विश्वेश्वरप्रसाद कोइराला

प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार

विश्वेश्वरप्रसाद कोइराला (१९७१ भाद्र २४ - २०३९ साउन ६) नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपालीहिन्दी भाषाका साहित्यकार थिए।[२] उनले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरेका थिए।[३] नेपाली भाषा साहित्यमामा उनले मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गरेका थिए।[४] कोइरालाको बाबुको नाम कृष्णप्रसाद कोइराला हो।

जननेता विश्वेश्वरप्रसाद कोइराला
BP Koirala.jpg
२२ औँ प्रधानमन्त्री (नेपाल)
कार्यकाल
२०१६ जेष्ठ १३
[१] २७ मे १९५९ – २०१७ साल पुस १
१५ डिसेम्बर १९६०
एकाधिपतिराजा महेन्द्र
पूर्वाधिकारीसुवर्ण शमशेर राणा
उतराधिकारीतुलसी गिरी
व्यक्तिगत विवरण
जन्म(१९१४-०९-०८)८ सेप्टेम्बर १९१४
वाराणसी, ब्रिटिस राज
(हाल भारत)
मृत्यु२१ जुलाई १९८२(१९८२-०७-२१) (६७ वर्ष)
काठमाडौँ, नेपाल
राजनीतिक दलनेपाली कांग्रेस
जीवन साथीसुशीला कोइराला
मातृ शिक्षाप्रतिष्ठानबनारस हिन्दू विश्वविद्यालय
कलकत्ता विश्वविद्यालय
हस्ताक्षर

परिवारसम्पादन

कोइराला परिवार नेपालको प्रजातान्त्रिक तथा गणतान्त्रिक व्यवस्थाको समयको चर्चित राजनीतिक परिवार हो। यस परिवारका प्राय सबै सदस्यहरू नेपाली काङ्ग्रेस पार्टीसँग आबद्ध छन्। विश्वेश्वरप्रसाद कोइराला कृष्णप्रसाद कोइरालाका साहिला सन्तान हुन्।[५] उनको विवाह सुशीला कोइरालासँग भएको थियो। उनीहरूका प्रकाश, हर्ष र शशांक गरि ३ छोरा छन् भने चेतना कोइराला उनकी छोरी हुन्।

सुरुवाती जीवनसम्पादन

विश्वेश्वरप्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भएको थियो। आन्दोलनमा लागेकै कारण विश्वेश्वरप्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई वि.सं १९८६ मा तीन महिनासम्म बेलायती सरकारले कैद गरेको थियो। यसपछि नै उनको राजनीतिक जीवनको सुरुवात भएको थियो। वि.सं १९८८ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरेका थिए। त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर पूरा गरेका थिए। अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानून व्यवसाय काम गरेका थिए। विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिक रहेका थिए। दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गरिएको थियो। त्यहाँबाट छुटेपछि उनले वि.सं २००३ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए जुन पछि गएर नेपाली कांग्रेस बन्न पुगेको थियो।

नेपालमा सुरुवाती राजनीतिक नेतृत्वसम्पादन

वि.सं २००३ मा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो। २००७ सालमा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक सङ्घर्ष सुरु गरेका थिए। सोही वर्ष राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो। त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बनेका थिए

सात सालको क्रान्तिसम्पादन

सात सालको क्रान्तिमा विश्वेश्वरप्रसाद कोइरालाको महत्त्वपूर्ण योगदान रहेको थियो जसलाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भन्ने भनिन्छ। तात्कालिक समयमा देशमा रहेको जहानीयाँ वा एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो।[६] यस क्रान्तिमा नेपालको पहिलो राजनीतिक दल नेपाल प्रजा परिषद्नेपाली कांग्रेस लगायतका पार्टी भाग लिएका थिए। सात सालको क्रान्ति सफल भएसँगै राणा शासनको अन्त्य भएको थियो।[७]

राजनीतिक वृत्तिसम्पादन

 
२०१५ मा दिल्ली जाँदै तात्कालिक गृहमन्त्री कोइराला

भारतमा कैद रहेका कोइराला भारतीय स्वतन्त्रता आन्दोलन पछि रिहा भएका थिए। भारतको परिवर्तन देखेर उनले नेपालमा पनि परिवर्तन ल्याउने प्रयास गर्ने तयारी गरेका थिए। वि.सं २००३ सालमा, उनले भारतबाट समाजवादी नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरेका थिए। २००६ सालमा, नेपाली कांग्रेस पार्टी बनेको थियो। २००३ फागुन २६ मा कोइरालाका भाइ गिरिजाप्रसाद कोइरालालाई बिराटनगर जुट मिल हड्तालमा उत्रिन सहयोग गर्नका लागि उनी नेपालगञ्ज पुगेका थिए। गिरिजाप्रसाद कोइराला र राष्ट्रिय कांग्रेसका अन्य चार नेतासहित उनलाई पक्राउ गरी २१ दिन थुनामा राखिएको थियो। उनलाई पछि रिहा गरिएको थियो।[८]

पछि उनी फर्केर भारत गएका थिए। राणा शासन विरुद्ध सङ्घर्ष गर्नका लागि उनले सबैलाई एकत्रित गरेका थिए। अन्ततः कोइरालाले साल सालको क्रान्तिको नेतृत्व गरेका थिए, जसले नेपालको १०४ वर्षीय राणा शासनलाई परास्त गरेको थियो। राणा–कांग्रेस गठबन्धनको मन्त्रिमण्डल जसमा कोइरालाले गृहमन्त्रीका रुपमा ९महिना सेवा गरेका थिए। अन्तिम राणा प्रधानमन्त्रीलाई पछि बर्खास्त गरिएको थियो। त्यसपछि कोइरालाले नेपाली राजनीतिक संरचनाको विकास गर्नेतर्फ ध्यान दिएका थिए। राजा महेन्द्रले २०१५ मा स्वतन्त्र संसदीय निर्वाचन गर्न सक्षम बनाउने नयाँ संविधानको १ फागुन २०१५ घोषणा गरेका थिए। २०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गरेका थिए। उनको सरकार १८ महिना मात्र सरकारमा रहेको थियो।[९] नेपाली काङ्ग्रेस कुल १०९ मध्ये ७४ सिट प्राप्त गरेको थियो[१०][११] भने कोइराला नेपालको २२औँ प्रधानमन्त्री बनेका थिए।

वैदेशिक सम्बन्धसम्पादन

 
इजरायल भ्रमणको क्रममा विश्वरप्रसाद कोइराला र इजरायली प्रधानमन्त्री डेभिड बेन गुरियन

प्रधानमन्त्री कालमा उनले संयुक्त राष्ट्रसङ्घ, भारत तथा चीनको मैतृपूर्ण भ्रमण गरेका थिए। प्रधानमन्त्री बीपी कोइरालाले २०१६ फागुन २८ देखि चैत ११ सम्म चीनको भ्रमण गरेका थिए। त्यसबेला उनले चिनियाँ प्रधानमन्त्री चाउ एन लाईलाई नेपाल भ्रमणको निम्तो दिएर नेपाल आएका थिए। त्यस लगत्तै २०१७ वैशाख १४ देखि १७ सम्म चाउ एन लाईले दोस्रो पटक नेपालको भ्रमण गरेका थिए।[१२]

उनले त्यसबेला नेपाली संसद्‌का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन पनि गरेका थिए। त्यसै क्रममा २०१६ वैशाख १६ मा नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धिमा हस्ताक्षर भएको थियो। उक्त सन्धिमा नेपालका तर्फबाट बीपी कोइराला र चीनका तर्फबाट चाउ एनलाईले हस्ताक्षर गरेका थिए। [१३]

भूमिसुधारसम्पादन

प्रधानमन्त्रीत्वकालमा उनले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराएका थिए।[१४]

सरकार विघटन र कैदसम्पादन

वि.सं. २०१७ साल पुस १ मा, राजा महेन्द्रले आफ्नो विशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान, सरकार तथा कोइराला नेतृत्वको सरकार भङ्ग गरेका थिए।[१५] त्यसपछि उनलाई कैद गरिएको थियो र कुनै मुद्दा बिना नै ८ वर्षसम्म कैदमा राखिएको थियो। वि.सं २०२४ मा उनलाई बनारस निर्वासनमा जान दिइएको थियो। वि.सं २०३२ मा उनी नेपाल फर्के तर तत्कालीन नेपाल सरकारले उनलाई देश द्रोहको अभियोगमा कैद गरेको थियो। अन्तर्राष्ट्रिय दबाबका कारण २०३४ मा उनका विरुद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लिएको थियो। २०३६ सालको आन्दोलन बेला उनलाई आफ्नै निवासमा नजर बन्द गरेर राखिएको थियो।[१६]

साहित्यिक योगदानसम्पादन

 
विश्वेश्वरप्रसाद कोइरालाको स्केचचित्र

प्रसिद्ध राजनितिज्ञ, प्रजातान्त्रिक समाजवादका चिन्तक एवम् प्रयोक्ता विश्वेश्वरप्रसाद कोइराला स्वतन्त्र रूपमा उत्कृष्ट साहित्य सिर्जना गरेर नेपाली वाङमयमा नयाँ चिन्तन, नयाँ आयाम, नयाँ परम्परा र शैली दिएर सदाका निम्ति अमर बनेका छन्। कोइराला नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउन पहिलो आख्यानकार समेत हुन्।[१७]

उपन्याससम्पादन

  • तीन घुम्ती: यसमा नारीका तीन रुप प्रेमिका, पत्नि र आमा को चित्रण गरिएको छ। एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो। यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको सङ्घर्षको कथा हो तीन घुम्ती।
  • सुम्निमा: यो दुई भिन्न संस्कृतिको समन्वय,सम्मिस्रण गाथा हो। आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन्। तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ। पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन। स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे। प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो। सुम्निमा किराँत धर्मावलम्बीहरू द्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँतहरूको आरोप छ।
  • 'नरेन्द्रदाइ': नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो। नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ। पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका - दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा।
  • मोदिआइन : यो सानो आकारको तर महत्त्वपूर्ण उपन्यास हो। हजारौँ वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ। युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो। अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुपर्‍यो। त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना।
  • हिटलर र यहुदी : जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घटनाको आधारमा यो उपन्यास लेखिएको छ। कृष्ण र हिटलरलाई तुलनीय छटा देखाएर पूर्वीय मान्यतामै द्वन्द सृजना गरिएको छ र यो उपन्यासको नाम अनुसार ऐतिहासिक पृष्ठभूमिको झलकले भरिएको पनि छ। हिटलरले गरेको नरसंहार र युद्ध भयङ्करता देखाएर यसमा पनि शान्ति मूल आधार हो भन्ने कुरा प्रस्ट पारिएको छ।
  • बाबु, आमा र छोरा : यो प्रकाशनका दृष्टिले पनि अन्तिम उपन्यास हो। यसमा नाम अनुसार नै तीन पात्रहरूको सम्बन्धको चित्रण गरिएको छ। बडो विचित्र र नेपाली समाजमा नपच्ने खालको कथाश्रृङ्खला छ यसमा – आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोश्रो बिहे भई बाबुकी पत्नीको स्थान लिनु। यस उपन्यासमा यी तीनवटै पात्रहरूको मानसद्वन्द र यौन मनोविश्लेषणको चित्रण गरिएको छ। प्रेमको त्रिकोणात्मकतासँगै यौनसमस्याको अप्रेसन गर्ने कार्य भएको छ यस उपन्यासमा। तर यस प्रकारको प्रस्तुति नेपाली समाजको त कुरै भएन, युरोपेली समाजमा पनि पाच्य हुन गाह्रो छ।

कथासम्पादन

जीवनीसम्पादन

विरासतसम्पादन

उनको स्मृतिमा निम्न संस्थाहरू स्थापना भएका छन्:

१. वि.सं २०४८ मा बिपी कोइराला नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, भारत र नेपालका प्रधानमन्त्रीहरूले दुई देशबीचको समझदारी र मित्रतालाई निरन्तर पालनपोषण र थप प्रवर्द्धन गर्न राष्ट्रसेवक, सञ्चारकर्मी आदिलाई उपलब्ध गराएर सरकार–देखि सरकारी स्तरमा गरिने सामान्य सहयोग र अन्तरक्रियालाई परिपूर्ति गर्ने उद्देश्यका साथ स्थापना गरिएको थियो।[१९]

२. वि.सं २०४८ मा, विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको स्थापना गरी नेपालमा खगोल र ब्रह्माण्ड विज्ञानको क्षेत्रमा अनुसन्धानात्मक गतिविधि सञ्चालन गरिएको थियो।[२०][२१]

३. बी. पी. कोइराला स्मृति ट्रष्टको स्थापना वि.सं २०५७ मा स्वर्गीय बी. पी. कोइरालाको स्मृतिमा भएको थियो। नेपाल सरकारले रोयल्टी सङ्कलन गर्ने, प्रतिलिपि अधिकार दाबी गर्ने र बी. पी. कोइरालासम्बन्धी कानुनी अनुमति दिने यो एक मात्र कानूनी संस्था हो। यस ट्रस्टले नेपाल सरकारबाट आर्थिक सहयोग प्राप्त गर्ने गरेको छ।[२२]

४. २०५१ पुष १४ मा, उनको स्मृतिमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापना चितवनको भरतपुरमा गरिएको थियो।[२३]

साथै नेपालमा उनको निस्वार्थ योगदानको स्मरण गर्नका लागि नेपाल बाहिर पनि विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिएको छ।[२४][२५][२६]

निधनसम्पादन

नेपालकका पहिलो जननिर्वाचित प्रधानमन्त्री एवम् प्रसिद्ध साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो। उनको अन्त्येष्टिमा झन्डै ५० लाख मानिसहरू उपस्थित भएका थिए।

यो पनि हेर्नुहोस्सम्पादन

नेपालको पहिलो प्रतिनिधिसभा (२०१५) का सदस्यहरू

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. २०१६ जेष्ठ १३ नेपाल राजपत्र
  2. प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल। "विश्वेश्वरप्रसाद कोइरालाको कथाकारिता" (नेपाली) भाषा)। ब्रिट नेपाल। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  3. पिताम्बर भण्डारी। "गणतन्त्रमा बिपी बिम्ब"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  4. "साहित्यका 'अराजक' बिपी" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  5. "को हुन् विपी कोइराला ? (स्मृति दिवस विशेष)"नेपालटप (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  6. "सात सालको क्रान्ति क्रान्तिहरूकै जननी हो"हिमाल खबर पत्रिका (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  7. "समयसमयका परिवर्तनको ढोका बनेको फागुन ७ गते"खरिबोट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  8. "को हुन् विपी कोइराला ? (स्मृति दिवस विशेष)" (नेपाली) भाषा)। द नेपालटप। सङ्ग्रह मिति २८ जुलाई २०२२ 
  9. "बिपीलाई सम्झँंदा कांग्रेसको दायित्व"विकास टाइम्स (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  10. "केवल एक पार्टी प्रमुखले जितेका थिए पहिलो आमनिर्वाचन"देशसञ्चार। २०१७-१२-०१। सङ्ग्रह मिति २०२०-०६-१७ 
  11. "यस्तो थियो २०१५ सालमा आमचुनावको रौनक"अन्नपूर्ण पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति २६ मे २०२१ 
  12. "आज ३९ औं विपी कोइराला स्मृति दिवस, मेलमिलापको नीति आज उत्तिकै सान्दर्भिक" (नेपाली) भाषा)। नयाँ पेज। सङ्ग्रह मिति २८ जुलाई २०२२ 
  13. "दौत्य सम्बन्धको छ दशकमा चीनबाट नेपालमा भएका उच्चस्तरीय भ्रमणहरू", बीबीसी नेपाली, अन्तिम पहुँच ७ सेप्टेम्बर २०१९ 
  14. "बिपी केेमा चुके, केेमा चुकेनन्?"सेतोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  15. "२०१७ साल पुस १ : कुहिरो लागेको त्यो दिन राजा महेन्द्रले कसरी गरेका थिए 'कु'?" (नेपाली) भाषा)। नेपाल लाइभ। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  16. "बीपीलाई स्मरण गर्दा ……"हिमाल पोस्ट (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  17. "वीपी कोइराला : नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउने पहिलो आख्यानकार"रातोपाटी (नेपाली) भाषा)। सङ्ग्रह मिति २८ जुलाई २०२२ 
  18. भाषा/साहित्य, समीक्षा, शिवप्रसाद भट्टराई, गोरखापत्र
  19. "बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान"हेल्थ पोस्ट नेपाल (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  20. "B.P. Koirala Memorial Planetorium, Observatory and Science Museum Development Board", मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  21. "वी.पी. कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समिति" 
  22. "बिपी कोइराला स्मृति ट्रस्ट"फरकधार (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  23. "बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल" (नेपाली) भाषा)। सङ्ग्रह मिति १४ मार्च २०२२ 
  24. "Country remembers BP Koirala for his contribution", मूलबाट २४ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 
  25. "B.P. Koirala remembered Indian ambassador Rae highlighted B.P. Koirala's contribution", SpotlightNepal.com 
  26. "B.P. Koirala's National Reconciliation Relevant Forever", मूलबाट २३ जुलाई २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१५ 

बाह्य कडीहरूसम्पादन

  1. विश्वेश्वरप्रसाद कोइरालाका रचनाहरू (मझेरी डट कममा)
पूर्वाधिकारी
सुवर्ण शमशेर राणा
नेपालको प्रधानमन्त्री
२०१६ जेठ १३ – २०१७ पुष १२
उत्तराधिकारी 
तुलसी गिरी
पूर्वाधिकारी
मातृका प्रसाद कोइराला
नेपाली कांग्रेसको सभापति
??
उत्तराधिकारी 
कृष्णप्रसाद भट्टराई