुँ जिल्ला बनाइएको छ । तनहुँ जिल्ला गण्डकी अञ्चलमा पर्ने एउटा पहाडी जिल्ला हो । यो राज्य गोरखा राज्य लगायत अन्य चौबिसी राज्य भन्दा निकै शक्तिशाली राज्यको रुपमा चिनिन्थ्यो. तर पनि यहाँको अव्यवस्थित शासन प्रणालीले गर्दा तनहूँको स्वतन्त्र अस्तित्व लोप हुन पुगेको थियो. सन् १५७५ मा मुकुन्द सेनाको साहिंला छोरा भृङ्गी सेनद्वारा स्थापित तनहुँमा सेनावंशीय राजाहरूले सन् १६८३ सम्म लगभग २०७ बर्ष राज्य संचालन गरेका थिए.[१]

तनहुँ राज्य
विसं १६१०–विसं १८४१
नेपालको नक्शामा तनहुँ जिल्ला (रातो)
नेपालको नक्शामा तनहुँ जिल्ला (रातो)
वस्तु-स्थितितनहुँ जिल्ला
सरकारराजतन्त्र
राजा 
ऐतिहासिक कालमध्यकाल
• स्थापना
विसं १६१०
• विलयकाल
विसं १८४१
पूर्ववर्ती
उत्तरवर्ती
पाल्पा राज्य
नेपाल
भारत
  1. ...

नामाकरण सम्पादन गर्नुहोस्

तनहुँको नाम रहनाको कारण विभिन्न विद्वानहरूले फरक-फरक पशे गरेका छन् यसको नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो ।

"वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ । यस भेगका प्रमखु स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग"मा "हुँ" थपिएर "तर्नहुङ्ग" हदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो दखिन्छ । प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रश भएर पछि तनहुँ रहनकुसाथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दनौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठूलो भएका (महाहनु) श्रृषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंकंबदन्ती छ ।[२]

इतिहास सम्पादन गर्नुहोस्

स्थापना सम्पादन गर्नुहोस्

पाल्पाली राजा मुकुन्द सेनको मृत्यु पछी उनले संगठित बनाएर राखेको पाल्पा राज्य टुक्रन गएको थियो। र तनहुँ भृङ्गी सेन नाम गरेका उनका छोराको भागमा परेको थियो।[३][४] मुकुन्द सेन एक धार्मिक प्रवृतिका राजा थिए र यिनले आफ्नो अन्तिम समयमा राजनीति बाट अलग भएर देवघाटामा धार्मिक जीएवन बिताएका थिए. आफू द्वारा विजित पाल्पा राज्य अन्तर्गतका क्षेत्रहरूमा उनले आफ्ना छोराहरूलाई प्रशासक बनाएर पठाएका थिए र उनको मृत्यु भएपछि उनका छोराहरूले नै आफू प्रशासक भएको क्षेत्रलाई छुट्टै राज्यको रुपमा स्थापना गरी आफूलाई राजा बनाए र विशाल पाल्पा राज्य टुक्रिन पुगेको थियो। यसरी पाल्पा राज्य टुक्रेर निर्माण भएको एक राज्य तनहुँ राज्य थियो र ई.सं १५७५ देखि भ्रिंगी सेनले शासन चलाउन सुरु गरे। यसरी बनेको तनहूँ राज्यको क्षेत्र बर्तमान तनहूँ, कास्की, स्याङ्जाचितवन जिल्लाका केही भागसम्म फैलिएको थियो. यसबाहेक भारतको विहार स्थित राम नगर राज्य पनि तनहूँ कै अधिनामा रहेको थियो।[५]

तनहँ राज्यको इतिहास हेर्दा यो राज्य केवल एउटा राज्यको नाम मात्र रहको पाइदैन। नेपाल एकीकरण हुनु पुर्व चौविसे राज्यहरु मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान तनहुँ र चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तर्गत रामनगर तथा वेतियाको भू-भागसम्म फैलिएको थियो।

बिलय सम्पादन गर्नुहोस्

वि.स १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म पृथक अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्दसेनका वंशज ९ जना सेनवंशी राजाहरु द्वारा शासित तनहुँ श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो।[६]

राजाहरूको वंशावली सम्पादन गर्नुहोस्

सि राजा जीवनकाल शासनकाल टिप्पणी
भृङ्गी सेन
हंवीर सेन
त्रिविक्रम सेन
दामोदर सेन बि.सं १७१०
दिग्विजय सेन
कामराज दत्त सेन
त्रिविक्रम सेन द्वितीय
कामारीदत्त सेन १८२५ आत्महत्या
हरकुमार दत्त सेन अन्तिम राजा

भृङ्गी सेन सम्पादन गर्नुहोस्

चौबीसे राज्य तनहूँको प्रथम राजाको रूपमा भृङ्गी सेन देखापर्दछन् । स्वतन्त्र राज्यको रूपमा तनहूँ-लाई स्थापित गरेर तनहँसूरलाई आफ्नो राजधानी बनाई यिनले राज्य सञ्चालन गरेका थिए । नयाँ स्थापित राज्य तनहूँको शासन सञ्चालन कुशलतापूर्वक गरी सङ्गठित बनाउने प्रयास पनि यिनले गरेका थिए । यिनको समयमा ढोर नामक सानो राज्यलाई तनहूँमा गाभ्ने काम भएको थियो भने मकवानपुर र तनहूँबीच सीमा विवाद उत्पन्न हुँदा नारायणी नदीको पूर्वी भाग लोहाङ्ग सेनको र पश्चिमी भाग भृङ्गी सेनको अधीनमा रहने गरी समस्या समाधान गरिएको थियो ।[७]

हंवीर सेन सम्पादन गर्नुहोस्

भृङ्गी सेनपछि तनहूँको राजगद्दीमा उनका छोरा हंबीर सेन बसे [८] यिनकै समयमा रिसिङलाई तनहूँमा गाभ्ने काम भएको थियो किनभने रिसिङ राजा राम सेन निःसन्तान परलोक भएका थिए ।[९] यसै गरी गोर्खासंग पनि वैवाहिक सम्बन्ध कायम हुन गएको थियो । गोर्खाका राजा राम शाहले तनहूँका राजा हंवीर सेनकी छोरीसंग विवाह गरेका थिए ।[७] यसले गर्दा गोर्खा र तनहुँको सम्बन्ध मजबूत बन्न गएको थियो भन्न सकिन्छ ।

त्रिविक्रम सेन प्रथम सम्पादन गर्नुहोस्

हंवीर सेनपछि त्रिविक्रम सेन राजा भएका थिए [९] यीनलाई तुला सेनको नामबाट पनि चिनिन्छ । यिनी पछि अर्का त्रिविक्रम सेन पनि राजा भएका हुनाले यिनलाई त्रिविक्रम सेन प्रथम र पछि राजा हुनेलाई त्रिविक्रम सेन द्वितीयको रूपमा मान्नुपर्ने देखिन्छ ।[१०] यी राजा वीर,शूरा एवं महत्त्वाकांक्षी थिए । राजा भएपछि आफ्नो राज्यविस्तार गर्ने क्रममा यिनले गोर्खामाथि आक्रमण गरेका थिए ।[११] यस समय गोर्खामा राम शाहले राज्य गरिरहेका थिए र तनहूँको आक्रमणलाई उनले असफल पारिदिएका थिए । यस प्रकार राज्य विस्तार गर्ने विविक्रम सेनको इच्छामा कुठाराघात पर्न गएको थियो ।

दामोदर सेन सम्पादन गर्नुहोस्

दामोदर सेन वि. सं. १७१० मा तनहूँको राजा भए [११] यिनकै समयमा राजपुरका राजा निःसन्तान भै मरेकाले उक्त राज्यलाई पनि तनहूँमा गाभ्ने काम भएको थियो जसले गर्दा तराईको समथर भूभाग पनि तनहुँको अधीनमा आएको थियो । यस प्रकार तराईको समथर भूभाग मिसाएर सम्पन्न बनाउने प्रयास गरिएको तापनि उनका भाइहरूबीच एकता कायम हुन नसकेकाले दामोदर सेनको समयमा तनहुँ राज्य टुक्रिने सम्भावना देखा परेको थियो ।[८] तर पछि दिग्विजय सेनले तनहूँलाई टुक्रिनबाट बचाएका थिए । दामोदर सेनको समयमा लेखिएको एक पत्रमा 'म श्राग्दी वेनी' को उल्लेख गरिएकोर वेनी तत्कालीन पर्वत राज्यको राजधानी भएकाले दामोदर सेन र पर्वतका तत्कालीन राजा मलेवमबीच राजनीतिक साँठगाँठ थियो भन्ने अनुमान गर्न सकिन्छ।[१२]

दिग्विजय सेन सम्पादन गर्नुहोस्

दामोदर सेनपछि राजा भएका दिग्विजय सेनले गृह कलहलाई साम्य पारी विभाजित हुनबाट रोकेका थिए ।[९] यी राजाको समयमा मुगल वादशाह औरगंजेबको ध्यान पहाडी भागतर्फ आकर्षित भएको थियो। यस प्रकारले मुगल वादशाहको आकर्षणबाट अन्य राज्यहरू सतर्क भएका थिए । तर पनि तनहूँलाई आफ्नो कूटनीतिक चालबाजीमा फँसाउन मुगल बादशाह सफल भए । तनहुँका दिग्विजय सेनलाई 'राजा' को उपाधि प्रदान गर्नुका साथै मुगलको जागिरदारकै रूपमा राख्न औरगंजेव सफल भएका थिए । यस प्रकार उपाधि दिनुका साथै तनहुँको दक्षिणी भूभागमाथि मुगलहरूले अधिकार जमाइसकेका थिए । तनहूँको मुगल बादशाहसंगको यस प्रकारको साँठगाँठले गर्दा अरू राज्यहरू डराएका थिए । किनभने मित्रता गाँस्ने निहूँमा मुगल बादशाहले सम्पूर्ण पहाडी क्षेत्रलाई लिन सक्दथे । यस्तो स्थितिमा तनहूँका अरु छिमेकी राज्यहरूसंग सम्बन्ध बिग्रने सम्भावना देखियो । यस समयमा गोर्खामा पृथ्वीपति शाह र लमजुङ्गमा केहरीनारायण शाहले राज्य गरिरहेका थिए ।अतः तनहुँका राजा दिग्विजय सेनले गोर्खा र लमजुङ्गसंग वैवाहिक सम्बन्ध कायम गरेर मित्रता दरिलो बनाउनेप्रयास गरेका थिए [९] जस अनुसार आफ्ना दुई बहिनीहरूको विवाह गोर्खाका राजकुमार वीरभद्र शाहसंग गरिदिएका थिए भने आफ्नो छोराको विवाह लमजुङ्गका राजाको छोरीसंग गरिदिएका थिए । यस प्रकार लमजुङ्ग र गोर्खाका अतिरिक्त वरपरका अन्य छिमेकी राज्यहरूसंग मैत्रीपूर्ण सम्बन्ध कायम राख्न पनि दिग्विजय सेन सफल भएका थिए ।

कामराज दत्त सेन सम्पादन गर्नुहोस्

दिग्विजय सेनपछि राजा भएका कामराज दत्तसेनको समयमा गोर्खा, लमजुङ्ग र कान्तिपुरसंग पनि तनहूँको सम्बन्ध स्थापित हुन पुगेको थियो । [९] वि. सं.१७८२-८३ तिर ललितपुरभक्तपुरबीच भएको झगडामा गोर्खाले झैं न तनहुँले पनि भादगाउँलाई नै सहयोग गरेको थियो र ललितपुरको लामीडाँडा नामक संयुक्त रूपबाट दुवैले प्राप्त गरेका थिए ।[७] तर तनहुँले पछि लामिडाँडामाथि एकाधिकार जमाएकाले तनहूँ र गोर्खाको सम्बन्धमा केही धमिलोपन देखिन पुगेको थियो । मल्लिका आफ्नो माइत तनहूँमा आएकै समयमा रानीवतीले गोर्खाली युवराज नरभूपाल शाहको जन्म दिएकीथिइन् र तनहुँले केही समय दुवै आमा छोरालाई गोर्खा पठाउन इन्कार गरेको थियो । यसले गर्दा पनि दुवै राज्यका बीच सम्बन्ध बिग्रन गएको थियो । तर पछि यो समस्याको समाधान गुरु गौरेश्वरको सहायताबाट गरिएको थियो र बिग्रने आँटेको सम्बन्धमा सुधार ल्याउने काम भएको थियो । यिनै राजाको समयमा रामनगर तल-हट्टीको जमिन्दारी तनहुँले प्राप्त गरेको थियो । यसरी तनहुँले आर्जन गरेको प्रतिष्ठाबाट प्रभावित भएर गोर्खा -गोर्खाले तनहूँसँग मित्रता बढाउन पुगेको थियो भनेआड पाएर तनहुँले ललितपुरसंग ललितपुरसंग जोगीमाराको माग गरेको थियो र नदिएमा बल प्रयोग गरेर लिने धम्की समेत दिएको थियो र तनहूँसँग शत्रुता बढाउनु उपयुक्त नदेखी ललितपुरका राजा विष्णु मल्लले उक्त ठाउँ तनहूँ-लाई दिएका थिए । [१३]

त्रिविक्रम सेन द्वितीय सम्पादन गर्नुहोस्

कामराज दत्त सेनपछि राजा हुन पुगेका त्रिविक्रमसेन द्वितीय [१०] को शासनकालमा अनेकौं घटनाहरूले भरि भराउ हुन पुगेको छ । गोर्खाका राजा पृथ्वीनारायण शाह समकालीन भएका त्रिविक्रम सेनले आफ्नो कालमा एउटा वंशावली पनि लेख्न लगाएका थिए । लामीडाँडा माथि तनहुँको एकाधिकारलाई स्वीकार्ने पक्षमा गोर्खा थिएन । अत: श्री ५ पृथ्वीनारायण शाहले उक्त क्षेत्रको माग गरे तर पनि तनहुँले लामीडाँडा गोर्खालाई दिन मञ्जुर गरेन । त्यसैले पृथ्वीनारायण शाहले कूटनीति प्रयोग गरेर तनहूँबाट लामीडाँडा लिने विचार गरे । नरभूपाल शाह र त्रिविक्रम सेनका गुरु एउटै व्यक्ति थिए । गौरेश्वर नाम गरेका यी राजगुरु काशीमा गएर बसेका थिए । श्री ५ पृथ्वीनारायण शाहले यिनै राज-गुरुको माध्यमबाट आफ्नो उद्देश्य पूरा गर्ने विचार गरी काशीबाट सरसामान झिकाएर तनहँसँग मित्रता कायम गराइदिन विनम्र अनुरोध गरे । [१४] गोर्खाको प्रस्ताव प्रति शङ्का लागे तापनि गुरुको विशेष आग्रहले गर्दा त्रिविक्रम सेन पनि मञ्जुर भए । यसै अनुरूप ज्यामिरघाटमा दुवै राजाहरूबीच विना हातहतियार भेटघाट हुने कार्यक्रम निश्चित गरियो । श्री ५ पृथ्वीनारायण शाहले निश्चितदिनभन्दा अगाडि नै भेटघाट गर्ने स्थानको नदी किनारको बालुवामा हातहतियार लुकाउन लगाएका थिए । तोकिएकोदिन दुवै राजाहरू उक्त स्थानमा गए र वार्ता शुरू गरे । यसै समयमा श्री ५ पृथ्वीनारायण शाहको इशारा पाउना साथ उनका अङ्गरक्षकहरूले बालुवा मुनि लुकाइ-राखेको हातहतियार झिकी एकाएक त्रिविक्रम सेन उपर जाइलागे र नुवाकोटमा बन्दी बनाए । साथै लामीडाँडा-माथि पनि अधिकार जमाए ।[९] केही समयपछि वन्धन मुक्त गरिएको भए तापनि तनहुँका राजा त्रिविक्रम सेनको गोर्खाप्रति सधैं नराम्रो धारणा मात्रै रहन गयो ।

यस प्रकार तनहूँका राजालाई सजायँ दिनु पर्ने के कारण थियो ? भन्ने बारेमा इतिहासकार सूर्यविक्रम ज्ञवालीले उल्लेख गरेका विभिन्न मतहरूको उल्लेख गरेका छन् [१५] यीनै धारणा मध्ये श्री ५ पृथ्वीनारायण शाहकी भितीनी रानी काशीबासकोनिमित्त जान लाग्दा बाटोमा पर्ने देवघाट नेर डोलीको झंगात उघारी त्रिविक्रम सेनले हेरेका थिए । यस घटनाले आफ्नो अपमान भएको ठानी तनहूँका राजासंग बदला लिन उसलाई यस्तो सजायँ दिइएको थियो ।

यसै गरी अर्को तर्क अनुसार विदेशी केपुचीन पादरीहरूसंग त्रिविक्रम सेनको सम्पर्क थियो र ट्रनकीलो नामक पादरीले १७५६ ई. मा तनहूँ गँ धर्मसम्बन्धी पुस्तकहरू दिएका थिए । यस प्रकार धर्म प्रचार गर्ने छूट दिएपछि त्यसको प्रभाव गोर्खामा पनि पर्न सक्थ्यो र राजनीतिक अस्तित्वलाई नै खत्तम गरिदिन सक्थे । त्यसैले श्री ५ पृथ्वीनारायण शाहले धारणा अनुसार सजायँ दिएका थिए । यसै गरी अर्को आफू विजय अभियानको सिलसिलामा चौबीसे राज्यहरूबाट कुनै आक्रमण नहोस् भन्ने श्री ५ पृथ्वीनारायण शाह चाहन्थे । अतः तनहुँलाई सजायँ दिएर अन्य चौबीसे शक्तिलाई पनि पाठ पढाउन यस प्रकारको सजायँ दिएका थिए । सिन्हान चोकको युद्धमा चौबीसे राज्यहरू संयुक्त भै ई. १७५५ मा गोर्खाली विरुद्ध लडेका थिए । त्यसैले चौबीसेहरूलाई सङ्गठित हुन नदिन -श्री ५ पृथ्वीनारायण शाहले यस प्रकारको कूटनीति खेलेका थिए । लामीडाँडामाथि पनि गोर्खाली अधिकार राख्न चाहने श्री ५ पृथ्वीनारायण शाहले तनहूँको गोर्खा विरोधी प्रवृत्तिलाई रोक्न नै यस प्रकारको पाठ पढाएका थिए जसले गर्दा सम्पूर्ण चौबीसेहरूलाई पनि गोर्खादेखि सतर्क रहने चेतावनी मिलेको थियो । श्री ५ पृथ्वीनारायण शाहले अपनाएको नीतिको शिकार बनेका त्रिविक्रम सेनले गोर्खासंग बदला लिने कार्यमा सधैं आफू-लाई सक्रिय बनाइराखे तापनि उनको प्रयास सफल हुन सकेन । यीनै राजाको समयमा नारायण पण्डित नामक ब्राह्मणलाई चुदी खोलाको वाङ्गीरह वरिपरिको जग्गा विर्ता दिइएको वि. सं. १८०९ को स्याहामोहर पनि पुगेका थिए र पछि पाल्पा र पर्वतको सहायताबाट आफ्नोप्राप्त भएको छ । 40 यो अभिलेख हाल धरमपानीका कृष्ण गुमेको राज्य फिर्ता ल्याएका थिए । गोर्खामा।भएकोराज पाण्डेसंग सुरक्षित रहेको छ ।

कामारीदत्त सेन सम्पादन गर्नुहोस्

वि. सं. १८२५ मा बाबुको मृत्युपछि यिनी राजा भएका थिए । [१६] यस समयमा गोर्खाका राजा पृथ्वीनारायण शाहको नेतृत्वमा जोडतोडका साथ एकीकरण अभियान सञ्चालित थियो र उपत्यकामाथि विजय गर्दै थिए । श्री ५ पृथ्वीनारायण शाहका भाइ शुरप्रताप शाह भादगाउँ विजयपछि दाजुसंग खटपट गरीतनहूँमा गएर बसेका थिए । यस प्रकार आफ्नो भाइ शत्रु राज्यमा शरणार्थी भएर बसेको कुरा श्री ५ पृथ्वीनारायण शाहलाई मन नपर्नु स्वाभाविकै थियो । अतः सन् १७७१ मा तनहूँमाथि आक्रमण गरी छाङ्ग, मनपाङ्ग, दुरुङचुङ आदि ठाउँहरूमाथि विजय प्राप्त गरेर राजधानी सुरलाई पनि घेरा दिएका थिए ।[८] यस प्रकार गोर्खाली प्राक्रमण भएकाले तनहुँका राजा डराएर ग्रात्महत्या गर्न पुगेका थिए। यसपछि तनहूँका राजाका भाइ हरकुमार दत्त सेनले गोर्खासंग मित्रता गाँसेर आफैँले शासन सञ्चालन गर्न थालेका थिए ।

हरकुमार दत्त सेन सम्पादन गर्नुहोस्

चौबीसे राज्य तनहूँका अन्तिम राजाको रूपमा हरकुमार दत्त सेन देखिन्छन् । 14 वि. सं. १८३५ मा यिन राजाको पालामा तनहूँमाथि गोर्खाली प्राक्रमण यस आक्रमणबाट हार खाई उनी पाल्पामा शरण लिन पुगेका थिए र पछि पाल्पा र पर्वतको सहायताबाट आफ्नो गुमेको राज्य फिर्ता ल्याएका थिए. गोरखामा भएको गृह कलहबाट फाइदा उठाएर चौबीसे राज्यहरू सङ्गठित भै गोर्खालाई कमजोर बनाउने प्रयासमा लागेका थिए । तर पनि राजेन्द्रलक्ष्मीले धैर्यतापूर्वक चौबीसे राज्यहरू-को शक्तिलाई असफल पारिदिएकी थिइन् । तनहूँबाट बढी खतरा हुने देखी सबैभन्दा पहिले तनहुँलाई कमजोर बनाउने विचार गरिन् र फौज पठाएर श्राक्रमण गर्ने आदेश दिइन्। यसरी गोर्खाली आक्रमण भएपछि तनहूँका राजा हरकुमार दत्त सेन डराएर भागी लमजुङ्ग पुगे र तनहुँलाई सदाको लागि नेपालमा गाभियो । केही समयपछि लमजुङ्गमा पनि गोर्खाली प्राक्रमण भएकाले लमजुङ्ग तनहुँका दुवै राजाहरू भागेर रामनगर पुगेका थिए । यसरी तनहुँ वि. सं. १८४० मा आफ्नो स्वतन्त्र अस्तित्व-लाई गुमाउन बाध्य भएको थियो ।राजासंगरामनगरको राजपरिवार र नेपालको राजपरिवार-बीच पछि गएर वैवाहिक सम्बन्ध कायम भएको पाइन्छ । 48नेपालका राजा रणबहादुर शाहकी छोरी लक्ष्मी देवीको विवाह तेज प्रताप सेन नामक रामनगरका भएको थियो र दाइजो स्वरूप प्रशस्त जमीन पनि दिइ-एको थियो । तनहुँको निष्कासित राजपरिवारकी रानीलक्ष्मीकुमारी देवीको एउटा आज्ञापत्र प्राप्त भएकी हुनाले ०० लक्ष्मीदेवी र लक्ष्मीकुमारी देवी एउटै व्यक्ति तनहुँका दुवै राजाहरू भागेर रामनगर पुगेका थिए । 17यसरी तनहुँ वि. सं. १८४० मा आफ्नो स्वतन्त्र अस्तित्व-लाई गुमाउन बाध्य भएको थियो । राजासंग रामनगरको राजपरिवार र नेपालको राजपरिवार-बीच पछि गएर वैवाहिक सम्बन्ध कायम भएको पाइन्छ । 48नेपालका राजा रणबहादुर शाहकी छोरी लक्ष्मी देवीको विवाह तेज प्रताप सेन नामक रामनगरका भएको थियो र दाइजो स्वरूप प्रशस्त जमीन पनि दिइएको थियो । 49 तनहुँको निष्कासित राजपरिवारकी रानीलक्ष्मीकुमारी देवीको एउटा आज्ञापत्र प्राप्त भएकी हुनाले ०० लक्ष्मीदेवी र लक्ष्मीकुमारी देवी एउटै व्यक्ति नै थिइन् भन्ने अनुमान गरिन्छ.

बाह्य सम्बन्ध सम्पादन गर्नुहोस्

चौबिसी राज्य तनहूँ नेपालमा विलय हुनु अगाडी सम्म एक शक्तिशाली राज्यको रुपमा रहेको थियो। उपत्यकाका मल्ल राजा हरू देखि लिएर भारतका मुगल बादशाह हरू र केपुचीं पादरी संग समेत सम्बन्ध कायम गरेको थियो।[१]

कला/ संस्कृति सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ घिमिरे, श्रीराम (२०४६), "तनहूँको राजनीतिक इतिहास", प्राचीन नेपाल (१११): २२–२८। 
  2. "जिल्ला विकास समिति, तनहुँ"
  3. रेग्मी, डिल्लीरमण (सन् १९७५), Modern Nepal, volume 1, फर्मा के. एल. मुखोपाध्याय, पृ: ६२। 
  4. घिमिरे, श्रीराम (बि.सं २०४६ भदौ-असोज), प्राचिन नेपाल:तनहूँको राजनीतिक इतिहास, पुरातत्व बिभाग, पृ: २२। 
  5. अधिकारी, सुर्यमणि (बि.सं २०४३), पश्चिम नेपालको ऐतिहासिक अन्वेषण, नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) त्रिभुवन विश्वविद्यालय, पृ: १५९। 
  6. जिल्ला विकास समितिको कार्यालय, तनहुँ आ.व २०७३/०७४ प्रकाशन
  7. ७.० ७.१ ७.२ डिल्लीराम मिश्र (बि.सं २०४५), नेपाल अधिराज्यमा तनहूँ, पृ: ८। 
  8. ८.० ८.१ ८.२ बालचन्द्र शर्मा (बि.सं २००८), नेपालको ऐतिहासिक रूपरेखा, कृष्णकुमारी वाराणसी, पृ: २०४। 
  9. ९.० ९.१ ९.२ ९.३ ९.४ ९.५ मेचीदेखि महाकाली, भाग ३, श्री ५ को सरकार, पृ: २४३। 
  10. १०.० १०.१ शंकरमान राजवंशी, सेन वंशावली, पृ: १५। 
  11. ११.० ११.१ मेचीदेखि महाकाली, भाग ३, श्री ५ को सरकार, पृ: २४२। 
  12. टेकबहादुर श्रेष्ठ (२०४२), पर्वतको ऐतिहासिक रुपरेखा, ने. तथा ए.ऋ.के., पृ: ७। 
  13. बाबुराम आचार्य (बि.सं २०४०), श्री ५ पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी भाग १, श्री ५ को सरकार, पृ: ९९। 
  14. ढुण्डीराज भण्डारी (बि.सं २००८), नेपालको ऐतिहासिक विवेचना, कृष्णकुमारी वाराणसी, पृ: १७८-१७९। 
  15. सूर्यविक्रम ज्ञवाली (बि.सं २०३३), पृथ्वीनारायण शाह, नेपाली साहित्य सम्मेलन, दार्जिलिङ, पृ: १८। 
  16. मेचीदेखि महाकाली, भाग ३, श्री ५ को सरकार, पृ: २४६।