कालिज अथवा कालिच (वैज्ञानिक नाम: Lophura leucomelanos)[२][३][४][५] नेपालमा पाइने एक जंगली चरा हो। यो चरा कुखुरा जस्तै हुने भएकाले कतै कतै यसलाई "वन कुखुरा" अथवा "वन मुर्गी" पनि भनेको सुनिन्छ । कालिजहरू प्राय: पहाडी क्षेत्रको जंगलमा पाइन्छन् । सिकारीहरूले कालिजको सिकार धेरै गर्ने भएकाले अब यसको लोपहुने सम्भावना बढेको छ। कालिजहरूका पनि कुखुरा जस्तै ठूलो समुहमा चल्लाहरू हुन्छन्। बैसाख र जेठमा बढी जसो कालिजहरूले चल्ला निकाल्छन्। मंसिर, पुससम्म चल्लाहरू एक समुहमा बस्ने गर्छन् भने फागुन लागे पछि कालिजहरू भाले पोथिको अलग अलग जोडी बनाएर छुट्टीन्छन्।

कालिज
Lophura leucomelanos
हवाइमा रहेको एक निकुञ्जमा पाइएका कालिज
भालेहरू (अगाडि) पोथी (पछाडि)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
हाड भएका
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
प्रजाति:
L. leucomelanos
वैज्ञानिक नाम
Lophura leucomelanos
(Latham, 1790)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. BirdLife International (2009). Lophura leucomelanos. In: IUCN 2009. IUCN Red List of Threatened Species. Downloaded on 22 March 2009.
  2. Gill, Frank, and Minturn Wright (2006) , Birds of the World: Recommended English Names
  3. Dickinson, Edward C., ed. (2003) , The Howard and Moore Complete Checklist of the Birds of the World, 3rd edition
  4. Banks, R. C., R. W. McDiarmid, A. L. Gardner, and W. C. Starnes (2003) , Checklist of Vertebrates of the United States, the U.S. Territories, and Canada
  5. (2005) , website, Zoonomen - Zoological Nomenclature Resource, 2005.05.23

बाहिरी लिङ्कहरू सम्पादन गर्नुहोस्

यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्