नाम
नाम भनेको कुनै वस्तु, पदार्थ तथा यिनीहरूमा हुने गुण वा भाव बुझाउने शब्द हो । नाम शब्द 'को, के' भन्ने प्रश्नको उत्तरका रूपमा आउँछ, जस्तै :
को ? | रबिना, भाउजू, मामा आदि |
के ? | घर, बथान, माया, सुख, गाई, हिरा आदि |
नामलाई संज्ञा पनि भनिन्छ ।
नामको वर्गीकरण
सम्पादन गर्नुहोस्परम्परागत आधारमा नाम व्यक्तिवाचक, जातिवाचक, समूहवाचक, द्रव्यवाचक र भाववाचक गरी पाँच प्रकारका छन् :
व्यक्तिवाचक नाम
सम्पादन गर्नुहोस्एउटै वस्तु वा पदार्थलाई किटेर अर्थात तोकेर बुझाउन नामलाई व्यक्तिवाचक नाम भनिन्छ, जस्तै :
व्यक्ति बुझाउने | डोल्मा, स्वप्निल, प्रमिला, मनोहर |
स्थान बुझाउने | नेपाल, एसिया, जनकपुर, पृथ्वी |
वस्तु बुझाउने | कलम, रामायण, सिंहदरबार |
चाडपर्व बुझाउने | दशैँ, तिहार, क्रिसमस, लोसार, छठ |
नदी बुझाउने | मेची, गण्डकी, राप्ती, महाकाली |
हिमाल तथा पहाड बुझाउने | सगरमाथा, माछापुच्छ्रे, चुरे, कञ्चनजङ्घा |
व्यक्तिवाचक नामलाई विशेष नाम पनि भनिन्छ ।
जातिवाचक नाम
सम्पादन गर्नुहोस्एउटा मात्र वस्तु वा पदार्थलाई मात्र किटेर नबुझाई एउटा सिङ्गै जातिलाई बुझाउने नामलाई जातिवाचक नाम भनिन्छ, जस्तै:
मानिस, महादेश, देश, सहर, गाउँ, किताब, घर, दरबार, चाड, नदी, पहाड ।
जातिवाचक नामलाई सामान्य नाम पनि भनिन्छ ।
एउटै जातिवाचक नाम भित्र पनि थुप्रै व्यक्तिवाचक नामहरू पर्दछन्, जस्तै :
जातिवाचक नाम | व्यक्तिवाचक नाम |
---|---|
मानिस | राम, पाल्देन, सेमिका, गीता |
महादेश | एसिया, अफ्रिका, युरोप, अन्टार्कटिका |
महासागर | प्रशान्त, हिन्द, उत्तरध्रुवीय, आन्ध्र |
देश | नेपाल, चिली, क्यानडा, इथियोपिया, बेलायत |
नदी | मेची, गण्डकी, सिन्धु, गङ्गा, नाइल |
चाड | दशैँ, छठ, शिवरात्रि, क्रिसमस, लोसार |
हिमाल | सगरमाथा, ल्होत्से, माछापुच्छ्रे, सैपाल |
समूहवाचक नाम
सम्पादन गर्नुहोस्दुईभन्दा बढी वस्तुको समूह बुझाउने नामलाई समूहवाचक नाम भनिन्छ, जस्तै :
दुई ओटाको समूह बुझाउने | जोडा, जोर, युगल, द्वय |
मानिस वा प्राणीको समूह बुझाउने | गण, वृन्द सङ्घ, हुल, जमात, फौज, वर्ग, मेला |
वस्तु, चार तथा किरा आदिको समूह बुझाउने | बथान, गोलो, पोलो, बागल, झुन्ड |
निर्जीव वस्तुको समूह बुझाउने | पुञ्ज, रास, थुप्रो, डङ्गुर, झुप्पो |
द्रव्यवाचक नाम
सम्पादन गर्नुहोस्गनेर अर्थात् यति ओटा भनेर नछुट्टयाई नापतौलद्वारा परिणाम छुट्टयाइने नामलाई द्रव्यवाचक नाम भनिन्छ, जस्तै :
ठोस पदार्थ बुझाउने | सुन, चाँदी, फलाम, हिरा, माटो, ढुङ्गा | ||
मानिस वा प्राणीको समूह बुझाउने | गोलो, ताँत, हुइँचो, झुन्ड | वस्तु बुझाउने | धान, चामल, पिठो, मासु, नुन |
निर्जीव वस्तुको समूह बुझाउने | हावा, नाइट्रोजन, हाइड्रोजन, धुवाँ, अक्सिजन दाउरा गाडी |
भाववाचक नाम
सम्पादन गर्नुहोस्पदार्थमा रहने भाव, गुण, अवस्था, कार्य आदि बुझाउने नामलाई भाववाचक नाम भनिन्छ, जस्तै :
माया, दया, प्रेम, घृणा, रिस, सुख, दुःख, बुद्धि, शिक्षा, शान्ति, सुन्दरता, धैर्य, कामना, कातरपन आदि ।
जातिवाचक नाम, गुणबोधक विशेषण तथा धातुबाट पनि भाववाचक नाम बन्दछन्, जस्तै :
जातिवाचक नामबाट | मानवता, बाँदरपन, राष्ट्रियता |
गुणबोधक विशेषणबाट | वीरता, सौन्दर्य, धैर्य, गरिबी, विद्वत्ता, गहिराइ |
धातुबाट | पढाइ, लेखाइ, हिँड्नु, हिँडाइ, रुवाइ, लेखोट |
नामलाई वर्गीकरण गर्ने अन्य आधार
सम्पादन गर्नुहोस्मूर्त र अमूर्त नाम
सम्पादन गर्नुहोस्बाह्य जगतमा भौतिक अस्तित्व हुने र नहुने आधारमा नामलाई दुई भागमा बाँडिएको पाइन्छ : मूर्त नाम र अमूर्त नाम ।
मूर्त नाम
सम्पादन गर्नुहोस्जुन नामलाई देख्न वा छाम्न सकिन्छ, त्यसलाई मूर्त नाम भनिन्छ, जस्तै : मान्छे, घर, चन्द्रमा, आगो, हिमाल, गाई, हावा आदि ।
अमूर्त नाम
सम्पादन गर्नुहोस्जुन नामलाई देख्न वा छाम्न सकिन्न, त्यसलाई अमूर्त नाम' भनिन्छ, जस्तै : माया, दया, घृणा, मानवता, प्रेम आदि ।
गणनीय र अगणनीय नाम
सम्पादन गर्नुहोस्गन्न सकिने र नसकिने आधारमा नामलाई दुई भागमा बाँडिन्छ : गणनीय (सङ्ख्यात्मक) नाम र अगणनीय (असङ्ख्यात्मक) नाम ।
गणनीय नाम
सम्पादन गर्नुहोस्जुन नामलाई सङ्ख्यामा गनेर परिमाण बताइन्छ, त्यसलाई गणनीय नाम भनिन्छ, जस्तै : मान्छे, कलम, कापी, घर, गाउँ, शहर, ढोका, झ्याल आदि ।
अगणनीय नाम
सम्पादन गर्नुहोस्जुन नामलाई गन्न सकिँदैन वा गनेर परिमाण नबताएर नापतौलद्वारा बताइन्छ, त्यसलाई अगणनीय नाम भनिन्छ, जस्तै : चामल, काठ, पानि, मट्टीतेल आदि ।
सजीव र निर्जीव नाम
सम्पादन गर्नुहोस्प्राण वा जीवन भएका र नभएका आधारमा नामलाई दुई भागमा छुट्टयाइन्छ : सजीव र निर्जीव ।
सजीव नाम
सम्पादन गर्नुहोस्जीवन भएको नामलाई सजीव नाम भनिन्छ, जस्तै : श्याम, मानिस, दाजु, पशु, मृग, चारो, ढुकुर, मौरी, साङ्लो आदि ।
निर्जीव नाम
सम्पादन गर्नुहोस्जीवन नभएको नामलाई निर्जीव नाम भनिन्छ, जस्तै : गाउँ, झ्याल, ढोका, घर, कथा, हिमाल, किताब, तारा, पृथ्वी आदि ।
मानवीय र अमानवीय नाम
सम्पादन गर्नुहोस्मानिस र मानिसबाहेकका प्राणी बुझाउने आधारमा नामलाई दुई भागमा बाँडिएको पाइन्छ : मानवीय नाम र अमानवीय वा मानवेतर नाम ।
मानवीय नाम
सम्पादन गर्नुहोस्मानिस बुझाउने नामलाई मानवीय नाम भनिन्छ, जस्तै : रमेश, गीता, बुबा, दाजु, आमा, दिदी, सम्धी, ज्वाइँ, विद्यार्थी आदि ।
अमानवीय नाम
सम्पादन गर्नुहोस्मानिसदेखि बाहेकका अन्य प्राणी बुझाउने नामलाई अमानवीय नाम वा मानवेतर नाम भनिन्छ, जस्तै : गोरु, गाई, भैँसी, पाडो, परेवा, कुखुरा, सिंह, छावा, ढोई, पाठो, बाख्रो आदि ।
माथिका आधारमा नाम छुट्टयाउने तरिका यस प्रकारको हुन्छ :
केटो | कुकुर्नी |
मूर्त | मूर्त |
गणनीय | गणनीय |
सजीव | सजीव |
मानवीय | अमानवीय |
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, सरल माध्यमिक व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-9937-535-46-5।
- बराल, प्रा. डा. कृष्णहरि; एटम, प्रा. डा. नेत्र, तलेजु नेपाली व्याकरण (अभिव्यक्ति र अभ्यास) (नेपालीमा), स्वयम्भू, काठमाडौँ: तलेजु प्रकाशन, आइएसबिएन 978-99933-45-46-6।