ढाँचा:इतिहासमा आज/मार्च
मार्च, {{{1}}}
सम्पादन गर्नुहोस्१, मार्च (जन्म): ~ जुमानु राई (सन् १९८३)
- वि.सं. १८६० (सन् १८०३) - ओहायो अमेरिकाको १७औं राज्यको रूपमा स्थापित भएको थियो ।
- वि.सं. २०५२ (सन् १९९५) - याहू (चित्रमा) समाविष्ट भएको थियो ।
२, मार्च (जन्म): एम्बर स्मिथ (सन् १९७१)
- वि.सं. २०१३ (सन् १९५६) - मोरक्कोले फ्रान्सबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
- वि.सं. २०२५ (सन् १९६९) - सुपरसोनिक कोनकोर्डले पहिलो परिक्षण उडान भरेको थियो ।
- वि.सं. २०३३ (सन् १९७७) - लिबियाले सम्बिधान संशोधन गरेको थियो ।
३, मार्च (जन्म): जेसिका बेल (सन् १९८२)
- वि.सं. १९१२ (सन् १८४५) - फ्लोरिडा अमेरिकाको २७औं राज्य बनेको थियो ।
- वि.सं. १९८० (सन् १९२३) - टाइम पत्रिका पहिलो पटक छापिएको थियो ।
४, मार्च (जन्म): श्रद्धा दास (सन् १९८७)
- वि.सं. १९३९ (सन् १८८२) - ब्रिटेनको पहिलो बिधुत्तीय ट्रम पूर्वी लण्डनमा चलाइएको थियो ।
- वि.सं. २०५८ (सन् २००१) - बिबिसी टेलिभिजन केन्द्र अगाडी बम आक्रमण भएको थियो ।
- वि.सं. २०७१ (सन् २०१५) - इस्तानबुलबाट काठमाडौंकोलागी उडान भरेको टर्किस एयरलायन्सको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनागस्त भएको थियो तर उक्त दुर्घटनामा कुनै मानविय क्षति भने भएको थिएन।
५, मार्च (जन्म): जोलेन ब्लालक (सन् १९७५)
- वि.सं. २०२३ (सन् १९६६) - जापानको माउन्ट फुजी नजिक विमान दुर्घटना हुँदा १२४ जनाको मृत्यु भएको थियो ।
६, मार्च (जन्म): माधवकुमार नेपाल (सन् १९५३)
- वि.सं. १९५९ (सन् १९०२) - रियल म्याड्रिड फुटबल क्लबको स्थापना भएको थियो ।
- वि.सं. २०१४ (सन् १९५७) - घानाले ब्रिटिश शासनबाट स्वतन्त्रता प्राप्त गरेको थियो ।
७, मार्च (जन्म): विव रिचर्डस (सन् १९५२)
- वि.सं. २०४२ (सन् १९८५) - वी आर द वर्ल्ड नामक गित विश्व्यापी रूपमा जारी गरिएको थियो ।
- वि.सं. २०६३ (सन् २००६) - आतङ्कवादी सङ्गठन लस्कर ए तोयबाले भारतको सहर वाराणसीमा शृङ्खलाबद्ध बम बिष्फोट गरेको थियो ।
८, मार्च (जन्म): फरदीन खान (सन् १९७४)
- वि.सं. १८६४ (सन् १८१७) - न्यू योर्क स्टक एक्सचेन्जको स्थापना भएको थियो ।
- वि.सं. १९१४ (सन् १८५७) - घानाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो ।
९, मार्च (जन्म): युरी गागरिन (सन् १९३४ - १९६८)
- वि.सं. २०७१ (सन् २०१५) - अर्जेन्टिनामा दुई हेलिकप्टर जुद्धा १० जनाको मृत्यु भएको थियो ।
११, मार्च (जन्म): टेरेन्स होवार्ड (सन् १९६९)
- वि.सं. २०६६ (सन् २०११) - जापानको सेनडेइ सहर देखि १३० कि.मि. पूर्वमा ९ रेकटर स्केलको भुकम्पको कारण आएको सुनामीले हजारौ व्यक्तिहरूको मृत्यु भएको थियो ।
- वि.सं. २०६९ (सन् २०१३) - युरोपेली संघले पशु माथि परिक्षण गरिएको सौन्दर्य सामग्रीको विक्रिमा प्रतिवन्ध लगाएको थियो ।
१२, मार्च (जन्म): श्रेया घोषाल (सन् १९८४)
- वि.सं. १९८७ (सन् १९३०) - महात्मा गान्धीले २०० माइल लामो नुन सत्याग्रह सुरू गरेका थिए ।
- वि.सं. २०५० (सन् १९९३) - जेनेट रेनो अमेरिकाको पहिलो महिला प्रधान न्यायधिवक्ता भएकी थिइन् ।
- वि.सं. २०७५ (सन् २०१८) - युएस-बंगला विमानसेवा फ्लाइट २११ २०७४ फागुन २८ मा ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो
१३, मार्च (जन्म): क्याथी हिल्टन (सन् १९५९)
- वि.सं. १८३८ (सन् १७८१) - विलियम हर्चेलद्वारा अरुणग्रह पत्ता लगाइएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - २६६औं क्याथोलिक पोपको रूपमा पोप फ्रान्सिस (चित्रमा) निर्वाचित भएका थिए ।
१४, मार्च (जन्म): अल्बर्ट आइन्स्टाइन (सन् १८७९ - १९५५)
- वि.सं. २०७४ (सन् २०१८) - प्रख्यात बैज्ञानिक स्टिफन हकिङको ७६ वर्षमा मृत्यु भएको थियो ।
१५, मार्च (जन्म): आलिया भट्ट (सन् १९८३)
हेर्ने – वार्ता – सम्पादन
१६, मार्च (जन्म): एलेक्स लि (सन् १९७०)
- वि.सं. २०६८ (सन् २०१२) - भारतीय क्रिकेट खेलाडी सचिन तेन्दुलकर १०० अन्तर्राष्ट्रिय सेन्चुरी बनाउने पहिलो क्रिकेट खेलाडी बनेका थिए ।
१७, मार्च (जन्म): कल्पना चावला (सन् १९६१ - २००३)
- वि.सं. २०५३ (सन् १९९७) - सिएनएनले स्पेनिस भाषामा प्रसारण शुरू गरेको थियो ।
१८, मार्च (जन्म): रत्ना पाठक (सन् १९६३)
- वि.सं. २०७० (सन् २०१४) - अमेरिकाले सिरियाको राजदुतावास बन्द गरी सिरियाली राजदुतावासको कर्मचारीहरूलाई निकाला गरेको थियो।
- वि.सं. २०७० (सन् २०१४) - रुस र क्रिमियाका संसदहरूले एकीकरण सन्धिमा हस्ताक्षर गरेका थिए।
- वि.सं. २०७९ (सन् २०२३) - अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुस र युक्रेनबीचको कथित युद्ध सङ्कटका लागि भ्लादिमिर पुतिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
१९, मार्च (जन्म): ब्रुस विलिस (सन् १९५५) ~ झलनाथ खनाल (सन् १९५०)
- वि.सं. १९८९ (सन् १९३२) - सिड्नी बन्दरगाह बाँध सर्वसाधारणको लागि खोलिएको थियो ।
२१, मार्च (जन्म): रोनाल्डिन्हो (सन् १९८०)
- वि.सं. २०६९ (सन् २०१३) - पाकिस्तानको पेशावरमा कारमा बम बिस्फोटन हुँदा १२ जनाको मृत्यु तथा ३० घाइते भएका थिए ।
२२, मार्च (जन्म): रिस वीदरस्पुन (सन् १९७६)
- वि.सं. २०७२ (सन् २०१६) - आइएसआइएसले बेल्जियमको राजधानी ब्रसेलको एयरपोर्ट तथा सबवेमा आक्रमण गर्दा ३२ जना मारिएका थिए भने ३०० भन्दा बढी घाइते भएका थिए ।
२३, मार्च (जन्म): इमरान हाशमी (सन् १९७९)
- वि.सं. २०७१ (सन् २०१५) - सिङ्गापुरका पूर्व प्रधानमन्त्री ली कुआन युको ९१ वर्षको उमेरमा निधन भएको थियो ।
२४, मार्च (जन्म): जिम पार्सन्स (सन् १९७३)
- वि.सं. २०६४ (सन् २००८) - भुटानमा पहिलो जनचुनाव भए पश्चात प्रजातन्त्र घोषणा भएको थियो ।
२५, मार्च (जन्म): एलटन जोन (सन् १९४७)
- वि.सं. २०६१ (सन् १९९५) - विश्वविख्यात बक्सर माईक टाइसन ३ वर्षको जेल सजाय पछि बाहिर निस्किएका थिए ।
२६, मार्च (जन्म): लेरी पेज (सन् १९७३)
- वि.सं. २०६२ (सन् २००६) - स्कटल्याण्डमा सार्वजनिक स्थलमा धुम्रपानलाई निषेध गरिएको थियो ।
२७, मार्च (जन्म): मारिया केरी (सन् १९६९)
- वि.सं. २०३२ (सन् १९७५) - ट्रान्स अलास्का पाइपलाइन प्रणालीको कार्य आरम्भ गरिएको थियो।
- वि.सं. २०७७ (सन् २०२०) - उत्तर म्यासेडोनिया नेटोको ३०औं सदस्य राष्ट्र बनेको थियो।
२९, मार्च (जन्म): फ्याबियो बोरिनी (सन् १९९१)
- वि.सं. २०६० (सन् २००४) - आयरल्याण्ड धुम्रपान निषेश गर्ने विश्वको पहिलो राष्ट्र बनेको थियो ।
३०, मार्च (जन्म): भिनसेन्ट भ्यान गोह (सन् १९५३-१८९०)
- वि.सं. २०६६ (सन् २००९) - पाकिस्तानको लाहोरमा एक प्रहरी चौकी माथि १२ बन्दुकधारीले आक्रमण गरेका थिए ।
३१, मार्च (जन्म): मेलिसा ओर्डवे (सन् १९८३)
- वि.सं. २००६ (सन् १९५९) - चौधौं दलाई लामा भारतको सीमा प्रवेश गरि राजनीतिक शरण पाएका थिए ।
- वि.सं. २०५२ (सन् १९९५) - सोमालियामा अमेरिकी सैनिकको कार्यक्रम समाप्त भएको थियो ।