टाइम (पत्रिका) अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक समाचार पत्रिका हो जसको प्रकाशन न्यु योर्क सहरबाट हुन्छ । यसको स्थापना सन् १९२३ मा भएको हो र कयौं दशकसम्म यसमाथि हेनरी ल्यूसको प्रभुत्व रहेको थियो । टाइम को विश्वभरमा कयौं संस्करण प्रकाशित हुने गरेको छ । यूरोप संस्करण टाइम यूरोप (पूर्व नाम: टाइम अटलान्टिक)को प्रकाशन लण्डनबाट हुने गरेको छ र यसले मध्य पूर्व, अफ्रिका र सन् २००३बाट यसले ल्याटिन अमेरिकालाई पनि समेट्ने गरेको छ । यसको एसिया संस्करण टाइम एसिया हङकङबाट संचालित हुने गरेको छ । दक्षिण प्रशान्त संस्करण सिड्नीमा आधारित छ र यसमा अस्ट्रेलिया र न्यू जील्याण्ड सहित प्रशान्त महासागरको द्वीप समूह समेट्ने गरिएको छ । सन् २००८ मा टाइमले आफ्नो क्यानाडामा स्थापित विज्ञापनदाता संस्करणलाई बन्द गरिदिएको थियो ।[२]
सन्दर्भ सामग्रीसम्पादन