नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)
नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) नेपालको एक साम्यवादी दल थियो। नेकपा (एकता केन्द्र) को गठन २०४७ असार ३ मा, नेपाल कम्युनिष्ट पार्टी (मशाल), नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन), सर्वहारा मजदुर सङ्घ र नेपाल कम्युनिष्ट पार्टी (जनमुखी)को विलयबाट भएको थियो। त्यसलगत्तै नेपाल कम्युनिष्ट पार्टी (मसाल) छाडेर गएका बाबुराम भट्टराई र शितलकुमार कोइरालाको नेतृत्वमा आएको एउटा समूह पनि पार्टीमा सामेल भएको थियो।[१] संयुक्त जनमोर्चा नेपाल यसको निर्वाचक मोर्चाको रूपमा रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकता केन्द्र) | |
---|---|
स्थापना | ३ मङ्सिर २०४७ |
विघटन | २०५७ |
समायोजन | नेकपा (मशाल) नेकपा (चौथो महाधिवेशन) सर्वहारा मजदुर सङ्घ नेकपा (जनमुखी) |
अग्रकालीन | नेकपा (एकता केन्द्र-मसाल) |
निर्वाचक मोर्चा | संयुक्त जनमोर्चा नेपाल |
विचारधारा | साम्यवाद मार्क्सवाद-लेनिनवाद |
राजनीतिक स्थान | वामपन्थी |