भीमसिंह थापा
नेपाली सैनिक अधिकारी
भीमसिंह थापा वा बाघ बुढा नेपाल एकिकरणको युद्धमा ज्यान गुमाउने सैनिक अधिकारी हुन् । उमराव भीम सिंहले सन् १७५९ (वि.सं. १८१९) को पलाञ्चोकको युद्धमा वीरगति प्राप्त गरेका थिए ।[१] उनले वीरगति पाउनासाथ उनका ११ वर्षे छोरा अमरसिंह थापा मरवट नीति अनुसार सेनामा भर्ती भएका थिए । युद्धकौशलताका लागि प्रसिद्धि पाएका भीम सिंहलाई व्यक्तिगत बाघ उपाधि दिइएको थियो ।
उमराव बाघ भीमसिंह थापा | |
---|---|
उपनाम(हरू) | बाघ बुढा |
मृत्यु | वि.सं. १८१९ पलाञ्चोक, नेपाल |
निष्ठा | नेपाली |
सक्रिय सेवा अवधि | ??-१८१९ |
युद्ध | नेपाल एकिकरण अभियानका लडाँइहरू |
सन्तान | अमरसिंह थापा |
सम्बन्धहरू | रणजोर सिंह थापा (नाति) रणध्वज थापा (नाति) नरसिंह थापा (नाति) |
परिवार
सम्पादन गर्नुहोस्उनी गोरखा सिरानचोकका बासिन्दा रणजय (रञ्जै) थापाका छोरा हुन् ।[२] उनी बगाले थापा कुलमा जन्मिएका थिए ।[१] उनका छोरा बडाकाजी अमरसिंह थापा थिए ।[२]
सन्दर्भ साम्रगी
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ Hamal 1995, पृष्ठ 191.
- ↑ २.० २.१ Pradhan 2012, पृष्ठ 195.
पुस्तक
सम्पादन गर्नुहोस्- Pradhan, Kumar L. (२०१२), Thapa Politics in Nepal: With Special Reference to Bhim Sen Thapa, 1806–1839, New Delhi: Concept Publishing Company, पृ: 278, आइएसबिएन 9788180698132।
- Hamal, Lakshman B. (१९९५), Military history of Nepal, Sharda Pustak Mandir।