उर्दु भाषा

हिन्द आर्य भाषा
(उर्दू बाट पठाईएको)

उर्दु भाषा हिन्द आर्य भाषा हो। उर्दु भाषालाई हिन्दुस्तानी भाषाको एक मानकीकृत रूप मानिने गरिन्छ। उर्दु भाषामा संस्कृतको तत्सम शब्द न्यून छ र अरबी-फारसीसंस्कृतबाट तद्भव शब्द धेरै रहेको छ। यो भाषा मुख्यतः दक्षिण एसियामा बोलिने गरिन्छ। यो भारतको शासकीय भाषाहरू मध्ये एक हो र पाकिस्तानको राष्ट्रभाषा पनि हो। [१] यस बाहेक यो भारतको राज्य तेलङ्गाना, दिल्ली, बिहार[२] तथा उत्तर प्रदेशको अतिरिक्त शासकीय [३]भाषा हो। उर्दु शब्द तुर्केली भाषाबाट लिइएको हो। मुगल कालदेखि नै यसको नाम उर्दु राखिएको थियो र पूरै भारतमा प्रसार भयो। यसमा धेरै शब्दहरू अरबी, फारसी र संस्कृत भाषाबाट लिइएको छ। यो भारतको २२औँ सरकारी भाषा हो। उर्दू भाषाको जन्म भारतमा भएको हो तर यो पाकिस्तानको राष्ट्रभाषा हो। उर्दुलाई भारतीय मुस्लिमहरूले पनि बोल्ने गर्छन्। उर्दु भाषा र हिन्दी भाषामा मात्र शब्दको सामान्य फरक हुन्छ तर उर्दुको लिपि चाहिँ बिल्कुलै फरक हुन्छ र उर्दु लिपि दाहिनेबाट देब्रेतिर लेखिन्छ।

उर्दु (اردو)
ur
URDUARAB.PNG
उच्चारणहिन्दुस्तानी: [ˈʊrd̪u]
मूलभाषीपाकिस्तान, भारत, मरिसस, दक्षिण अफ्रिका, बहराइन, फिजी, कतार, ओमान, संयुक्त अरब इमिरेट्स, बेलायत, जर्मनी, संयुक्त राज्य अमेरिका, क्यानडा, सुरिनाम, इरान, अफगानिस्तान, ताजकिस्तान, उज्बेकिस्तान
मातृभाषा वक्ताहरू
१०-१५ करोड
भाषा सङ्केतहरू
आइएसओ ६३९-१ur
आइएसओ ६३९-२urd
आइएसओ ६३९-३urd
भाषाविद् प्रयोगशाला59-AAF-q

'उर्दु' शब्द को उत्पत्तिसम्पादन

'उर्दु' शब्द मूलतः तुर्केली भाषाबाट आएको हो र यसको अर्थ 'शाही शिविर’ हुन्छ। तुर्केलीहरूसँगै यो शब्द भारतमा प्रवेश गर्‍यो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो। शाहजहाँले दिल्लीमा लाल किला बनाएका थिए। यो पनि एक प्रकारको ‘उर्दु’ (शाही तथा सैन्य) थियो र धेरै ठूलो थियो। अतः यसलाइ ‘उर्दु’ न भनेर ‘उर्दु ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए उर्दु ए मुअल्ला’ (श्रेष्ठ शाही पडावको भाषा) बन्न पुग्यो। भाषा विशेषको अर्थमा ‘उर्दु’ शब्द ‘जबान ए उर्दु ए मुअल्ला’ को सङ्क्षेप हो।

मुहम्मद हुसैन आजाद, उर्दुको उत्पत्ति ब्रज भाषासँग मानिने गरिन्छ। 'आबे हयात' मा उनी लेख्छन् कि हाम्रो आवाज ब्रज भाषाबाट निक्लेको हो।'[४]


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. http://www.ethnologue.com/language/urd
  2. "Urdu in Bihar", Language in India, अन्तिम पहुँच १७ मे २००८ 
  3. "Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013)" (PDF), Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India, अन्तिम पहुँच १२ जुलाई २०१७ 
  4. भाषा और प्रौद्योगिकी, पृष्ट ३७


बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन