प्रमुख लेख

नेपाली विकिपिडियाको मुख्य पृष्ठमा भएको प्रमुख लेखलाई प्रत्येक १५ दिनको अन्तरालमा समसामयिक स्तरिय लेखहरू परिवर्तन हुने गरि व्यवस्था गरिएको छ। नेपाली विकिपिडियामा हाल ३३,०५७ लेखहरू छन् जस मध्येबाट १६६ लेखहरू प्रमुख लेखको लागि छनोट भइसकेको छ। नेपाली विकिपिडियामा हालसम्म चयन भएका प्रमुख लेखहरूको सूची तल राखिएको छ। कुनै पनि लेख प्रमुख लेखको रूपमा छनौट हुनको लागी स्तरिय हुन जरूरी छ जसको लागि केही मापदण्डहरू तय गरिएका छन्।
लेखको माथि दाँया तिर पहेँलो ताराको चिन्हले सो लेख प्रमुख लेख हो भन्ने जनाउँदछ। यदि प्रमुख लेख सम्बन्धमा तपाईंको कुनै सुझाव वा जिज्ञासाहरू भएमा कृपया वार्तालाप पृष्ठमा राख्नु हुनको लागी अनुरोध गर्दछौँ।

ढाँचा:जेठ २०७७

विशेष सामग्रीहरू

प्रमुख लेख औजारहरू

२०७७ जेठ पहिलो सम्पादन गर्नुहोस्

कौमी तराना (उर्दू: قومی ترانہ), (अनुवाद "राष्ट्रिय गान" ), पाक सरजमिनको रूपमा पनि परिचित (उर्दु: پاک سرزمی) (अनुवाद "पवित्र भूमि") पाकिस्तानको राष्ट्रिय गान हो। यसको सङ्गीतलाई सन् १९४९ मा अहमद गुलाम चागलाले रचेका थिए भने शब्दलाई सङ्गीत पछि सन् १९५२ मा हाफिज जालन्धारीले लेखेका थिए। यो फारसी भाषामा लेखिएको छ। गानमा सबै ठाउँमा फारसी काव्य शब्दावली छ, र केवल एक मात्र उर्दू शब्द 'का'को प्रयोग भएको छ।

यसलाई सन् १९५४ मा आधिकारिक रूपमा पाकिस्तानको राष्ट्रिय गानको रूपमा अपनाइएको थियो। र सोही वर्ष पाकिस्तानका एघार प्रमुख गायकहरू जस्तै अहमद रुशदी, कौकब जहान, रशीदा बेगम, नजाम आरा, नसीमा शाहीन, जवार हुसेन, अख्तर अब्बास, गुलाम दस्तगीर, अनवर जहीर, र अख्तर वासी अली सहित कैद गरिएको थियो।(पूरा  पढ्नुहोस्...)

२०७७ जेठ दोस्रो सम्पादन गर्नुहोस्

इपिल इपिल काँडा नहुने बहुवर्षीय कोसे डालेघाँस प्रजातिको वनस्पति हो। यो बिरुवा छिटो बढ्ने वनस्पतिको रूपमा पनि परिचित छ। यस वनस्पतिलाई विश्वव्यापी रूपमा डाले घाँसको रूपमा मात्र प्रयोग नगरी काठ, दाउरा, हरियो मल, छहारी र भू-संरक्षणको लागि प्रयोग गरिनुकासाथै यस वनस्पतिबाट विभिन्न औषधिहरू पनि बनाउने गरिन्छ। यसको खेती नेपालको तराईदेखि मध्य पहाडी क्षेत्रसम्म गरिन्छ। यो धेरै छिटो बढ्ने र अत्यन्त पोषिलो घाँस भएकोले लहरे रोपणको रूपमा पनि लगाइएको पाइन्छ। यसको स्याउला प्रत्येक महिना जस्तो काट्न सकिन्छ। यस वनस्पतिको उत्पत्ति दक्षिण अमेरिका तथा मेक्सिकोबाट भएको हो। यस प्रजातिको वनस्पतिलाई मुख्यतया घरपालुवा जनावरहरूको आहाराको लागि लगाइने गरिन्छ। (पूरा  पढ्नुहोस्...)


२०७७ जेठ तेस्रो सम्पादन गर्नुहोस्

डेलिमोसन एक श्रव्य दृश्य साझेदारी प्रविधि मञ्च हो जुन मुख्य रूपमा भिभेन्दीको स्वामित्व रहेको छ। डेलीमोसनले बिबिसी समाचार, भाइस, ब्लुमबर्ग, हर्स्ट र अन्यसँग साझेदारीको थालनी गरेको थियो। डेलीमोसन हाल विश्वव्यापी रूपमा उपलब्ध छ र २४ वटा भाषाहरूमा पनि उपलब्ध छ। ३९ वटा अनुवादित संस्करणहरूको आफ्नै छुट्टाछुट्टै गृह पृष्ठ र स्थानीय सामग्रीहरू रहेका छन्। यसमा हाल ३० करोड भन्दा बढी मासिक सक्रिय प्रयोगकर्ताहरू रहेका छन्।

डेलिमोसनले प्रयोगकर्ताहरूलाई खोजी र च्यानल, वा प्रयोगकर्ताहरूले सृजना गरेका समूहहरू मार्फत श्रव्य दृश्यहरू बजाउन र उर्ध्वभरण गर्न अनुमति दिन्छ। खोजी प्रणालीले अन्य प्रयोगकर्ताहरूले गरेका खोजीहरूमा आधारित परिणामहरू पनि प्रस्तुत गर्दछ। श्रव्य दृश्य फाइलको अधिकतम आकार २ गिगाबाइट हो भने श्रव्य दृश्य फाइलहरूको लम्बाईमा गतिशील र आधिकारिक प्रयोगकर्ताहरू बाहेक,६० मिनेट सम्ममा मात्र सीमित छ। सन् २०१८ मा, डेलिमोसनले यसको सम्पूर्ण भण्डारणबाट टिप्पणीलाई पूर्ण रूपमा मेटाउँदै यो सेवालाई पनि बन्द गरेको थियो। कम्पनीले क्रमशः उर्ध्वभरण मिति वा दृश्य गणनाद्वारा श्रव्य दृश्य क्रमबद्ध गर्ने क्षमता र श्रव्य दृश्यको पुन: साझेदारी लगायतका सेवालाई हटाएको थियो। (पूरा  पढ्नुहोस्...)

२०७७ जेठ चौथौ सम्पादन गर्नुहोस्

सामसङ (कोरियाली: 삼성) (हन्जा: 三星); (कोरियाली उच्चारण = सामसङ जुलुब) (अनुवादित "तीन तारा") (उच्चारण), एक दक्षिण कोरियाली बहुराष्ट्रिय समूह हो जसको मुख्यालय दक्षिण कोरियाको राजधानी सउलमा रहेको छ। यसले असङ्ख्य सम्बद्ध व्यवसायहरू समावेश गरेको छ। तिनीहरू मध्ये अधिकांश सामसङ ब्रान्ड अन्तर्गत एकजुट भएका छन्। यो दक्षिण कोरियाको सबैभन्दा बहु-उद्योग कम्पनी समेत हो।

सामसङलाई सन् १९३८ मा, व्यापारिक कम्पनीको रूपमा लि ब्योङ चुलले स्थापना गरेका थिए। अर्को तीन दशकहरूमा, समूहले खाद्य प्रसोधन, कपडा, बीमा, धितो, र खुद्रा लगायतका क्षेत्रहरूमा विविधीकरण गरेको थियो। सामसङले सन् १९६० को दशकको अन्त्यतिर विद्युतीय उद्योगमा प्रवेश गरेको थियो र सन् १९६० को मध्यमा विभिन्न प्रकारका नर्माण तथा जहाज निर्माण उद्योगमा अग्रसर भएको थियो। सन् १९८७ मा संस्थापक लिको मृत्युपछि, सामसङ चार व्यवसायिक समूहमा विभाजित भएको थियो जसमा सामसङ समूह, शिन्सेगे समूह, सिजे समूह र हाल्सोल समूह समावेश छ। (पूरा  पढ्नुहोस्...)