कौमी तराना (उर्दु: قومی ترانہ), कौमी ताराना, (अनुवाद "राष्ट्रिय गान" ), पाक सरजमिनको रूपमा पनि परिचित उर्दु: پاک سرزمی (अनुवाद "पवित्र भूमि") पाकिस्तानको राष्ट्रिय गान हो। सन् १९४९ मा यसको सङ्गीतलाई अहमद गुलाम चागलाले रचेका थिए भने राष्ट्रिय गानमा प्रयोग गरिएको शब्दलाई सन् १९५२ मा हाफिज जालन्धारीले लेखेका थिए। यो गान फारसी भाषामा लेखिएको छ। गानमा सबै ठाउँमा फारसी काव्य शब्दावली छ[१], र मात्रै एउटा उर्दू शब्द 'का'को प्रयोग भएको छ।[२]

कौमी तराना
قومی ترانہ
राष्ट्रिय गान

 पाकिस्तानको राष्ट्रिय गान
लेखकहफिज जालन्धारी, जून १९५२
सङ्गीतअहमद गुलाम अलि चागला, २१ अगस्ट १९४९
लागू१३ अगस्ट १९५४
सङ्गीत नमूना
noicon
अहमद रुशदीद्वारा सन् १९५४ मा पाकिस्तानको राष्ट्रिय गान कैद गरिँदै

यसलाई सन् १९५४ मा आधिकारिक रूपमा पाकिस्तानको राष्ट्रिय गानको रूपमा अपनाइएको थियो[३] र सोही वर्ष यसको गानलाई पाकिस्तानका एघार प्रमुख गायकहरू अहमद रुशदी, कौकब जहान, रशीदा बेगम, नजाम आरा, नसीमा शाहीन, जवार हुसेन, अख्तर अब्बास, गुलाम दस्तगीर, अनवर जहीर, र अख्तर वासी अलीद्वारा रेकर्ड गरिएको थियो।[४]

पहिलाको राष्ट्रिय गान सम्पादन गर्नुहोस्

सन् १९४७ अगस्ट १४ को दिन भारतसँग विभाजित भई नयाँ देश पाकिस्तानको उदय भएको थियो। मोहम्मद अली जिन्नाको सपना पनि देशको स्थापनासँग‌ै साकार भएको थियो। नयाँ देशको गठनसँगै देशका लागि विभिन्न प्रतीकहरू छनौट गर्ने काम पनि सुरु भएको थियो। देशको झण्डा पहिले नै तयार थियो, तर राष्ट्रिय गान भने तयार भएको थिएन। स्वतन्त्रताको समयमा पाकिस्तानको राष्ट्रिय गान थिएन। जिन्नाले पाकिस्तानको राष्ट्रिय गीत निर्माण गर्ने काम छिट्टै सम्पन्न होस् भन्ने चाहन्थे। उनको सल्लाहकारहरूले उनलाई धेरै प्रसिद्ध उर्दू कविहरूको नाम सुझाव गरेका थिए तर जिन्नाको सोचाई फरक थियो। उनले लाहोरका महान् उर्दू कवि तथा मूल हिन्दू जगन्नाथ आजादलाई गीत रचनाको लागि ५ दिन दिएका थिए तर पाकिस्तानका कट्टरपन्थी नेताहरू एक हिन्दूले पाकिस्तानको राष्ट्रिय गान लेख्नेमा साह्रै रिसाएका पनि थिए। अन्तमा, पाँच दिन भित्र जगन्नाथ आजादले राष्ट्रिय गीत रचना गरेका थिए।

इतिहास सम्पादन गर्नुहोस्

सन्‌ १९४८ को सुरुवातमा दक्षिण अफ्रिकाको ट्रान्सभल प्रदेश निवासी मुस्लिम एआर घनीले नयाँ स्वतन्त्र पाकिस्तानको लागि नयाँ राष्ट्रिय गानका कवि र रचनाकारलाई ५ हजार नगद पुरस्कार प्रदान गरेका थिए। पुरस्कार सन् १९४८ मा प्रकाशित सरकारी प्रेस विज्ञप्ति मार्फत घोषणा गरिएको थियो। सन् १९४८ डिसेम्बरमा, पाकिस्तान सरकारले पाकिस्तानको आधिकारिक राष्ट्रिय गानको लागि रचना र गीतहरूसँग काम गर्न राष्ट्रिय गान समितिको स्थापना गरेको थियो। सुरुमा, सचिव शेख मुहम्मद इक्रामको अध्यक्षतामा राष्ट्रिय गान समितिको अध्यक्षता गरिएको थियो र यसका सदस्यहरूमा अब्दुर रब निस्तार, अहमद गुलाम चागला र हाफिज जालन्धारी लगायतका राजनीतिज्ञ, कवि र सङ्गीतकारहरू रहेका थिए। [५] राष्ट्रिय गान समितिले उपयुक्त सङ्गीत र गीतहरू फेला पार्न प्रारम्भिक कठिनाइहरूको सामना गरेको थियो।[६][७]

३० जनवरी १९५० मा इन्डोनेसियाका राष्ट्रपति सुकर्णो पाकिस्तान भ्रमण गर्न पहिलो विदेश प्रमुख बनेका थिए र त्यतिबेला पाकिस्तानमा कुनैपनि राष्ट्रिय गान रहेको थिएन। सन् १९५० मा, इरानको शाह मोहमद रेजा पहलभीले पाकिस्तानको भ्रमण गरेका थिए। भ्रमणमा उनले यसमा सम्बन्धमा जोड दिएका थिए र पाकिस्तान सरकारले राष्ट्रिय गान समितिलाई थप ढिलाई नगरी गीत प्रस्तुत गर्न आग्रह गरेका थिए। राष्ट्रिय गान समितिका अध्यक्ष र तत्कालीन सङ्घीय शिक्षामन्त्री फजलुर रहमानले पाकिस्तानका अनेकौँ कवि र रचनाकारहरूलाई गीत लेख्न आग्रह गरेका थिए तर प्रस्तुत गरिएको कुनै पनि गीतहरू उपयुक्त मानिएको थिएन। राष्ट्रिय गान समितिले विभिन्न धुनहरूको पनि परीक्षण गरेका थिए र अन्ततः अहमद गुलाम चागलाले प्रस्तुत गरेको सङ्गीतलाई उनीहरूले चयन गरेका थिए र औपचारिक स्वीकृतिका लागि पेश पनि गरेका थिए।[८] २१ अगस्ट १९५० मा , पाकिस्तान सरकारले राष्ट्रगानको लागि चागलाको सङ्गीतलाई अपनाएको थियो। [९]

१ मार्च १९५० मा पाकिस्तानको नौसेना साङ्गीतिक दलले कराचीमा इरानको शाहको पाकिस्तान यात्राको समयमा पहिलो पटक कुनै विदेशी राष्ट्रप्रमुखको लागि कुनै गीत नभएको धुन प्रस्तुत गरेको थियो। पछि यही धुनलाई ३ मे १९५० को दिन प्रधानमन्त्री लियाकत अली खान, संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा जान लागेको क्रममा बजाइएको थियो। पुन: यस धुनलाई सन् १९५० अगस्ट १० मा राष्ट्रिय गान समिति समक्ष बजाइएको थियो[१०] तर राष्ट्रिय गानलाई आधिकारिक मान्यता सन् १९५४ अगस्टसम्म दिइएको थिएन।[१०] राष्ट्रिय गान समितिले धुनको रेकर्ड पाकिस्तानका प्रमुख कविहरूलाई वितरण गरेको थियो, जसको फलस्वरुप कविहरूले गीत लेखेर राष्ट्रिय गान समितिलाई मूल्याङ्कन गर्न पेश गरेका थिए। अन्ततः हाफिज जालन्धारीले लेखेको गीतलाई अनुमोदन गरिएको थियो र नयाँ राष्ट्रिय गान पहिलो पटक सन् १९५४ अगस्ट १३ मा, रेडियो पाकिस्तानमा सार्वजनिक रूपमा प्रसारण गरिएको थियो जसमा हाफिज जालन्धारीले आवाज दिएका थिए। गीतलाई आधिकारिक रूपमा स्वीकृति भने पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयले सन् १९५४ अगस्ट १६ को दिन दिएको थियो। नयाँ राष्ट्रिय गान औपचारिक रूपमा ग्रहण गर्नुभन्दा पूर्व सङ्गीतकार अहमद गुलाम चागलाको सन् १९५३ मा मृत्यु भइसकेको थियो।[११]

सङ्गीत सम्पादन गर्नुहोस्

कौमी तराना पूर्वी सङ्गीतमा आधारित धुनको साथ तीन श्लोक रचनाको सुमधुर र सुरिलो प्रस्तुति हो। यसलाई सजिलैसँग विदेशी साङ्गीतिक समूहले प्रदर्शन गर्न सक्ने गरी व्यवस्थित गरिएको छ। सन् १९४९ मा पाकिस्तानी गीत तथा सङ्गीतकार अहमद गुलाम चागलाद्वारा रचिएको सङ्गीतले, पूर्वी र पश्चिमी दुबै सङ्गीतमा उसको पृष्ठभूमि झल्काउँदछ। २१ सङ्गीत वाद्ययन्त्र[९] र ३८ विभिन्न धुन[९], कौमी तराना बजाउनको लागि प्रयोग गरिन्छ, जसको अवधि ८० सेकेण्डको रहेको छ।[३][९][१२][१३]

शब्द सम्पादन गर्नुहोस्

उर्दू मूल सम्पादन गर्नुहोस्

सन् १९५२ मा पाकिस्तानी उर्दू भाषाका कवि हाफिज जालन्धारीले लेखेका यस गीतका शब्दहरू फारसी भाषासँग समानताका रहेको छ। यसलाई दुबै उर्दूफारसी मातृभाषीहरूले बुझ्ने सक्दछन् तीन श्लोक गीतहरूमा कुनै पद दोहोरिएका छैनन्। गीतमा धेरै मात्रामा फारसी काव्य शब्दावलीको प्रयोग भएको छ, र यसमा केवल एक मात्र उर्दू शब्द 'का'को प्रयोग भएको छ।

शब्द सम्पादन गर्नुहोस्

मूल
लिप्यान्तरण
अनुवाद
پاک سرزمین شاد باد
كشور حسين شاد باد
تو نشان عزم علیشان
! ارض پاکستان
مرکز یقین شاد باد
पाक सरजमीन शाद बाद
किश्वरे हसीन शाद बाद
तू निशाने अज्मे आलिशान
अर्जे पाकिस्तान!
मरकजे यकीन शाद बाद
धन्य पवित्र खुसी रहनु
सुन्दर मातृभूमि खुसी रहनु
तिमी महान सुन्दरताको सङ्केत हौ
पाकिस्तानको देश
धर्मको केन्द्र, खुशी रहनु
پاک سرزمین کا نظام
قوت اخوت عوام
قوم ، ملک ، سلطنت
! پائندہ تابندہ باد
شاد باد منزل مراد
पाक सरजमीनका निजाम
कुवते अखुवते अवाम
कौम, मुल्क, सलतनत
पाइन्दा ताबिन्दा बाद!
शाद बाद मञ्जिले मुराद
पवित्र भूमिको व्यवस्था
सार्वजनिक एकता शक्ति हो
राष्ट्र, देश र राज्य
सँधै चमकीरहनु!
सबैको मंजिल हे मेरो देश सदा खुसी रहनु
پرچم ستارہ و هلال
رہبر ترقی و کمال
ترجمان ماضی شان حال
! جان استقبال
سایۂ خدائے ذوالجلال
परचो सितारा-ओ-हिलाल
रहबरे तरक्की-ओ-कमाल
तर्जुमाने माजी, शाने हाल,
जाने इस्तकबाल!
सायाये खुदाये जुल जलाल
तारा र चन्द्रमा सहित मेरो देशको झण्डा
विकास र उपलब्धीको मार्गनिर्देशक हो
विगतको वक्ता, वर्तमानको गर्व,
भविष्य प्रेरणा!
शक्तिशाली र महान खुदाको प्रतीक

कोशेढुङ्गा सम्पादन गर्नुहोस्

  • सन् १९४७ - पाकिस्तानको नयाँ राज्य १४ अगस्टमा अस्तित्वमा आएको थियो।
  • सन् १९४९ - कौमी तरानाको लागि सङ्गीत पाकिस्तानी प्रख्यात सङ्गीतकार, अहमद गुलाम चागला (चालु समय: ८० सेकेण्ड) द्वारासृजना गरिएको थियो।
  • सन् १९५० - पाकिस्तानको नौसेना साङ्गीतिक दलले कराचीमा इरानको शाहको पाकिस्तान यात्रामा पहिलो पटक विदेशको राष्ट्रप्रमुखको लागि कुनै गीत नभएको धुन प्रस्तुत गरेको थियो।
  • सन् १९५२ – पाकिस्तानी कवि हाफिज जालन्धारीले लेखेका पदहरू ७२३ प्रविष्टिहरूको बीचबाट चयन गरिएको थियो।
  • सन् १९५४ – यसलाई आधिकारिक रूपमा राष्ट्रिय गानको रूपमा चनय गरिएको थियो र यसलाई रेडियो पाकिस्तानमा १३ अगस्ट का दिन पहिलो पटक प्रसारण गरिएको थियो।
  • सन् १९५४ – पाकिस्तानका एघार प्रमुख गायकहरू जस्तै अहमद रुशदी , कौकब जहान, रशीदा बेगम, नजाम आरा, नसीमा शाहीन, जवार हुसेन, अख्तर अब्बास, गुलाम दस्तगीर, अनवर जहीर, र अख्तर वासी अली सहित रेकर्ड गरिएको थियो।
  • सन् १९९६ – पहिलो पटक यसलाई पाकिस्तानी रक साङ्गीतिक समूह जुनुनले साङ्गीतिक सङ्गालो इन्क्विलाबमा इलेक्ट्रिक गितारमा प्रतिपादन गरेका थिए।
  • सन् २००९ – यसलाई पहिलो पटक पाकिस्तानी सङ्गीतकार जहाङ्गीर अजीज हयातद्वारा एक ध्वनिक उपकरणको रूपमा प्रतिपादन गरिएको थियो।
  • सन् २०११ – १४ अगस्टमा, ५८५७ मानिसहरू कराचीको स्टेडियममा कौमी तराना गाउन भेला भएका थिए र एकै साथ राष्ट्रिय गान गाउन भेला भएका अधिकांश व्यक्तिहरूको नयाँ विश्व कीर्तिमानको स्थापना भएको थियो।[१४]
  • सन् २०१२ – २० अक्टोबर, ४२,८१३ व्यक्तिहरू लाहोरको स्टेडियममा कौमी तराना गाउन भेला भएका थिए र एकै साथ राष्ट्रिय गान गाउन भेला भएका अधिकांश व्यक्तिहरूको लागि नयाँ विश्व कीर्तिमान स्थापित भएको थियो, जसलाई गिनीज वर्ल्ड रेकर्डले प्रमाणित गरेको थियो।[१५] किर्तिमानलाई पछि २६ मार्च २०१४ मा बङ्गलादेशमा तोडिएको थियो।[१६]
  • सन् २०१७ – कोक स्टुडियोले ४ अगस्टमा कौमी तरानाको छुट्टै संस्करणको सार्वजनिक गरेको थियो। [१७][१८]
  • सन् २०१९ – गुल यास स्टुडियोले पाकिस्तानको ७२औँ वर्षको उत्सव मनाउनका लागि २१ मार्च २०१९ मा साइद इमोन रिजभीले यसलाई गाएका थिए।[१९]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. एलेक्स भटान्का। "ایران اور پاکستان: سلامتی ، سفارت کاری اور امریکی اثر و رسوخ"। आइबी टउरीस। पृष्ठ १४। 
  2. "पाकिस्तानको राष्ट्रिय गान"डाउन। १३ अगस्ट २०११। सङ्ग्रह मिति २ मे २०१९ 
  3. ३.० ३.१ "पाकिस्तानको जानकारी"। इन्फो पाक डट जिओभि डट पिके। सङ्ग्रह मिति २०१३-०१-३१ 
  4. "Death Anniversary of Ahmed Rushdi"। दुनिया न्युज। सङ्ग्रह मिति १ सेप्टेम्बर २०१६ 
  5. ڈاکٹر صفدر محمو (६ डिसेम्बर २०१०)। "قائداعظم ، جگن ناتھ آزاد اور قومی ترانہ؟"روزنامہ 
  6. انور سِن رائے (१३ अगस्ट २०११), "پاکستان کا قومی ترانہ", بی بی سی موقع, मूलबाट २६ डिसेम्बर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अगस्ट २०११ 
  7. عباس جعفری, عقیل (२०११)। "پاکستان کا قومی ترانہ کیا ہے حقیقت؟ کیا ہے فسانہ"। ورثہ پبلی کیشنز। 
  8. Michael Jamieson Bristow, National-Anthems.org, "Forty National Anthems", अन्तिम पहुँच २००६-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१८-१२-२४ मिति
  9. ९.० ९.१ ९.२ ९.३ अकिल अबस जाफरी (२०१०)। "پاکستان کرانکل" (उर्दू भाषा) (प्रथम संस्करण)। कराची, पाकिस्तान: विर्सा प्रकाशन। पृष्ठ ४२। 
  10. १०.० १०.१ "राष्ट्रिय गान", وزارت اطلاعات و نشریات ، حکومت پاکستان, मूलबाट २००७-१०-२६-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-११-२९ 
  11. مظہر اقبال ، مظہر ڈاٹ پی۔ "احمد رشدی"http://mazhar.dk/film/singers/ahmadrushdi/ वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-२५ मिति अभिगमन मिति २००६-०४-१२
  12. مظہر اقبال ، مظہر ڈاٹ پی, "پاکستان کا قومی ترانہ", अन्तिम पहुँच २००६-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१५ मिति
  13. सूचना मन्त्रालय, पाकिस्तान सरकार, "بنیادی حقائق", अन्तिम पहुँच २००६-०४-१२  वेब्याक मेसिन अभिलेखिकरण २००६-०४-१३ मिति
  14. "Pakistan creates new anthem record", द एक्सप्रेस ट्रिब्युन, २०११-०८-१२, अन्तिम पहुँच २०१२-०१-०१ 
  15. "پاکستان نے ترانے گانے کے ریکارڈ پر دوبارہ دعوی کیا", अन्तर्राष्ट्रिय समाचार, अन्तिम पहुँच २०१३-०१ -३१ 
  16. "Pakistan Record Broken", गिजिज वर्ल्ड रेकर्डस्, अन्तिम पहुँच २०१४-०३-२६ 
  17. राफे महमुद (४ जुलाई २०१७), "Exclusive: Coke Studio 10's line-up will leave you starstruck", द एक्सप्रेस ट्रिब्युन, अन्तिम पहुँच ४ जुलाई २०१७ 
  18. कोक स्टुडियो (४ अगस्ट २०१७), "پاکستان کا قومی ترانہ", अन्तिम पहुँच ४ अगस्ट २०१७युट्युबद्वारा। 
  19. गुल यास स्टुडियो (२१ मार्च २०१९), "پاکستان کا قومی ترانہ", अन्तिम पहुँच २१ मार्च २०१९युट्युबद्वारा। 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्