लुम्बिनी

गौतम बुद्धको जन्मस्थल


लुम्बिनी गौतम बुद्धको जन्मस्थल हो। हाल याे ठाउँ नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्छ। विभिन्न बाैद्ध वाङ्मयहरूमा बुद्धकाे जन्मस्थल भनेर लुम्बिनी नाउँकाे एउटा उपवनलाई चिनाइएकाे छ भने साे उपवनमा कालान्तरमा विभिन्न मानवीय गतिविधिहरू हुन थालेकाे पाइन्छ । इ.पू. २४९ मा माैर्य सम्राट अशाेकले यस स्थलकाे तीर्थाटन गरेका थिए र यस तीर्थाटनकाे संस्मरणमा अभिलेख पनि कुँदाएका थिए । याे कुराकाे जानकारी इसाकाे पाँचाैं शताब्दीमा आएका चिनियाँयात्री फाहियान र साताै शताब्दीमा आएका अर्का चिनियाँ यात्री, ह्वेनसाङले विस्तृत बयान आफ्ना यात्रा विवरणहरूमा दिएका थिए । सन् १८९६ मा पुरातात्विक अन्वेषणका क्रममा माैर्य सम्राट अशाेकद्वारा राखिएकाे अशाेक स्तम्भ र त्यसमा रहेकाे अभिलेख भेटियाे । उक्त अभिलेखमा याे ठाउँकाे नाम लुंमिनि भनेर उल्लेख गरिएकाे पाइन्छ । यस अभिलेखकाे प्राप्तीले गाैतम बुद्धकाे जन्मस्थल लुम्बिनीकाे पहिचान भएकाे हाे भने त्यसैबेलादेखि विश्वभर गाैतम बुद्धकाे जन्मस्थल नेपालकाे पश्चिमाञ्चल विकास क्षेत्रकाे लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा पर्ने कुरा स्थापना भयाे ।

लुम्बिनी (गौतम बुद्धको जन्मस्थल)
युनेस्को विश्व सम्पदा क्षेत्र
लुम्बिनीमा सम्राट अशोकले निर्माण गरेको स्तम्भ
मापदण्डसंस्कृति: iii, vi
सन्दर्भ666
सूचीकृत1988 (21st सत्र)
शान्तिदीप

लुम्बिनी :एक परिचयसम्पादन

कपिलबस्तु जिल्लाको तिलौराकोट भन्ने ठाउँमा लिम्बिनी पर्दछ । यो एक ऐतिहासिक धार्मिक पर्यटकिय स्थल हो । फराकिलो भुभागमा फैलिएको लुम्बिनी अवलोकन गर्न हरेक वर्ष लाखौं मानिसकू आउँछन् । नारायणगढ बजारबाट करिब २५ किलिमिटरको दुरिमा प्रगतिनगर भन्ने ठाउँ छ । कावसोतिबाट सरिब ८२-८३ किलोमिटरको दुरिमा लुम्बिनी पर्दछ । लुम्बिनी जाने बाटोमा अलिकति कच्ची घरहरू पनि देखिन्छन् । घर बनाएको तर झ्याल ढोका नराखेको अती नै अनौठो पनि देखिन्छ । बाटो अलि अलि सांघुरो नै छ । फराकिलो भुभागमा विभिन्न मन्दिरहरु छन् । विभिन्न डिजाइन अनि फरक शैलीमा निर्माण गरेका ती गुम्बा, मन्दिरहरू राम्रा छन् । सबैभन्दा राम्रो अनि मुख्य आकर्शणको बिन्दु भनेको मायादेवी मन्दिर हो । त्यहाँ उत्खनन गरेर राखेका बस्तुहरू पनि छन् । मन्दिर वरपर घांसहरू पनि उम्रिएका छन् । त्यो वरपरको वातावरण आनन्दित छ । नेपाल र भारतबाट धेरै मान्छे आउँछन् । अरू विदेशीहरू पनि आउँछन् । नेपालीहरूको लागी टिकट लाग्दैन ।मन्दिर भित्र फोटो खिच्न मनाही छ । मन्दिर बाहिर भने फोटो खिच्न पाइन्छ । गुम्बाहरू, मन्दिरहरु चारैतिर बुद्दका मन्दिरहरु छन् । विभिन्न घटनाक्रम सम्झाउने बुद्दको जीवनीसँग सम्बन्धित तस्बिर र मुर्तिहरू पनि छन् । फुलहरू रोपेको, हरियो दुबोहरू राम्रो छ । कुनै कुनै ठाउँको पोखरी भने अलि फोहोर थियो जहाँ प्लास्टिकका बोटलहरू फालिएका थियो । लुम्बिनी सम्भावना बोकेको ठाउँ हो । पर्यटकिय र धार्मिक दुबै हिसाबमा लुम्बिनी राम्रो छ । यसको बिकास र प्रबर्धन अति आवश्यक छ । यो एकपटक घुम्न जानुपर्ने ठाउँ हो ।

[१]

लुम्बिनीको विस्तृत परिचय तथा जानकारीसम्पादन

लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नाम बाट नामाकरण गरिएको हो। लुम्बिनी बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै चर्चित भएको कारण युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरिएको छ।

[२] <t-size:20px">धार्मिक महत्व तथा एतिहासिक पृष्ठभुमि विश्वभरका बौद्द धर्मावलम्बीका लागि लुम्बिनी अत्यन्त महत्वपूर्ण तिर्थस्थल हो । मायादेवी र भगवान बुद्द प्रति अघाध आस्था राख्ने भएकोले हिन्दु धर्मावलम्बीका लागि समेत लुम्बीनी महत्वपूर्ण धार्मिक गन्तव्य बनेको छ । लुम्बिनीमा रहेका पुरातात्विक तथा ऐतिहासिक अवशेषहरुले शताब्धि औ देखि विभिन्न व्यक्तित्वहरुले लुम्बिनीको तिर्थाटन गरेको तथ्यहरू खुल्छन् । प्रसिद्द मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरू उपगुप्तको मार्ग दर्शनमा इ.पु।२४९ मा लुम्बिनीको तीर्थ यात्रा गरेका थिए । उनले हिंद बुधे जाते शाक्यमुनीति अर्थात यहां शाक्यमुनि बुद्द जन्मनु भएको थियो भन्ने शिलालेख समेतको ढुङाको स्तम्भ खडा गरे जसलाई हाल प्रसिद्द अशोक पिमहरका रुपमा लुम्बिनीमा देख्न सकिन्छ ।

धार्मिक महत्वसम्पादन

त्यस समय कपििलवस्तु गणराज्यमा महाराज शुुुदोदनले राज्य गरिरहेेेको थियो । महारानी महामायादेेवी कपिलवस्तुबाट आफ्नो माइतीघर देेवदहतिर गइरहँदा बाटोमा पर्ने लुुुुम्बिनीको प्राकृृृतिक सौन्दर्यले रमय उधानमा एकछिन आराम लिनुुभएकै बेेला उहाँलाई प्रशवव््यथा भयो । त्यहीको एउटा सालवृृक्षमुुुनि वैैशाखपूूूणिमाका दिन बोधिसत््व सिदाथको जन्म भयो । यो करिब २६०० वर्ष अगाडिको कुुरा हो । यो हामी नेेपालीहरुको लागि गौरवको विषय हो ।

चित्र ग्यालरीसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1.   লেখা "url" উপেক্ষা করা হয়েছে (सहायता); |http://whc.unesco.org/access-date= प्यारामिटर ग्रहण गरेन (सहायता); |title= रितो (सहायता)
  2. name=unesco

यो पनि हेर्नुहोस्सम्पादन

  1. विश्व_सम्पदा_क्षेत्र
  2. विश्व_सम्पदा_क्षेत्रहरूको_सूची

बाह्य लिङ्कहरूसम्पादन

निर्देशाङ्कहरू: २७°२८′०२″N ८३°१६′३०″E / २७.४६७१६°N ८३.२७४९१°E / 27.46716; 83.27491