११:०९, ३० अप्रिल २०१२ (युटिसी(UTC))

आरुघाट बजार गोरखा र धादिङ जिल्लाको सिमानामा पर्दछ। आरुघाट बजार एक ब्यापारिक थलो हो जहाँ गोरखा र धादिङ जिल्लाको उत्तरी भेगका मानिसहरू किनमेल गर्न आउछन। धादिङ जिल्लापट्टिको आरुघाट बजारलाई विशालनगर र गोरखा जिल्ला पट्टिको आरुघाट बजार लाई आरुघाट बजार नै भनिन्छ। पहिला पहिला यहाँ नेवारको बस्ति थियो अहिले उत्तरी भेगका मानिसहरू आफ्नो गाउँबाट बसाइ सरेर आरुघाट बजारमा बस्न थालेका छन् अहिले आरुघाट बजारमा नेवार भन्दा मतुवाली (गुरूङ,मगर, घले)आदि जातिका मानिसहरूको संख्या धेरै छन्।
आरुघाट बजारमा जानको लागि गोरखाको सदरमुकामबाट र धादिङ जिल्लाको सदरमुकामबाट बसबाट जन सकिन्छ। आरुघाटमा एउटा पुरानो बिद्यालय पनि छ जसलाई श्री भीमोदय माध्यमिक बिद्यालय भानिन्छ अहिले यो बिद्यालयलाई श्री भीमोदय बहुमुखी क्याम्पसको नामले पनि चिनिन्छ, यो क्याम्पस विक्रम सम्बत २००७ सालमा स्थापना भएको थियो र विक्रम सम्बत २०५७ सालमा स्वर्ण जयन्ति मनाएको थियो। अहिले यो क्याम्पसमा स्नातकोत्तरको कक्षा सञ्चालन गर्नको लागि भौतिक संरचनाहरूको निर्माण कार्य तिब्ररूपमा भैरहेको छ।

नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ को स्थानीय तह घोषणा भए अनुसार पश्चिमाञ्चल विकास क्षेत्र; गण्डकी अञ्चल गोरखा जिल्लाको ६० वटा गा.वि.सहरू मध्ये ५ वटा साविकका गा.वि.स.हरु (आरुचनौटे, आरुपोखरी, आरुअर्बाङ्ग, मान्बु र थुमी) मिलेर स्थापना भएको आरुघाट गाउँपालिका भौगोलिक रूपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको एवं जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्त्वपूर्ण रहेको छ ।

यो गाउँपालिका समुद्री सतहबाट ५८५ मिटर देखि १३८८ मिटर उचाईमा अवस्थित तथा २८० ३’ ५०” देखि  उत्तर २८० ८’ ४८”अक्षांश र ८४० ४९’ ४०” पुर्व  ८४० ५३’ ३४”देशान्तरमा फैलिएको साथै १६०.७९ वर्ग कि.मि.क्षेत्र ओघटेको यस गाउँपालिकामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ। यस गाउँपालिकाको पूर्व सीमानामा धादिङ जिल्ला; पश्चिम सीमानामा सुलिकोट गाउँपालिका; उत्तर सीमानामा धार्चे गाउँपालिका र दक्षिण सीमानामा भिमसेन गाउँपालिका पर्दछन्। प्रशासनिक तथा राजनैतिक दृष्टिले यस गाउँपालिकालाई १० वटा वडामा विभाजन गर्नुका साथै निर्वाचन क्षेत्र नं.१,प्रदेशसभाको लागि निर्बाचन क्षेत्र २ र प्रदेश नं.४ अन्तर्गत राखिएको छ । केन्द्रीय तथ्याङ्ग बिभाग, राष्ट्रिय जनगणना, वि.सं.२०६८ अनुसार यस गाउँपालिकाको कूल जनसंख्या २३,८८७ (पुरुष-१०६३९,महिला: १३२४५,औसत परिवार संख्या: ४.२५ एवं लैंगिक अनुपात: ८०.३२ र जम्मा घर धुरी संख्या :५६१४) रहेको  साथै  जनघनत्व १४८.५ प्रति बर्ग कि.मि. रहेको देखाएको छ । कडा चट्टानी भुभाग रहेको तल्लो हिमाली क्षेत्रको कारण गाउँपालिकाको भौगोलिक अवस्था कठिन रहेको छ । ग्रामिण सडक संजाल प्राय सबै वडाहरूमा पुगेता पनि ती सडकहरु मौसमी अनुकुलतामा निर्भर रहेका छन् ।

ऐतेहासिक पृष्ठभुमी

सीमाना

पूर्व : धादिङ जिल्ला

पश्चिम : सुलिकोट गाउँपालिका

उत्तर : धार्चे गाउँपालिका

दक्षिण : भिमसेन गाउँपालिका

भौगोलिक अवस्थिति

आरुघाट गाउँपालिका निम्नानुसारको अक्षांश र देशान्तरमा फैलिएको छ ।

अक्षांश : २८० ३’ ५०” उत्तर २८० ८’ ४८”

देशान्तर : ८४० ४९’ ४०” पुर्व ८४० ५३’ ३४”

हाल कार्यालय रहेको स्थानको अक्षांश र देशान्तर निम्नानुसार रहेको छ ।

अक्षांश : २८० २’ ४६.१७” उत्तर

देशान्तर : ८४० ४८’ ४४” पुर्व

भौगोलिक अवस्था

जम्मा क्षेत्रफल : १६०.७९ वर्ग कि.मि.

समुन्द्रि सतहवाटको उचाई: ५८५मि-१३८८मि

औषत वार्षिक वर्षा : २६८६मि.मि.

औषत वार्षिक तापक्रम : २३०से

मौसम : Sub-Tropical, Temperate, Sub Alpine

मुख्य नदीहरु : बुढीगण्डकी, मोदीखोला, आर्खेत खोला, थाटिकखोला, स्तुलखोला, रस्चेतखोला