ज्ञान दिवस (महाराष्ट्र)

ज्ञान दिवस भारतको महाराष्ट्रमा महाराष्ट्र सरकारको सामाजिक न्याय तथा विशेष सहायता विभागको निर्णय अनुसार प्रत्येक वर्ष बाबासाहेब आम्बेडकरको जन्मदिनको अवसरमा १४ अप्रिलमा मनाइने उत्सव हो ।[१][२][३][४][५]

ज्ञानवन्त बाबासाहेब आम्बेडकर

गत केही दशक देखि आम्बेडकरवादी जनता तथा सङ्घसंस्थाले आम्बेडकर जयन्तीलाई "ज्ञान दिवस" को रूपमा मनाउनुका साथै महाराष्ट्र सरकारले पनि आम्बेडकर जयन्तीलाई ज्ञान दिवस घोषणा गर्नुपर्ने माग गरेका थिए । अन्ततः महाराष्ट्र सरकारद्वारा जनताको माग पूरा गरी प्रज्ञासूर्य डा. बाबासाहेब आम्बेडकरको जन्मदिनलाई "ज्ञान दिवस" घोषणा गरियो ।[६][७]

ज्ञानवन्त बाबासाहेब आम्बेडकरको पक्ष सम्पादन गर्नुहोस्

बाबासाहेब आम्बेडकरलाई निम्न कारणले "ज्ञानको प्रतीक" मानिन्छ:

  • ३२ शैक्षिक उपाधि प्राप्त गरेका बाबासाहेब आम्बेडकर संसारकै सर्वाधिक शिक्षा हासिल गरेका मानिसहरूमध्ये एक हुन् ।
  • सन् २००४ मा कोलम्बिया विश्वविद्यालयले सार्वजनिक गरेको विश्वका सर्वश्रेष्ठ १०० विद्वान् नामक सूचीमा बाबासाहेब आम्बेडकरलाई प्रथम स्थानमा सूचिकृत गरिएको थियो । उनलाई उक्त सूचीमा आधुनिक भारतको पिता पनि भनिएको थियो ।
  • सन् २०११ मा क्याम्ब्रिज विश्वविद्यालयमा आयोजित अनुसन्धानमा बाबासाहेब आम्बेडकरले ६४ विषयमा शिक्षा हासिल गरेको थाहा पाइएको थियो । अहिलेसम्म संसारको इतिहासमा अन्य कुनै व्यक्तिले पनि त्यति धेरै विषयमा ज्ञान प्राप्त गरेका छैनन् ।

थप लेख सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. देसले, सुनील, "Babasaheb Ambedkar Jayanti 2017: Ambedkar Jayanti to be celebrated as ‘Gyan Diwas’ | डॉ. बाबासाहेब आंबेडकर जयंती आता ‘ज्ञान दिवस’ म्हणून साजरी होणार", इन्डिया डट कम (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-२९ मिति
  2. "डॉ. बाबासाहेब आंबेडकर जयंती आता 'ज्ञान दिवस' म्हणून साजरा होणार", न्यूज १८ लोकमत (मराठीमा), अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति
  3. "डॉ.बाबासाहेब आंबेडकर जयंती आता ‘ज्ञान दिवस’ म्हणून साजरी होणार", आज दैनिक, अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति
  4. "डॉ. बाबासाहेब आंबेडकर जन्मदिवस ज्ञान दिवस म्हणून होणार साजरा", महापोलिटिक्स, अन्तिम पहुँच ९ मे २०१८ 
  5. "Hindi News: ज्ञान दिवस के रुप में मनेगा बाबा साहेब का जन्मदिवस | नारनौल समाचार - दैनिक भास्कर हिंदी न्यूज़", दैनिक भास्कर (हिन्दीमा), अन्तिम पहुँच ९ मे २०१८  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०६ मिति
  6. "ज्ञान दिवस Archives - Marathi News paper Online Maharashtra latest articles", मराठी न्यूजपेपर अनलाइन (अमेरिकी अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मे २०१८ 
  7. "आता 'ज्ञान दिवस' म्हणून साजरी होणार बाबासाहेबांची जयंती - Majha Paper | DailyHunt", डेलीहन्ट (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ मे २०१८