अमरसिंह थापा (सानुकाजी)

तिब्बत युद्धका सर्जक एवम् पाल्पाको बडाहाकिम

अमरसिंह थापा (सानुकाजी) (नेपालको पश्चिम किल्लाका सर्वोच्च कमाण्डर बडाकाजी अमरसिंह थापा अर्कै व्यक्तित्व भएको[१]) नेपाल तिब्बत युद्धका सरदार, प्रधानमन्त्री भीमसेनका पिता तथा पाल्पाका बडाहाकिम हुन्। [१]

सानुकाजी
अमरसिंह थापा
पाल्पाका बडाहाकिम
कार्यकाल
??- वि.सं. १८७१ कार्तिक ७[१]
उतराधिकारीउजीर सिंह थापा
व्यक्तिगत विवरण
जन्मवि. सं. १८१६
बोर्लाङ, गोरखा जिल्ला
मृत्युवि.सं. १८७१ कार्तिक ७ (उमेर ५५)[१]
पाल्पा जिल्ला
नाताछोरा भीमसेन थापा, नाति माथवरसिंह थापा, नातिनी ललित त्रिपुरा सुन्दरी
उपनामसानु सरदार अमरसिंह
सैन्य सेवा
निष्ठा नेपाल
श्रेणीजनरल
लडाई/युद्धहरूनेपाल तिब्बत युद्ध

परिवार सम्पादन गर्नुहोस्

उनको जन्म बगाले थापा कुलका काजी वीरभद्र थापाको तेस्रो छोराको रूपमा गोरखा जिल्लामा वि.सं. १८१६ मा भयो। [२] उनका दाजु जीवन थापा र वंशराज थापा हुन् । जीवन थापा कीर्तिपुरको युद्धमा मारिए । उनी राजा पृथ्वीनारायण शाहका भरपर्दा काजी थिए । उनले दुई विवाह गरेका थिए । उनका सात छोराहरू क्रमशः भीमसेन थापा, नैनसिंह थापा, अमृतसिंह थापा, बख्तावर सिंह थापा, रणवीर सिंह थापा तथा रणजावर सिंह थापारणबम सिंह थापा थिए । [३]

जीवन सम्पादन गर्नुहोस्

उनले नेपाल तिब्बत युद्धमा भाग लिएका थिए । उनलाई सन् १७५९ मा सरदारको पद दिइएको थियो ।[४] उनले पहिलो नेपाल तिब्बत युद्धमा काजी बलभद्र शाहको नेतृत्वपक्षमा अन्य काजी भोटु पाण्डे र काजी कीर्तिमान् सिँह बस्न्यातसँगै भाग लिएका थिए ।[५] बडाकाजी अमरसिंहसँग छुट्याउन उनलाई सानुसरदार नि भनिन्छ । छोरा प्र.म. हुँदा उनी पाल्पाका बडाहाकिम थिए[४]

स्रोत सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोला सम्पादन गर्नुहोस्