चैते दसैँ
चैत महिनामा पर्ने दसैँ तथा नवरात्रीलाई चैते दसैँ भनिन्छ। यसमा पनि दसैँको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन्। नेपाली चाडपर्वमा चैते दसैँको पनि महत्त्वपूर्ण स्थान रहेको छ। नेपाल भरिमा चैते दसैँ विभिन्न ठाउँमा मनाइने गरिन्छ। तीमध्ये बागलुङ जिल्लाको देवीस्थानमा मनाइने चैते दसैँको आफ्नै विशेष स्थान रहेको छ। असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दसैँ हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्दछन्। असोजमा मनाईंने दसैँलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दसैँलाई चैते दसैँ।चैते दशै पर्वको अवसरमा देवीमन्दिर तथा घरघरमा दुर्गा सप्तशती, देवी भागवत कालिकापुराण लगायत देवी महिमायुक्त ग्रन्थको वाचन गर्ने गरिन्छ। एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ।हिन्दु धर्मालम्वीहरूले आज चैते दशै मनाएर भोलि विशेष उत्सवको साथ राम नवमी पर्व मनाउने गरेका छन्।
चैते दसैँ | |
---|---|
मिति | चैत शुक्ल अष्टमी |
दसैँ अर्थात् नेपालीहरूको महान चाड अनि नवरात्रिका रूपमा प्रसिद्ध सांस्कृतिक महत्त्व बोकेको पर्व। यो चैते दसैँ पनि असोज कात्तिकमा आउने मुख्य दसैँको एउटा प्रतिबिम्ब चाड हो। पुराना कथनहरूका अनुसार पहिले पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दसैँको गरिष्ठ भोजन अनि हिँडडूलले धेरैजना बिरामी परेपछी दसैँलाई वर्षको मध्यमा सारीएको मान्यता छ। जे होस् जसो होस्, चैते दसैँको रौनक पनि कम छैन्। चैते दसैँलाई कतिपय ठाँउमा सानो दसैँ भन्ने चलन पनि छ भने भारत, बङ्गलादेश अनि म्यानमारमा चैते नवरात्रि भन्ने चलन पनि छ। यस वर्ष २०७३ को चाडपर्वको श्रृखलालाई यस वर्षको चैते दसैँ अनि भोलीको रामनवमीले समापन गरेको छ, यी पवहर्रु नै यस वर्षकालागि लगभग अन्तिम पर्व हो है। अब आजको अष्टमी पछीको भोलीको राम नवमी... अनि सकिए यस वर्षका चाडहरू।
वास्तवमा दसैँ भन्ने वित्तिकै दशमी भन्ने बुझिन्छ, तर फेरि नेपालमा दसैँको रौनक भने अष्टमीको दिन बली दिने कुराहरूमा केन्द्रित रहन्छ। आजको दिन पनि तिथीका हिसाबले अष्टमी हो। दानवीय शक्तिमाथि दैवी शक्तिको विजय उत्सवका रूपमा मनाइने चैते दसैँमा पनि मुख्य दसैँमा झै विभिन्न शक्तिपीठहरूमा पशुवली भोग दिने गरिन्छ।
चैत शुक्ल अष्टमिका दिन उपत्यकाभित्र गुह्येश्वरी, दक्षिणकाली, शोभाभगवती, रक्तकाली, नक्साल भगवती, मैतिदेवी र संकटामा बिहानैदेखि दर्शनार्थीको घुँइचो लाग्ने गर्दछ। तलेजु भवानी, हनुमान ढोका दरवार स्क्वायर, भक्तपुर दरवार स्क्वायर लगायतका उपत्यकाका मन्दिरहरूमा आज वली दिईन्छ र यस्ता वली दिने कार्यक्रमहरूमा नेपाली सेनाको समेत सहभागीता रहन्छ। वलीका क्रियाकलापहरू पर्यटकहरूले सार्वनजिक रूपमा हेर्न पाउँछन्, पर्यटकिय रूपमा पनि आजको चाड उत्तिकै महत्पूर्ण छ। अर्कोतर्फ प्राचिन समय देखिनै काठमाडौँ उपत्यकाका यी देवालयहरूमा वली चढाउने क्रम निरन्तर चलिरहेको छ। उपत्यका बाहिर पनि भगवति मन्दिरहरू अनि शक्तिपीठहरूमा समेत दर्शनार्थीको घुँइचो हुने गर्दछ। कतिपय भगवती मन्दिर क्षेत्रमा भने भव्य मेला लाग्ने गर्दछ।
आजकै दिन मर्यादा पुरूषोत्तम प्रभू श्री रामचन्द्र आफ्नो १४ वर्षे वनवास सकाएर अयोध्या फिर्नुभएको मानिन्छ, आफ्नी श्रीमती सीताको अस्मिता रक्षार्थ अनि पापी रावणको दुस्साहस र असुरमुखी व्यवहारबाट संसारलाई जोगाउन भगवान श्री रामले रावणको वध गर्नुभएको थियो। यसरी रावणको वध गर्नकालागि देवी दुर्गाले रामलाई मद्धत गर्नुभएको थियो, आज राम अनि दुर्गा लगायत अन्य धेरै देवीदेवताको पूजा गरिन्छ। यी सम्पूर्ण कुराहरू वहाँको १४ वर्षे वनवास भित्रै भएको थियो र आज अर्थात चैते दसैँका दिन वहाँको सकुशल आगमन भएकोमा अयोध्यावासी लगायत सबैले असत्यमाथी सत्यको जितको रूपमा चैते दसैँ मनाएका हुन् भन्ने सामाजिक मान्यता रहेका छन्।
मुख्य दसैँमा झै चैते दसैँमा पनि दुर्गा पुजा गरी मिष्ठान्न भोजन चढाइन्छ। देवी मन्दिरहरूमा देवी भागवत पाठ पारायण तथा कालिका पुराणका देविस्त्रोतहरू पाठ गरिन्छ। घरमा उपलब्ध खाद्यान्न परिकारहरूलाई बनाई तुल्याई खाई रमाइलो गरी चैते दसैँ मनाइन्छ। आज अशोकको फूल खाने गरिन्छ। फुल खादा रोगब्याधी नष्ट हुने आम विश्वास छ।
छोरी चेली लगायत दिदि वहिनी अनि कर कुटुम्भहरूलाई बोलाएर खुवाउने चलन रहेको छ। माशांहारीरुले माछा मासु खाने चलन छ र यसकालागि जनावरहरू वली दिईन्छ भने शाहाकारीहरूले भने घिरौला, भाण्टा , कुभिन्डो या अन्य फलफूललाई खुट्टाको टेको लगाएर वली दिने चलन छ।
असत्य अनि असमानता घटदै जाओस्, सत्य अनि सत्यवक्ताको सधैँ जित होस्। असत्य भन्दा सत्यको महत्त्व जिवन्त हुन्छ र भईरहोस्।
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्