काँगडा
काँगडा हिमालयी राज्य हिमाचल प्रदेशमा रहेको काँगडा जिल्लाको एक सहर हो। काँगडाको औसत उचाइ ७३३ मिटर (२४०४ फिट) छ। काँगडा जिल्ला जालन्धर दोआबदेखि हिमालयको दक्षिणी शृङ्खलासम्म फैलिएको छ। यो बानेर नदी र माझी नदीको सङ्गममा अवस्थित सहर हो र ब्यास यहाँको एउटा महत्त्वपूर्ण नदी हो।[१]
काँगडा
नगरकोट | |
---|---|
सहर | |
![]() | |
निर्देशाङ्क: ३२°०६′११″उ ७६°१६′२४″पू / 32.10306°N 76.27333°E | |
देश | भारत |
राज्य | हिमाचल प्रदेश |
जिल्ला | काँगडा |
सरकार | |
• प्रकार | नगरपालिका |
क्षेत्रफल | |
• जम्मा | १५ किमी२ (६ वर्ग माइल) |
उन्नतांश | ७३३ मिटर (२४०५ फिट) |
जनसङ्ख्या (सन् २०११) | |
• जम्मा | ९५२८ |
• घनत्व | ६४०/किमी२ (१६००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:३० (भारतीय मानक समय) |
इतिहास
सम्पादन गर्नुहोस्सन् १८०६ मा गोर्खाली सेना नगरकोट किल्लाको खुला ढोकामा पसेको थियो। यसले युद्धरत सिख र कटोचहरू बीच गठबन्धन गर्न बाध्य बनायो, र दुबै सेनाहरूले १८०९ मा एक युद्ध पछि किल्लालाई पुन: कब्जा गरे। सन् १८२८ मा संसार चन्दको मृत्युपछि महाराजा रणजित सिंहले यसलाई आफ्नो अधीनमा लिएपछि काँगडा कटोच राजासँग रहे। त्यसपछि नेपाली गोर्खाहरूले काँगडा कब्जा गरेपछि अङ्ग्रेजहरू नआउन्जेलसम्म। टिस्टा नदीदेखि पश्चिममा काँगडासम्म विशाल नेपाल थियो। सन् १८१४ को सुगौली सन्धिपछि अङ्ग्रेजहरूले नेपालको पश्चिमी भाग कब्जा गरे, जसमा हालको उत्तराखण्ड र उत्तराखण्डको पश्चिमी सिमानादेखि काँगडा नदीसम्मको क्षेत्र समावेश छ। यी क्षेत्रहरू ब्रिटिस पूर्वी भारतमा विलय भए।[२]
अर्थतन्त्र
सम्पादन गर्नुहोस्सन् १८५० तिर काँगडा उपत्यकामा चिया खेती सुरु गरिएको थियो। मध्य एसियासँग व्यापार प्रबद्र्धन गर्ने उद्देश्यले सरकारले स्थापना गरेको पालमपुर मेलाले यार्कन्डी व्यापारीहरूको सानो समूहलाई आकर्षित गर्दछ। लाहुलीहरूले भेडा र बाख्राको माध्यमबाट लद्दाख र सीमा पारिका देशहरूसँग उद्यमशील व्यापार गर्छन्। चामल, चिया, आलु, मसला, ऊन र मह मुख्य निर्यात हुन्।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Early Aryans to Swaraj by S.R. Bakshi, page 40
- ↑ "Official website", मूलबाट ९ जनवरी २०१२-मा सङ्ग्रहित।