उत्तर एट्लान्टिक सन्धि सङ्गठन

उत्तरी एट्लान्टिक सन्धि सङ्गठन नाटो / नेटो (English : North Atlantic Treaty Organization NATO) ३० युरोपेली तथा अमेरिकी देशहरूको अन्तरसरकारी सैन्य गठबन्धन हो।

नाटो गठबंधनको झन्डा

इतिहाससम्पादन

दोस्रो विश्व युद्ध पछि विश्व रङ्गमञ्चमा दुई महाशक्ति, सोभियत सङ्घसंयुक्त राज्य अमेरिकाको बीचको शीतयुद्ध विश्व स्तरमा विकास हुँदै गएको थियो।

मार्च १९४८ मा, बेलायत, फ्रान्स, बेल्जियम, नेदरल्यान्डलक्जमबर्गले बोसेल्सको सन्धिमा हस्ताक्षर गरेका थिए। यसको उद्देश्य सामूहिक सैन्य सहयोग र सामाजिक-आर्थिक सहयोग प्रदान गर्ने थियो। यसका साथै, सन्धिका हस्ताक्षरकर्ताहरूले प्रतिज्ञा गरे कि यदि उनीहरूले यूरोपमा आक्रमण गरे भने बाँकी चार देशहरूले हरेक सम्भावित मद्दत प्रदान गर्नेछन्।

स्थापनाको कारणसम्पादन

  1. द्वितीय विश्व युद्ध पछि, सोभियत सङ्घले पूर्वी यूरोपबाट आफ्ना सेनाहरू हटाउन अस्वीकार गर्यो र कम्युनिष्ट शासन स्थापित गर्न प्रयास गरे। अमेरिकाले यसको फाइदा उठायो र कम्युनिष्ट विरोधी भावाना लाई प्रोत्साहित गर्यो। र यूरोपीय देशहरूलाई कम्युनिष्ट खतराहरूको चेतावनी दिए। नतिजा, युरोपेली देशहरू एक सङ्गठन बनाउनको लागि तयार थिए जुन उनीहरूको रक्षा गर्थे।[१]
  2. द्वितीय विश्वयुद्धको दौरान पश्चिम यूरोपीय देशहरूले अत्यधिक क्षति व्यहोर्नुपर्यो। अतः उनीहरूको आर्थिक पुननिर्माणको लागि अमेरिका एक ठूलो आशा थियो, यस्तो अवस्थामा अमेरिकाद्वारा नाटो को स्थापनाको समर्थन उनीहरूले गरे। [१]

उद्देश्यसम्पादन

  1. युरोपको आक्रमणको बेला अवरोध गर्ने भूमिका खेल्ने।
  2. पश्चिम युरोपमा सोभियत युनियनको विस्तारलाई रोक्न तथा युद्धको स्थिति मा मानिसहरू लाई मानसिक रुपमा तयार पार्ने।
  3. युरोपियन राष्ट्रहरूको लागि सैन्य तथा आर्थिक विकासको लागि आफ्नो कार्यक्रम द्वारा युरोपेली राष्ट्रलाई सुरक्षा छाता प्रदान गर्ने।
  4. पश्चिमी युरोपको देशहरूलाई एक रूपमा संगठित गर्ने ।
  5. यसरी, नेटोको उद्देश्य "स्वतन्त्र संसार" को रक्षाको लागि, साम्यवादको लागि र यदि सम्भव भएमा साम्यवादलाई पराजित गर्नको लागि अमेरिकाको प्रतिबद्धता मानियो।

संरचनासम्पादन

नाटोको मुख्यालय ब्रसेल्समा छ। यसको संरचना ४ अंग मिलेर बनेको छ-

1. परिषद : यो नाटो को सर्वोच्च अंग हो। यसको निर्मान मन्त्रीहरू बाट हुन्छ। यसको मन्त्रीस्तरीय बैठक वर्षमा एक पटक हुन्छ। परिषदको मुख्य उत्तरायित्व समझौताको धाराहरूलाई लागू गर्नु हो।[१]

2. उप परिषद् : यह परिषद् नाटो सदस्य राष्ट्र द्वारा नियुक्त कूटनीतिक प्रतिनिधिहरूको परिषद् हो। यसमा नाटोको संगठनसंग सम्बद्ध सामान्य हितको विषयमा विचार विमर्श हुन्छ।

3. प्रतिरक्षा समिति : यसमा नाटोको सदस्य राष्ट्रको रक्षा मन्त्री सामेल हुन्छन्। यसको मुख्य कार्य प्रतिरक्षा, रणनीति तथा नाटो तथा गैर नाटो देशहरूमा सैन्य सम्बम्धी बिषयमा विचार विमर्श गर्नु हो।

4. सैनिक समिति : यसको मुख्य कार्य नाटो परिषद् एवं प्रतिरक्षा समितिलाई सल्लाह सुझाव दिनु हो। यसमा सदस्री राष्ट्रको सेनाध्यक्ष सामेल हुन्छन्।

नाटोको भूमिकासम्पादन

प्रभावसम्पादन

विस्तार : शीत युद्ध पछि नाटोसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ "नाटो’ क्यों और कब बना था?", Jagranjosh.com, २०१८-१२-०४, अन्तिम पहुँच २०२०-०६-१६