दलमर्दन शाह
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
दलमर्दन शाह पाटनका राजा हुन् । उनी पृथ्वीनारायण शाहका भाइ हुन् । उनी नरभूपाल शाहका तेस्रा छोरा हुन् । नेपालको एकिकरणकालमा दाजुलाई निकै सहयोग पुर्याएका थिए । नुवाकोटको युद्धमा १३ वर्षीय दलमर्दनले नुवाकोटको हाकिम जयन्त रानाका छोरा शंखमणि रानाको टाउको छिनालेका थिए ।[२] सन् १७६१ मा पाटनका ६ प्रधानले यिनलाई राजा पनि घोषित गरेका थिए । [१]
श्री श्री श्री राजा दलमर्दन शाह[१] | |
---|---|
पाटनका राजा | |
पूर्वाधिकारी | विश्वजित मल्ल |
उत्तराधिकारी | तेज नरसिंह मल्ल |
जन्म | गोरखा दरबार |
सन्तान | कुलदीप चन्द्र शाह |
दरबार | गोरखा दरबार |
बाबु | नरभूपाल शाह |
आमा | कौसल्यावती शाह |
धर्म | हिन्दू |
पाटनका प्रधानाहरू नुवाकोट गएर दलमर्दन शाह मागी ल्याई राजा तुल्याए। दलमर्दन शाहले ४ वर्ष राज्य चलाएपछि यी राजा गोर्खाका हुनाले प्रधानहरूको नगनी चलन गर्या र दलमर्दन शाह सिट झगडा भै यी प्रधानहरूले गोर्खाका राजाले हामीलाई भलो गर्न्या छैन भन्ने विचार गरी दलमर्दन शाहलाई धपाए।[३] उनी कैदमा परे। कैदबाट दलमर्दन शाह भागेर बचे। उनी पछि पाटनमा तेजनरसिंहलाई मल्ल थर दिई राजा बनाइयो
राजा प्रतापसिंह शाहको मृत्यु पछि रानी राजेन्द्रलक्ष्मीले उनलाई र महोद्दामकीर्ति शाहलाई काशीबास तोकीदिइन्।[४]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ http://www.royalark.net/Nepal/nepal4.htm
- ↑ http://nepalarmy.mil.np/history.php
- ↑ काठमाण्डू-उपत्यकाको एक राजवंशावली
- ↑ नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १९१