फुजी हिमाल (जापानी: 富士山) जापानको सबैभन्दा अग्लो हिमाल हो। [१] जुन २२, २०१३ मा यसलाई विश्व सम्पदा सूचीमा राखिएको थियो [१] युनेस्को अनुसार माउन्ट फुजीले "कलाकार र कविहरूलाई प्रेरित गरेको छ र शताब्दीयौंदेखि तीर्थयात्राको रूपमा प्रख्यात रहि आइको छ"। [२] यो हिमाल ज्वालामुखी बाट बनेको हो यसको उचाइ ३७७६ मिटर रहेको छ।

फुजी हिमाल
फुजी हिमाल
सर्वोच्च बिन्दु
उचाइ३,७७६.२५ देखि ३,७७८.२३ मी (१२,३८९.३ देखि १२,३९५.८ फिट) Edit this on Wikidata
प्रमुखता३,७७६ मी (१२,३८८ फिट)
सूची
निर्देशाङ्क३५°२१′३८″उ॰ १३८°४३′३९″पू॰ / ३५.३६०५६°N १३८.७२७५०°E / 35.36056; 138.72750निर्देशाङ्कहरू: ३५°२१′३८″उ॰ १३८°४३′३९″पू॰ / ३५.३६०५६°N १३८.७२७५०°E / 35.36056; 138.72750
नामकरण
मूल नाम富士山  (जापानी)
भूगोल
स्थानफुजी हकोने इजु राष्ट्रिय निकुञ्ज
देशजापान
भूविज्ञान
हिमाल प्रकारमिश्रित ज्वालामुखी
आरोहण
सबैभन्दा सजिलो मार्गपैदल यात्रा

भूगोल सम्पादन गर्नुहोस्

माउन्ट फुजीको उचाइ ३७७६ मिटर रहेको छ र यो टोकियोको दक्षिणपश्चिममा, होन्शुको प्रशान्त तट नजिकै अवस्थित रहि शिजुओका र यामानाशी प्रिफेक्चरको सिमानामा फैलिएको छ। यो हिमाललाई चारवटा साना सहरहरूले घेरेका छन्: पूर्वमा गोटेम्बा, उत्तरमा फुजियोशिडा, दक्षिणपश्चिममा फुजिनोमिया र दक्षिणमा फुजी। साथै यसको वरपर पाँच तालहरू रहेका छन्: कावागुची ताल, यामानाका ताल, साई ताल, मोटोसु ताल र सोजी ताल। मौसम सफा भएको बेला टोकियोबाट पनि यो हिमाल देख्न सकिन्छ।[३]

जलवायु सम्पादन गर्नुहोस्

माउन्ट फुजीको शिखरमा टुन्ड्रा जलवायु छ ( कोपेन हावापानी वर्गीकरण ET )। उचाइमा तापक्रम धेरै कम हुन्छ, र शिखरमा वर्षको धेरै महिनासम्म हिउँले ढाकिएको हुन्छ। शिखरमा सबैभन्दा कम रेकर्ड गरिएको तापमान −३८.० C हो (फेब्रुअरी 1981) र उच्चतम तापमान १७.८ C थियो (अगस्त १९४२)।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ [१] वेब्याक मेसिन अभिलेखिकरण जुन २७, २०१३ मिति
  2. Centre, UNESCO World Heritage, "Fujisan, sacred place and source of artistic inspiration", UNESCO World Heritage Centre (अङ्ग्रेजीमा), मूलबाट अक्टोबर १७, २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०२-११ 
  3. "STS-107 Shuttle Mission Imagery", NASA, जनवरी २६, २००३, मूलबाट फेब्रुअरी १०, २००३-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १६, २०१२  वेब्याक मेसिन अभिलेखिकरण मे १५, २०१३ मिति