वि.सं. १९१४ सालमा नेपालले सुगौली सन्धि पश्चात् गुमाएका पश्चिमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलालीकञ्चनपुर तत्कालीन अङ्ग्रेज सरकारबाट फिर्ता पाएपछि उक्त भूमिलाई नै 'नयाँ मुलुक' भन्न थालिएको हो।[][]

सन् १८६०मा नेपालले गुमाएको पश्चिमी तराई फिर्ता पाएपछिको भागलाई नयाँ मुलुक भन्न थालिएको हो।

वि.सं. १९१४ साल (सन् १८५७)मा भारतको इस्ट इन्डिया कम्पनीविरुद्ध भारतका सिपाहीहरू, राजा–रजौटा र जनताहरूले ठुलो विद्रोहको सुरुवात गरेका थिए। यो विद्रोहको मूल कारण अङ्ग्रेजहरूले हिन्दु र मुसलमानहरूको धर्म नष्ट गर्न रचेको षडयन्त्र थियो। यो षडयन्त्र अनुसार अङ्ग्रेजी सेनामा कार्यरत भारतीय हिन्दु तथा मुस्लिम सेनाहरूले राइफलमा गोली हाल्नुअघि गोलीको सिल दाँतले टुटाउनु पर्दथ्यो। उक्त सिल गाईको छालाको हुन्थ्यो भने सिलभित्र सुँगुरको बोसो राखिएको हुन्थ्योे। अङ्ग्रेजहरूले राइफलको गोलीद्वारा आफ्ना सेनामा रहेका हिन्दु/मुस्लिम सेनाहरूलाई दुवै जनावरको मासु खुवाएर उनीहरूलाई इसाई बन्न दवाव दिइरहेका थिए तर यसको सर्वत्र घोर निन्दा भयो। यसको विरोध स्वरुप मङ्गल पाण्डे भन्ने एकजना भारतीय अङ्ग्रेज सिपाहीले आफ्ना अङ्ग्रेज कमान्डरलाई गोली हानी मारीदिएपछि इस्ट इन्डिया कम्पनी सेनामा ठुलो खैला–वैला मच्चियो। थोरै दिनभित्र उक्त विद्रोहले विशाल रूप लिएको थियो।[][]

यो विद्रोहको सुरुवात भारतको मेरठ सहरबाट भएको थियो।[] विद्रोहको नेतृत्व तत्कालीन मराठा पेशवा नाना साहेबले गरेका थिए। विद्रोहले विशाल रूप लिएपछि निर्णायक विजयीका लागि उनले तत्कालीन नेपाल सरकारसँग अङ्ग्रेजविरुद्ध सैनिक सहायता मागेका थिए। त्यस्तै लखनऊका नबाफले पनि नेपाल सरकारसँग अङ्ग्रेजविरुद्ध सैन्य सहयोग मागेका थिए। तर नेपालका प्रधानमन्त्री समेत रहेका जङ्गबहादुर राणाले भने अन्दोलनकारीलाई सहयोग नगरी भारतमा अङ्ग्रेजविरुद्ध भएको सशस्त्र जन आन्दोलन दबाउन अङ्ग्रेजहरूलाई सैन्य सहयोग गर्न चाहन्थे।[] जङ्गबहादुरले सो समयमा पुरै विश्वको शक्तिशाली राष्ट्र ग्रेट ब्रिटेनबाट आफ्नो सरकारलाई मान्यता दिलाउन चाहन्थे र ब्रिटिस सरकार निकै शक्तिशाली भएको हुँदा विद्रोहीहरूको विजयी नहुने सम्भावना देखेकोले ब्रिटिस सरकारसँग घनिष्ठता बढाउन चाहन्थे।[] यस बाहेक अङ्ग्रेजहरूलाई सहयोग गर्न चाहनुका पछाडि अन्य कारणहरू पनि थिए।[] उनले काठमाडौँस्थित ब्रिटिस रेजिडेन्ट जर्ज र्‍यामजीसँग बिद्रोह दबाउन नेपाली सेना पठाउने अग्रिम प्रस्ताव पेश गरेका थिए जस प्रस्तावलाई र्‍यामजीले स्वीकार गरी आफ्ना भारतस्थित गभर्नर जनरललाई पत्राचार गरेका थिए तर गभर्नर जनरल चार्ल्स क्यानिङले नेपाली सेना हिन्दु भएको र यसले कम्पनी सरकारलाई सहयोग नगरी बिद्रोहीहरूसँग मिलेर उनीहरूलाई सहयोग गर्न सक्ने सम्भावनाको शङ्का गरी यो प्रस्ताव अस्वीकार गरिदिएका थिए।[] अर्को कुरा के थियो भने सन् १८४८ मा भएकोे अङ्ग्रेज सिख युद्घमा पन्जाबकेशरी महाराजा रणजित सिंहको पराजय सँगै मृत्यु भएपछि उनकी विधवा रानी चाँद कवर लाई अङ्ग्रेजहरूले ऐतिहासिक चुनारगढ किल्लामा कैदगरी राखेका थिए। तर उनी उक्त किल्लाबाट भाग्न सफल भइन्। उनी जोगीनीको भेष धारण गरी नेपाल आइन् र नेपाल सरकारसँग राजनीतिक शरण मागिन्। नेपाल दरवारमा खैलावैला मच्चीयो। शरणदिए पछि अङ्ग्रेजहरू रिसाउने , शरण नदिए हिन्दुधर्मको राजधर्म अनुसार एक अवला स्त्री लाई शरण नदिएको पापलाग्ने। आखिरकार जङ्गबहादुरले रानी चाँद कवर लाई राजनीतिक शरण दिएका थिए। कम्पनी सरकारले चाँद कवर लाई फिर्ता पठाईदिन अनुरोध ग¥योे, तर जङ्गबहादुरले आफू हिन्दुराजा भएकोले शरणको मरण गर्न नसक्ने भनि अस्वीकार गरिदिएका थिए। यसकारण पनि ीयचम अबललष्लन ले नेपालसँग विश्वास गर्न नसकेर यो प्रस्ताव अस्वीकार गरीदिएका थिए। जङ्गबहादुरले प्रस्ताव पठाई रहे। ीयचम अबललष्लन ले अस्विकार गरीरहे। यो क्रम धैरै पटक चलेको थियोे भन्ने इतिहास छ।

सैन्य सहायता माग

सम्पादन गर्नुहोस्

जुलाई १८५७ मा भारतीय अन्दोलनकारिहरूले गोरखपुर देखी उत्तर भारतका लखनऊ लगायतका धैरैजसो सहरहरू कब्जा गरी सकेपछि अङ्ग्रेज हरू आत्तीए। भातिय अङ्ग्रेज सेना त्यहाँको जन–विद्रोह दवाउन पूर्ण असफल भएपछि मात्रै प्रयोगात्मक रूपमा ीयचम अबललष्लन ले विद्रोह दवाउन नेपाल सरकारसँग औपचारिक सैन्य सहायता मागे। तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले खप्तडका राजा पहलमान सिंह बस्नेत काे नेतृत्वमा ६००० जना योग्यतम सेना भारत तर्फ पठाए। यो सेनाले उत्तर भारतका धेरै सहरहरूमा विद्रोहिहरूसँग कडा सङ्घर्श गरी उनिहरूले कब्जा गरेका सहरहरू आफ्नो नियन्त्रणमा लियो। त्यसपछि मात्रै अङ्ग्रेजहरू लाई नेपाल सरकार प्रतिपूर्ण विश्वास भएको थियो। निरास भएर भात छोड्ने मनस्थिति बनाइ सकेका अङ्ग्रेज हरूले अतीनै खुसी भए।

महाराजको कमान

सम्पादन गर्नुहोस्

१० दिसम्बर १८५७ मा जङ्गबहादुर राणाले आफ्नै कमानमा ९००० सेनाको विशाल फौज लिई काठमाडौँबाट गोरखपुरका लागि प्रस्थान गरे। ६ जनवरी १८५८ उनी गोरखपुर पुगे। १५/२० दिन भित्रै गोरखपुर कब्जा गरे। अङ्ग्रेज सेनाको सहायताका लागि केही सेना त्यहि छाडि बाँकी सेनाका साथ उनी अम्बरपुर तिरलागे। अम्बरपुर कब्जा गरिसके पछि त्यहाँबाट साना–तिना किल्लाहरू कब्जागर्दै उनी ११ मार्च १८५८ मा उनी लखनऊ आई पुगे। लखनऊमा नेपाली–अङ्ग्रेज सेनाको संयुक्त फौजले विद्रोहिहरू लाई त्यहाँबाट लखेटेका थिए। जङ्गबहादुर नेतृत्वको नेपाली सेनाले जौनपुर, आजमगढ, मुवारकपुर, कुण्डिया, चण्डा, बदलपुर, हमिरपुर, सुल्तानपुर, सोनपुर बरसतपुर, बादशाहगन्ज, लखनऊ आदि ठाउँमा विद्रोहिहरूसँग भिषण सङ्घर्श गरी विद्रोही हरूलाई पराजित तुल्याएको थियो।

नेपाली सेनाले लखनऊको बेगमकोठि, आलमबाग, छतरमंजिल, मोतिमहल, केशरबाग, ताराकोठि र मुसाबागमा ठुलो लुट मच्चाएका थिए भन्ने इतिहास छ। केशरबागमा त प्रसस्त हीरामोति÷जवाहरात र सुनचाँदी फेलापरेको थियो। जवाहरात र मोतिको महत्त्व नबुझेका नेपाली सेनाले जवाहरात र मोतिको हार फोरी त्यसमा उनिएको सुनको धागो मात्रै लिएर आएका थिए। सुनभन्दा कैयौ गुना महंगो जवाहरात र हीरामोति चिन्न नसकेर प्mयाकिदिएका थिए भन्ने इतिहास छ।

विद्रोह समाप्त भए पछि जङ्गबहादुर २३ मार्च १८५८ मा इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल ीयचम अबललष्लन लाई भेट्न ईलाहाबाद गएका थिए। त्यहाँ ४दिन बसी बनारस हुँदै ४ मे १८५८ मा जङ्गबहादुर काठमाडौँ आइपुगेका थिए। नेपाली सेनाको सहयोगमा यो भिषण बिद्रोह दमन भएपछि भारत लाई स्वतन्त्र हुन थप ९० वर्षअरु लागेको इतिहास छ।

यो विजयबाट अत्यन्तै खुसिभई ब्रीटिश सरकार द्वारा जङ्गबहादुरलाई ई.स.१८५९मा (Grand Cross of the Order) नामक तक्मा प्रदान गरीएको थियो। आपतको समय मद्दत गरेवाफत नेपाललाई स्थाई उपहार दीने Lord canning को चाहना अनुसार निजले सुगौलि सन्धीद्वारा नेपाल ले गुमाएका ४ जिल्ला बाँके ,बर्दिया, कैलालीकञ्चनपुर नेपाललाई फीर्ता गर्न होम डिपार्टमेन्ट मार्फत ईष्ट इण्डीया कम्पनीका डाइरेक्टर लाई सिफारिस गरेका थिए। सन् १ नोभेम्वर १८६० मा ब्रीटिश सरकार र नेपाल सरकार विच (restoration treaty) नामक सन्धी भयो।

यो सन्धी अनुसार सुगौलि सन्धिमा नेपालले गुमाएका पश्चीमी नेपालका ४ जिल्लाहरू बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपाललाई फीर्ता गरीएको थियो। अङ्ग्रेज बाट फिर्ता आएको भूमिलाई ‘नयाँ मुलुक’ भनिन थाल्यो। नयाँमूलुक अन्तरगत पर्ने पूर्वको राप्ति नदि र पश्चिमको महाकालि नदि विचको भू–भागमा निकै ठुलो घनाजङ्गल थियो। विश्वप्रसिद्घ चारकोशे झाडी यसै जङ्गल भित्र पर्दथ्यो। आजभन्दा १५५ वर्ष अगाडि यहाँ बस्ति थिएन। यो दक्षिण एसियाकै प्रसिद्घ शिकारगाह पनि थियो। यो जङ्गलमा शिकार खेल्न नेपाल सरकारका तत्कालीन श्री ५ महाराज धिराज, श्री ३ महाराज र निजका भाइ भतिजा र राजकुमारहरू, र उच्चपदस्थ सैनिक कर्मचारीहरू आउने गर्दथे। ब्रीटेनका राजकुमार प्रीन्स अफ वेल्स ले पनि यहाँ सिकार खेल्न आएकोे इतिहास पाइन्छ।

इस्ट इन्डिया कम्पनी (ब्रीटिश भारतीय सरकार) सँग नेपालको बि.स. १९७७ अथवा (सन् २३ अगस्त १९२०) मा शारदा सिँचाइ परियोजना सम्वन्धि सम्झौता भयो। त्यतिबेला नेपालका प्रधानमन्त्री चन्द्रसमशेर थिए। ८ वर्ष लगाएर निर्माण सम्पन्न भएको शारदा बैराज र नहरको उद्घाटन वि.सं. १९८५ (११ दिसेम्वर १९२८) मा तत्कालीन अङ्ग्रेज सरकारका भारत स्थित विशिष्ट अधिकारी सर मल्कोन थैलिसले गर्नु भएको थियो। यो नहर बनाउदा तत्कालीन अङ्ग्रेज सरकारका प्रमुख ईन्जिनियर मिष्टर एफ. एफ. बैन र मिष्टर बि.डी.ओ.डारले याहाँ काम गरेकाथिए। नहर निर्माण गर्दा नहरको पूर्वमा पर्ने नेपालको भूमि प्रयोग गर्नुपर्ने बाध्यता भएकोले अङ्ग्रेज सरकारले मो.रु ५००००/– पचाश हजार नेपाललाई क्षतिपुर्ति दिएको थियो। शारदा ब्रीज र नहरको निर्माण सु–सम्पन्नभैसके पछि अङ्ग्रेजहरू लाई भारतमा थप रेलवे लाईन विस्तारका लागि रेलवेपटरी मुनि विछ्याउन सालको काठको जरुरत थियो, जो नेपालको यसै भू–भागमा अकुत रूपमा उपलब्ध थियो। नेपालका प्रधानमन्त्रीहरू पनि नयाँमुलुकको जङ्गललाई फडानि गरी बस्ती अवाद गर्न चाहन्थे। कारण उति बेलाको राज्यकोषको मुख्य आम्दानी भनेकै जग्गाबाट प्राप्तहुने लगान (मालपोत) थियो। जो अहिलेको अनुपातमा निक्कै चर्को हुने गर्दथ्यो। वि.सं. १९८५ मा कोइलर भन्ने एक अङ्ग्रेज ठेकेदार लाई श्री ३ चन्द्र शमशेर ज.ब.रा.ले नयाँमुलुकको जङ्गलको फडानि गर्ने अख्तियारी दिए। यो अख्तियारी पाएपछि कोयलरले कञ्चनपुरको झलारीको उत्तरमा पर्ने स्टेसनपुर र कैलालीको गौरीफन्टा नाका हुँदै चौमाला सम्म रेल सेवा विस्तार गरी यहाँको धेरै काठ भारत तर्फ लग्यो। नयाँमुलुकमा जङ्गल फडानी भए सँगै रस्ती–बस्ती अवाद हुने क्रम पनि बढ्दै गयो। वस्ति वसाउने काम गर्ने लाई जिमीदार पदवी दिइयो। जिमीदार ले आफ्नो ईलाकाबाट लगान वा मालपोत उठाई निर्धारीत समयमै ९५ प्रतिशत रकम नेपाल सरकारलाई बुझाउनु पर्दथ्यो। नेपाल सरकारबाट निजले उठाएको कुल मालपोतको ५ प्रतिशत निज लाईनै पारीतोसिक उपलब्ध गराइन्थ्योे। १९३० पछि भारमा अङ्ग्रेज विरुद्धको जन अन्दोलन झन–झन तिब्र हुँदै गयो।

भारत स्वतन्त्रता पछि

सम्पादन गर्नुहोस्

भारतीय आन्दोलनकारी हरूबाट अङ्ग्रेजले हार खानु परे पछि वि.सं. २००४ साल तदनुसार (१५ अगस्त १९४७) मा अङ्ग्रेजहरू भारत छोड्न बाद्घय भए। तिनै कोइलर भन्ने अङ्ग्रेज ठेकेदारले जङ्गल फडानी गरी बस्तियोग्य बनाएको भू–भाग बाटै कैलाली र कञ्चनपुरमा मानव बस्तीको सुरुवात भएको पाइन्छ। सर्वप्रथम राना समुदायले भारतका उत्तरी जिल्लाहरूबाट कञ्चनपुर हुँदै त्यहाँबाट नयाँमुलुकका अन्य भागमा प्रवेश गरी बस्ती बसाले। पछि दाङ् जिल्लाबाट थारू, राजी, र कठरिया समुदायहरू बाँके, बर्दिया र कैलाली तिर बसाई सर्दै आए। पहाडि जिल्लाहरूबाट पहाडियाहरूको पनि आगमन को क्रम सुरुभयो। डोटी बोगटान निगाली गाउँका ठकुरी बाबुसाई कृती सिं बोगटी रजवार कैलालीको हँसुलिया क्षेत्रमा आइ यहाँ बसोबास गर्ने पहिलो पहाडिया जिमदार बनेका थिए। सुरु–सुरुमा पहाडीहरू ६महिना हिउदमा मात्रै यहाँ आई आफ्ना गाई–भैसीहरू चराउन गर्थे। चैत लागे पछि गर्मी र औलो को डरले पहाड फर्कन्थे। तर दाङ् जिल्लातिरबाट सर्दै आएका थारू–चौधरीहरू र उत्तर भारतबाट आएका रानाहरू भने यहाँ स्थाई रूपमा रहे। कालान्तरमा औलो र मलेरीया रोगको स्थायी उपचार पत्ता लागेपछि पहाडि समुदायले पनि नयाँमुलुकमा स्थायी रूपमा बसोबासको सुरुवात गरेको पाइन्छ।

सिमा अतिक्रमण

सम्पादन गर्नुहोस्

शारदा (महाकाली) नहर निर्माण अवधिभर केहीसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतीयहरूले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन्। बनबासा भंन्सारमा मा निर्दोश नेपालिहरू भारतीय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ। २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरू ले भारत तुष्टीकरणको नीतिलिए पछि यो समस्याले थप विकराल रूप लिएको हो। टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी रूपमा टनकपुर बाँध बाँधी २०००० क्यूसेक क्षमताको नहर समेत निर्माण गरी १२० मेघावाट विद्युत उत्पादन र उपयोग गरीरहेको छ।

१२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालीन नेपाल सरकारका प्रधान मन्त्री शेरबहादुर देउबाभारत सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरू विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि[१०] भएको २० वर्ष पुग्दैछ। तर टनकपुर बाँधबाट हालसम्म नेपालले एक थोपा पानी पनि पाएको छैन। टनकपुर बाँध बनाउदा विस्थापित भएको सीमा स्तम्भ नं ३ को पनि पुनः स्थापना हुनसकेको छैन। नेपालको पक्षमा कार्यान्वयन हुनु पर्ने भनी महाकालि सन्धिमा उल्लिखित अधिकांस बुँदाहरू भारतले कार्यान्वयनमा ल्याउन चाहेकै छैन। सन्धि अनुसार नेपाललाई शारदा (महाकाली) बाँधबाट वर्षायाममा २८.३५ घ.मी. प्रती सेकेण्ड तथा सुख्खायाममा ४.२५ घ.मी. प्रति सेकेण्ड पानि प्राप्त गर्ने अधिकार छ। त्यस्तै महाकालि सन्धिको धारा ४ मा उल्लेख भए अनुसार नेपालि ईलाकाको दोधारा–चाँदनी क्षेत्रको सिँचाइका लागि भारतले १० घ.मि. प्रति सेकेण्ड पानी नियमित उपलब्ध गराउने छ, भनि उल्लेख गरीएको छ , तर भारत ले अझै सम्मपनि दोधारा–चाँदनी क्षेत्रको सिँचाइको लागि छुट्याएको पानी दिएको छैन। त्यती बेला दुवै पक्षको हित हुने भनी गरीएको महाकाली सम्झौता हाल आएर भारतले एकलौटि रूपमा आफ्नो मात्रै हितहुने गरीे प्रयोग गरिरहेको छ। वर्षयाममा बाढी आएपछिमात्रै भारतले बनबाशा ब्यारेजका नेपाल तर्फका ढोकाहरू खोल्ने गरेको छ। अरु समयमा ९० प्रतिशत पानि भारतले एकलौटि रूपमा आफुमात्रै प्रयोग गर्दै आइरहेको हुन्छ। नेपालको खस्कीदो राजनीतिक अवस्थाको लाभ उठाउदै भारतले हालका केही वर्षहरूमा कैलालीकोे परासन गा.वि.सं. लगायतका ठाउँहरूबाट नेपाली सिमानाहरू मिचेर भारतमा गाभ्ने काम लाई तिब्रता दिइरहेको छ सिमानाका नेपाली बासिन्दा हरूले यसको तिब्र विरोध गरे पछि सिमामिच्ने कामलाई निरन्तरता दिन १५५ वर्ष देखि दाजु–भाइ जस्तै बसेर आइरहेका थारू चौधरी र पडाही समुदाय विचको सामाजिक सौहार्दता धमिल्याउने षडयन्त्र गरीरहेको छ। नेपाल–भारत सिमानाको प्रतेक ५/५ किलोमिटर क्षेत्रमा भारतीय अर्धसैनिक बल एस.एस.बि.लाइ तैनाथ गरीएको छ। यिनीहरूको काम बेला–बेलामा नेपाली भू–भागमामा पसि नेपालीहरू दुःख दिनु र सिमा मिच्नु बाहेक अरुकेही पनि छ जस्तो देखिदैन। यो समस्या प्रति हामीसबै देशभक्त नेपाली हरूले बेलैमा सचेत नभए भविस्यमा नयाँमुलुकको इतिहास इतिहासमा मात्रै सीमित नहोला भनेर भन्न सकिन्न।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. श्रेष्ठ, बुद्धिनारायण, "नयाँ मुलुक प्राप्तिको सिमाना", कान्तिपुर समाचार (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  2. सिग्देल, राजकुमार, "नयाँ मुलुकमा पुराना मान्छे", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  3. गोर्खाली, उमेश राणा, "लखनउ विद्रोह: जङ्गबहादुरको ध्येय", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  4. "इतिहासमा आज : सिपाही विद्रोह गर्ने मङ्गल पाण्डेलाई फाँसी", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  5. ओझा, डा. बद्रीप्रकाश, "किन उपेक्षित छन् सहिद, बिदा दिँदा के जान्थ्यो ?", रातोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  6. उलक, सुनील, "जंगबहादुरले प्रेमिकाको अनुरोधमा लडेको त्यो युद्ध", सेतोपाटी (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  7. राना 'गोर्खाली, उमेश, "लखनउ विद्रोह दबाएर फर्केपछि लखन थापाले भने- जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो!", हिमाल खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  8. "‘जंगबहादुर बेलायतसँग नमिलेको भए नेपालको स्वतन्त्रतालाई ठूलै खतरा हुनेथियो’", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  9. Koirala, Bhaskar, "Portrait of Dalhousie", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२५-०१-०९ 
  10. स्थानिय विकास मञ्च (फेल्ड) कञ्चनपुरको बार्षिक मुख पत्र (पानी)२०७१ मङ्सिर

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्