आम्बेडकर जयन्ती

बाबासाहेब आम्बेडकरको जन्मदिनमा मनाइने पर्व

आम्बेडकर जयन्ती, डा. बाबासाहेब आम्बेडकर जयन्ती वा भीम जयन्ती बाबासाहेब आम्बेडकरको जन्मदिनको उपलक्ष्यमा मनाइने एक भारतीय पर्व हो । भारत लगायत १०० भन्दा बढी देशमा १४ अप्रिलमा आम्बेडकर जयन्ती मनाइन्छ ।[१] सामाजिक, संस्कृतिक र धार्मिक पर्वको रूपमा मनाइने यस उत्सवलाई महाराष्ट्र लगायत भारतका अधिकतम राज्यमा सार्वजनिक छुट्टी घोषणा गरिएको छ । आम्बेडकरवादी जनताले यस दिनलाई समानता दिवसको रूपमा मनाउँछन् भने महाराष्ट्र सरकारले यस दिनलाई ज्ञान दिवस घोषणा गरेको छ ।

आम्बेडकर जयन्ती
सन् २०१७ मा जालनामा १२३ औँ आम्बेडकर जयन्तीको मनाइँदै
आधिकारिक नामडा. बाबासाहेब आम्बेडकर जयन्ती
वैकल्पिक नामभीम जयन्ती
अनुयायी१०० भन्दा बढी देशमा
प्रकारसामाजिक
उत्सव१ दिन
प्रारम्भ१४ अप्रिल १९२८
मिति१४ अप्रिल
आवृत्तिवार्षिक

बाबासाहेबको जन्मदिनको अवसरमा प्रत्येक वर्ष उनका अनुयायीहरू उनको जन्मस्थल भीम जन्मभूमि स्मारकका साथै दीक्षाभूमि, चैत्य भूमि तथा सम्बन्धित स्थल, सार्वजनिक स्थल, सहर, गाउँ, शैक्षिक संस्थान, विश्वविद्यालय तथा बौद्ध बिहार जान्छन् । आम्बेडकर जयन्ती विश्वका १०० भन्दा बढी देशमा मनाइन्छ ।[२][३]

भारतका आन्ध्र प्रदेश, उत्तर प्रदेश, उत्तराखण्ड, ओडिशा, कर्नाटक, केरल, गुजरात, गोवा, जम्मु र कश्मीर, तमिलनाडु, तेलङ्गाना, पञ्जाब, पश्चिम बङ्गाल, बिहार, महाराष्ट्र, राजस्थान, सिक्किम, हरियाणाहिमाञ्चल प्रदेशमा आम्बेडकर जयन्तीलाई सार्वजनिक बिदा घोषणा गरिएको छ । यसले गर्दा यो उत्सव सर्वाधिक राज्यमा सार्वजनिक बिदा घोषणा गरिएको जन्मोत्सव बनेको छ ।[४][५]

प्रत्येक वर्ष भारतको राष्ट्रपति, उपराष्ट्रपति, केन्द्रिय मन्त्री, लोकसभापति, राज्यपाल, अन्य मन्त्री, सबै राजनीतिक दलका नेता र आम्बेडकरवादी जनताले नयाँ दिल्लीमा अवस्थित संसद भवनमा रहेको बाबासाहेब आम्बेडकरको मूर्तिको अभिवादन गर्छन् । भारतीय बौद्धमार्गीहरू बौद्ध बिहार तथा उनीहरूको घरमा रहेको आम्बेडकरको प्रतीकलाई अभिवादन गर्छन् । ढोलक बजाउँदै, नृत्य प्रदर्शन गर्दै र गीत गाउँदै आम्बेडकर जयन्ती धुमधामका साथ मनाइन्छ । गैरदलित वर्गले पनि खुब उत्साहका साथ आम्बेडकरको अभिवादन गर्छन् ।[६]

पृष्ठभूमि सम्पादन गर्नुहोस्

बाबासाहेब आम्बेडकरको प्रथम सार्वजनिक जयन्ती १४ अप्रिल १९२८ मा सदाशिव रणपिसेद्वारा पुणेमा मनाइएको थियो । रणपिसे आम्बेडकरका अनुयायी थिए । ऊँट, घोडा र हात्ती जस्ता जनावर ल्यायी भीम जयन्ती मनाउने चलन चलाएको श्रेय रणपिसेलाई दिइएको छ ।[३][७]

१२५ औँ जयन्ती सम्पादन गर्नुहोस्

सन् २०१६ मा बाबासाहेब आम्बेडकरको १२५ औँ जन्मदिन मनाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । भारत सरकारले पनि देशभर १२५ औँ आम्बेडकर जयन्तीको उपलक्ष्यमा विभिन्न उत्सव मनाएको थियो । यो उत्सव विश्वभर १०२ देशमा मनाइएको थियो ।[८] प्रथम पटक १५६ राष्ट्रको सहभागितामा संयुक्त राष्ट्र सङ्घमा १२५ औँ आम्बेडकर जयन्ती मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले आम्बेडकरलाई "विश्वका प्रणेता" समेत भनेको थियो ।[९] संयुक्त राष्ट्र सङ्घको सत्तरी वर्षको इतिहासमा पहिलो पटक एक भारतीय कर्मचारीले आम्बेडकरको जन्मदिन मनाएको थियो । यसबाहेक उक्त संस्थामा सामाजिक कार्यकर्ताहरू मार्टिन लुथर किङ जुनियरनेल्सन मन्डेलाको मात्रै जन्मदिन मनाइएको छ ।[१०] आम्बेडकर, किङ र मन्डेलाले आ-आफ्ना राष्ट्रमा मानव अधिकारको क्षेत्रमा अविस्मरणीय योगदान दिएका छन् । सन् २०१७ र सन् २०१८ मा पनि संयुक्त राष्ट्र सङ्घमा आम्बेडकर जयन्ती मनाइयो ।[११][१२][१३][१४]

विशेष अभिवादन सम्पादन गर्नुहोस्

बाबासाहेब आम्बेडकरको जन्मदिनको अवसरमा उनलाई विभिन्न प्रकारले अभिवादन गरिन्छ । अहिलेसम्म आम्बेडकर जयन्तीको अवसरमा उनलाई निम्न प्रकारले सम्मानित गरिएको छ:

  • भारतीय डाकले सन् १९६६, सन् १९७३, सन् १९९१, सन् २००१ र सन् २०१३ मा आम्बेडकर जयन्तीको उपलक्ष्यमा टिकट सार्वजनिक गरेको थियो । यसबाहेक सन् २००९, सन् २०१५, सन् २०१६ र सन् २०१७ मा पनि आम्बेडकरको नाममा टिकट निकालिएको छ ।[१५][१६]
  • सन् १९९० मा भारत सरकारले आम्बेडकरको १०० औँ जन्मदिनको उपलक्ष्यमा आम्बेडकरको प्रतिमा रहेको ₹१ को सिक्का सार्वजनिक गरेको थियो ।[१७] आम्बेडकरको १२५ औँ जन्मदिनको उपलक्ष्यमा ₹१० र ₹१२५ को सिक्का सार्वजनिक गरिएको थियो जसमा आम्बेडकरको चित्र कुँदिएको थियो ।[१८]
  • सन् २०१५ मा गुगलले आम्बेडकरको १२४ औँ जन्मदिनको अवसरमा आम्बेडकरको तस्वीर गुगल डुडलमा प्रदर्शन गरी उनको अभिवादन गरेको थियो । यो डुडल अर्जेन्टिना, आयरल्यान्ड, चिली, पेरु, पोल्यान्ड, भारत, संयुक्त अधिराज्यस्विडेन गरी तीन महादेशमा सात मुलुकमा प्रदर्शन गरिएको थियो ।[१९][२०][२१][२२][२३][२४][२५][२६]
  • सन् २०१७ मा महाराष्ट्र सरकारले आम्बेडकर दिवसलाई महाराष्ट्रमा "ज्ञान दिवस" घोषणा गरेको थियो ।[२७][२८][२९][३०][३१][३२][३३]
  • संयुक्त राज्य अमेरिकामा संयुक्त राष्ट्र सङ्घमा सन् २०१६, सन् २०१७ र सन् २०१८ मा आम्बेडकर जयन्ती मनाइएको थियो ।[११][१२][१३][१४]
  • सन् २०१७ मा आम्बेडकरको १२६ औँ जन्मदिनको उपलक्ष्यमा ट्विटरले आम्बेडकरको चित्रमा आधारित विशेष इमोजी सार्वजनिक गरेको थियो ।[३४][३५]
  • ६ अप्रिल २०२० मा क्यानडामा आम्बेडकर जयन्तीलाई "समता दिवस" को रूपमा मनाइने निर्णय गरिएको थियो । उक्त निर्णय क्यानडाको बर्नबी नगर निगमले लिएको थियो र मेयर माइक हर्लीले पारित गरेका थिए । त्यसपछि देखि क्यानडामा आम्बेडकर जयन्तीलाई "समता दिवस" को रूपमा मनाइने गरियो ।[३६][३७]

उत्सव सम्पादन गर्नुहोस्

आम्बेडकर जयन्ती भारतका अधिकतम क्षेत्रमा मनाइन्छ । डा. आम्बेडकर जयन्ती समरोह समितिद्वारा वाराणसीमा आम्बेडकर जयन्तीको उपलक्ष्यमा विभिन्न कार्यक्रमको आयोजना हुन्छ । आम्बेडकरवादी सामाजिक कार्यकर्ताको समूहले चित्रकला प्रतिस्पर्धा, सामान्य ज्ञान प्रश्नोत्तर प्रतिस्पर्धा, चर्चा, नृत्य, निबन्ध लेखन, परिचर्चा, खेल प्रतिस्पर्धा र नाटक कार्यक्रमको आयोजना गर्छन् । नजिकैको शैक्षिक संस्थानबाट विभिन्न विद्यार्थीले यस कार्यक्रममा भाग लिन्छन् । आम्बेडकर जयन्तीको उपलक्ष्यमा भारतीय पत्रकार लोक कल्याण सङ्घले प्रत्येक वर्ष लखनऊमा सेमिनार आयोजना गर्छ ।

थप लेख सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "Ambedkar Jayanti", सिसिआइएस डट एनआइसी डट इन, १९ मार्च २०१५। 
  2. "Dr. B. R. Ambedkar | MEA", विदेश मन्त्रालय, भारत सरकार 
  3. ३.० ३.१ "बाबासाहेबांची जयंती कधी आणि कोणी सुरू केली ?", लोकसत्ता (मराठीमा), १४ अप्रिल २०१४, अन्तिम पहुँच १९ जून २०१८ 
  4. "Ambedkar Jayanti 2020 | Dr. B. R. Ambedkar Jayanti Holiday 2020", बैङ्क बजार (भारतीय अङ्ग्रेजीमा), अन्तिम पहुँच १९ जुलाई २०२० 
  5. "Dr. Ambedkar Jayanti in India in 2021 | by Office Holidays", अफिस होलिडेज, अन्तिम पहुँच १९ जुलाई २०२० 
  6. "डॉ. बाबासाहेबांच्या या १० गोष्टी तुम्हाला माहित आहेत का ?", १४ अप्रिल २०१८। 
  7. एप्रिल २०१८ चे लोकराज्य (महाराष्ट्र शासनाचे मासिक)।
  8. "VidMate - Free Download Youtube Whatsapp Videos", भिडमेट, अन्तिम पहुँच १९ जुलाई २०२०  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-१९ मिति
  9. "United Nations to celebrate Dr. Babasaheb Ambedkar’s Jayanti but at what cost?" 
  10. "संयुक्त राष्ट्र संघात बाबासाहेबांची जयंती", प्रहार डट इन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-१२-२० मिति
  11. ११.० ११.१ "Ambedkar Jayanti celebrated for the first time outside India as UN organises special event - Firstpost", फर्स्टपोस्ट, अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  12. १२.० १२.१ "Dr Ambedkar Jayanti celebrated at United Nations", वेलीवाडा, २०१७-०४-२९, अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  13. १३.० १३.१ "UN celebrates Ambedkar's legacy 'fighting inequality, inspiring inclusion'", द न्यू इन्डियन एक्सप्रेस, अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  14. १४.० १४.१ "संयुक्त राष्ट्र में मनाई गई डॉ. बाबासाहेब भीमराव आंबेडकर जयंती - News State", न्यूज स्टेट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  15. Ambedkar on stamps। कोल्नेक्ट डट कम।
  16. B. R. Ambedkar on stamps। विकिपिडिया कमन्स।
  17. "Dr. Bhimrao Ambedkar centenary special coin commemoration (1990):- – Dr. Antiques"  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०८-०१ मिति
  18. "PM Narendra Modi releases Rs. 10, Rs. 125 commemorative coins honouring Dr. Babasaheb Ambedkar", द फाइन्यान्सियल एक्सप्रेस, ६ डिसेम्बर २०१५, अन्तिम पहुँच १६ जनवरी २०१९ 
  19. "Archived copy", मूलबाट १४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५ 
  20. गिब्स, जोनाथन (१४ अप्रिल २०१५), "B. R. Ambedkar's 124th Birthday: Indian social reformer and politician honoured with a Google Doodle", दी इन्डिपेन्डेन्ट, मूलबाट १४ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ अप्रिल २०१५ 
  21. "B R Ambedkar 124th birth anniversary: Google doodle changes in 7 countries as tribute", दी इन्डियन एक्सप्रेस, १४ अप्रिल २०१५, मूलबाट ७ जुलाई २०१५-मा सङ्ग्रहित। 
  22. "Google's BR Ambedkar birth anniversary doodle on 7 other countries apart from India", dna, १४ अप्रिल २०१५, मूलबाट ७ जुलाई २०१५-मा सङ्ग्रहित। 
  23. "B.R. Ambedkar, a hero of India's independence movement, honoured by Google Doodle", टेलिग्राफ, १४ अप्रिल २०१५, मूलबाट ५ जनवरी २०१६-मा सङ्ग्रहित। 
  24. "B.R. Ambedkar, a hero of India's independence movement, honoured by Google Doodle", द टेलिग्राफ, अन्तिम पहुँच ९ जनवरी २०१६ 
  25. "Google doodle marks Dr BR Ambedkar's 124th birthday", द टाइम्स अफ इन्डिया, अन्तिम पहुँच ९ जनवरी २०१६ 
  26. "Google Honored Dr. Babasaheb Ambedkar with Google Doodle" 
  27. देसले, सुनील, "Babasaheb Ambedkar Jayanti 2017: Ambedkar Jayanti to be celebrated as ‘Gyan Diwas’ | डॉ. बाबासाहेब आंबेडकर जयंती आता ‘ज्ञान दिवस’ म्हणून साजरी होणार", इन्डिया डट कम (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२९ मिति
  28. "डॉ. बाबासाहेब आंबेडकर जयंती आता 'ज्ञान दिवस' म्हणून साजरा होणार", न्यूज १८ लोकमत (मराठीमा), अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति
  29. "डॉ. बाबासाहेब आंबेडकर जयंती आता ‘ज्ञान दिवस’ म्हणून साजरी होणार", आज दैनिक, अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति
  30. "डॉ. बाबासाहेब आंबेडकर जन्मदिवस ज्ञान दिवस म्हणून होणार साजरा – Mahapolitics" 
  31. "Hindi News: ज्ञान दिवस के रुप में मनेगा बाबा साहेब का जन्मदिवस| नारनौल समाचार - दैनिक भास्कर हिंदी न्यूज़", दैनिक भास्कर (हिन्दीमा), अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०६ मिति
  32. "ज्ञान दिवस Archives - Marathi News paper Online Maharashtra latest articles", मराठी न्यूजपेपर अनलाइन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मे २०१८ 
  33. "आता 'ज्ञान दिवस' म्हणून साजरी होणार बाबासाहेबांची जयंती - Majha Paper | DailyHunt", डेली हन्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मे २०१८ 
  34. "बाबासाहेब आंबेडकर जयंतीनिमित्त ट्विटरकडून खास इमोजी", लोकसत्ता (मराठीमा), १३ अप्रिल २०१७, अन्तिम पहुँच ८ मे २०१८ 
  35. "डॉ. बाबासाहेब आंबेडकर जयंतीनिमित्त ट्विटरचे खास हॅशटॅग", लोकमत (मराठीमा), १४ अप्रिल २०१७, अन्तिम पहुँच ८ मे २०१८ 
  36. मल्ल, रत्तन, "Burnaby proclaims April 14 as Dr. B.R. Ambedkar Day of Equality | Indo-Canadian Voice" 
  37. सोनावणे, किरण (११ अप्रिल २०२०), "डॉ. बाबासाहेब आंबेडकर यांचा जन्मदिवस कॅनडात 'समता दिन' म्हणून घोषित" 

बाह्य कडी सम्पादन गर्नुहोस्