प्रकाश दाहाल एक नेपाली राजनीतिज्ञ थिए।

प्रकाश दाहाल
व्यक्तिगत विवरण
जन्म१७ असार २०३८
शिवनगर, चितवन
मृत्यु३ मंसिर २०७४
काठमाडौँ
राजनीतिक दलनेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
जीवन साथीबिना मगर
अभिभावकs
सैन्य सेवा
लडाई/युद्धहरूमाओवादी जनयुद्ध

जीवनी सम्पादन गर्नुहोस्

प्रकाश दाहालको जन्म वि.स. २०३८ असार १७ गते चितवनको शिवनगरमा बुबा पुष्पकमल दाहाल र आमा सिता दाहालको कोखमा भएको थियो। [१] उनले स्थानीय बालकुमारी प्राविबाट कक्षा ३ सम्म अध्ययन गरेपछि वि.स.२०४७ मा शान्ति माध्यमिक विद्यालय, ललितपुरमा कक्षा ४ देखि ८ सम्म पढे।[१] माओवादी जनयुद्ध सुरु भएपछि १४ बर्सिए दाहाल भारतको पञ्जाबमा गए।[१] पञ्जावमा दिदी रेणु दाहालको संरक्षणमा उनले पढेका थिए र कक्षा १२ सकिएपछि दाहाल बुबा प्रचण्डको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) राजनीतिक दलमा प्रवेश गरे।[१][२] दाहालले सानै उमेरमा भरुवा बन्दुक र एके-४७ कसरी प्रयोग गर्ने भनेर सिकेका थिए।[१]

वि.स.२०७४ मंसिर ३ गते हृदयाघातबाट दाहालको मृत्यु भयो।[३] वि.स. २०७९ असार १७ गते पुष्पकमलले प्रकाशको सालिक नुवाकोटको ककनीमा सालिक अनावरण गरे।[४][५] दाहालले बिना मगरसँग विवाह गरेका थिए र उनको एउटा बच्चा थियो।[६]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ १.३ १.४ बस्‍नेत, सुरेन्द्र (१७ असार २०७७), "सम्झनाका तरेलीमा प्रकाश दाहाल", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  2. "को थिए प्रकाश दाहाल?", बीबीसी नेपाली, १९ नोभेम्बर २०१७, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  3. महर्जन, नारायण (३ मंसिर २०७४), "यसरी अस्ताए प्रकाश दाहाल", सेतोपाटी, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  4. "प्रकाशको सालिक अनावरण गर्दै दाहालले भने- 'पर्वतीय पर्यटनका लागि नेपाल दुनियाँकै उर्वर'", कान्तिपुर, १७ असार २०७९, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  5. भट्ट, देवचन्द्र (१७ असार २०७९), "दिवंगत छोराको सालिक अनावरण गर्दै प्रचण्डले भने- पर्वतारोहीहरुको सम्मान र कदर भयो", अन्नपूर्ण पोस्ट, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  6. "प्रकाश दाहालको अन्त्येष्टिका यी २० तस्बिर", नेपाल लाइभ, ३ मंसिर २०७४, अन्तिम पहुँच १९ आषाढ २०७९