ट्विटर

सामाजिक सञ्जाल

ट्विटर एक अमेरिकी माइक्रोब्लगिंङसामाजिक सञ्जाल सेवा हो जसमा प्रयोगकर्ताहरूले "ट्विट्स" भनेर चिनिने सन्देशहरू पोस्ट र अन्तरक्रिया गर्छन्। दर्ता भएका प्रयोगकर्ताहरूले ट्वीटहरू पोस्ट गर्न, लाइक गर्न र रिट्वीट गर्न सक्छन्, तर दर्ता नगरिएका प्रयोगकर्ताहरूले सार्वजनिक रूपमा उपलब्ध भएका ट्विट्सहरूलाई मात्र पढ्न सक्छन्। प्रयोगकर्ताहरूले ट्विटरसँग ब्राउजर वा मोबाइल फ्रन्टएन्ड सफ्टवेयर, वा प्रोग्रामेटिक रूपमा यसको API मार्फत अन्तरक्रिया गर्छन्। २०२० अप्रिल अघि, सेवाहरू एसएमएस (SMS) मार्फत पहुँचयोग्य थियो। यो सेवा Twitter, Inc., सान फ्रान्सिस्को, क्यालिफोर्निया मा स्थित एक निगम द्वारा प्रदान गरिएको छ, र विश्वभर २५ भन्दा बढी कार्यालयहरू छन्। ट्वीटहरू मूल रूपमा १४० क्यारेक्टरहरूमा सीमित थिए, तर नोभेम्बर २०१७ मा गैर-CJK भाषाहरूको लागि सीमा दोब्बर गरी २८० बनाइएको थियो। धेरै खाताहरूको लागि अडियो र भिडियो ट्वीटहरू १४० सेकेन्डमा सीमित रहन्छन्।

ट्विटर इन्कोरपोरेसन

ट्विटर गृहपृष्ठ २०१४ फेब्रुअरीमा
साइटको प्रकार
सामजिक संजाल, माइक्रोब्लगिंग
उपलब्ध भाषाबहुभाषी
संस्थापितसान फ्रान्सिस्को,क्यालिफोर्निया,संयुक्त राज्य अमेरिका
मुख्यालयहरू७९५ फोल्सम स्ट्रिट, सुट ६००,
सान फ्रान्सिस्को, CA 94107, संयुक्त राज्य अमेरिका[१]
सेवा क्षेत्रविश्वव्यापी
संस्थापक (हरू)ज्याक डोर्सी, नोह ग्लास,
इभान विलियम्स, बिज स्टोन
मुख्य व्यक्तिहरूज्याक डोर्सी (चेयरम्यान)
डिक कोस्टोलो (प्रमुख कार्यकारी अधिकृत)
उद्योगइन्टरनेट
आयवृद्धि $ २.५२ बिलियन (२०१६)[२]
कर्मचारीहरू३,८९८ (२०१६)[३]
युआरएलट्विटर.कम
अलेक्सा क्रमह्रास १३ (२०१८ मे सम्म)
व्यवसायिकYes
दर्ताचाहिने (पोस्ट,पछ्याउन अथवा पछयाउइन्को लागि)
प्रयोगकर्ताहरू३३० मिलियन (सक्रिय अक्टोबर २०१७)[४]
चालु भएको मिति१५ जुलाई २००६ (2006-07-15)[५]
वर्तमान स्थितिसक्रिय
[६][७][८][९][१०][११][१२][१३][१४][१५][१६][१७]

२०२२ अप्रिल २५ मा, ट्विटर को सञ्चालक समितिले एलन मस्कलाई बिक्री गर्न मन्जुरी गर्यो। एलन मस्क स्पेसएक्सटेस्ला मोटर्स कम्पनीका सिइओ हुन्। यो सम्झौता सबैभन्दा ठूलो मध्ये एक सम्झौता हो र यसबाट ट्विटर एक प्राइभेट लिमिटेड कम्पनी हुन सक्छ ।[१८][१९] [२०]

विकासकर्ताहरू सम्पादन

साइटका विकासकर्ताहरू जैक डोर्सी, नूह ग्लास, इभान विलियम्स र बिज स्टोन हुन्

सामाजिक परिवर्तनको माध्यमको रूपमा सम्पादन

ट्टिटर बढ्दो प्रयोगसँगै यसले परिवर्तनका लागि भूमिका खेल्न सक्ने एक अध्ययनले देखाएको छ । माइक्रो ब्लगिङ टि्वटर प्रयोगकर्ताबीच गरिएको सर्वेक्षणमा सहभागीमध्ये ७१ प्रतिशतले परिवर्तनका लागि यसको भूमिका हुनेमा मत दिएका छन् ।[२१]

सन्दर्भ सामग्री सम्पादन

  1. "Contact Us" 
  2. Jeremy Quittner (अक्टोबर ३, २०१३), "Twitter Balance Sheet", Google, अन्तिम पहुँच नोभेम्बर १४, २०१३ 
  3. "Twitter Company Info", Twitter, २०१४-०५-०२, अन्तिम पहुँच २०१४-०५-०२ 
  4. "Celebrating #Twitter7", Twitter, २०१३-०३-२१, अन्तिम पहुँच २०१३-०३-२१ 
  5. launch
  6. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Dorsey2006
  7. "US SEC: Form 10-K Twitter, Inc.", U.S. Securities and Exchange Commission, अन्तिम पहुँच जुन २७, २०१८ 
  8. "Twitter.com Traffic, Demographics and Competitors", www.alexa.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच डिसेम्बर २, २०१८ 
  9. "Twitter - Company", about.twitter.com, अन्तिम पहुँच जुलाई ३०, २०१९ 
  10. "Twitter CEO Jack Dorsey Recently Bought $9.5 million in Company Stock", Fortune, Reuters, अप्रिल २८, २०१७, अन्तिम पहुँच फेब्रुअरी १४, २०१८ 
  11. "MoPub Terms of Service" 
  12. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Twitter coding
  13. Humble, Charles (जुलाई ४, २०११), "Twitter Shifting More Code to JVM, Citing Performance and Encapsulation As Primary Drivers", InfoQ, अन्तिम पहुँच जनवरी १५, २०१३ 
  14. "Twitter overcounted active users since 2014, shares surge on profit hopes", USA Today 
  15. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named launch
  16. Shaban, Hamza (जुलाई २७, २०१८), "Twitter's stock plunges 19% after it reports a decline in users", Los Angeles Times, अन्तिम पहुँच जुलाई २७, २०१८ 
  17. "Twitter.com Traffic, Demographics and Competitors", www.alexa.com 
  18. Isaac, Mike; Hirsch, Lauren (२०२२-०४-२५), "Musk's deal for Twitter is worth about $44 billion.", The New York Times (en-USमा), आइएसएसएन 0362-4331, अन्तिम पहुँच २०२२-०४-२६ 
  19. Feiner, Lauren (अप्रिल २५, २०२२), "Twitter accepts Elon Musk's buyout deal", CNBC (अङ्ग्रेजीमा), अन्तिम पहुँच अप्रिल २५, २०२२ 
  20. बराल, सजना (वैशाख १४, २०७९), "ट्वीटरमा के गर्न खोज्दै छन् इलन मस्क ?", कान्तिपुर, अन्तिम पहुँच वैशाख १४, २०७९ 
  21. परिवर्तनका लागि टि्वटर नागरिक दैनिक

यो पनि हेर्नुहोस् सम्पादन