भारतीय सेना
भारत सरकार भारतको तथा यसको प्रत्येक भागको सुरक्षा सुनिश्चित गर्नको लागि उत्तरदायी छ। भारतीय शस्त्र सेनाहरूको सर्वोच्च कमाण्ड भारतको राष्ट्रपतिको अधिन छ । राष्ट्रको रक्षा गर्ने दायित्व मन्त्री परिषद्को हुदछ । यसको निर्वहन रक्षा मन्त्रालयबाट गरीन्छ, जसले सशस्त्र बलहरूलाई देशको रक्षाको सन्दर्भमा उनिहरूको दायित्व निर्वहनको लागि नीतिगत रूपरेखा र जानकारीहरू प्रदान गर्दछ। भारतीय शस्त्र सेनामा तीन प्रभाग छन भारतीय थलसेना, भारतीय जलसेना, भारतीय वायुसेना, र अन्य थुप्रै स्वतन्त्र र आनुषांगिक इकाइहरू जस्तो: भारतीय सीमा सुरक्षा बल, असम राइफल्स, राष्ट्रिय राइफल्स, राष्ट्रिय सुरक्षा गार्ड, भारत तिब्बत सीमा पुलिस इत्यादि।
भारतीय सेना | |
---|---|
Service Before Self | |
स्थापित | १ अप्रिल १८९५ – present |
देश: | भारत |
प्रकार: | सेना |
आकार: | 1,129,900 Active personnel 960,000 Reserve personnel 158 Aircraft |
कोt अन्ङ | Ministry of Defence Indian Armed Forces |
मुख्यालय | नयाँ दिल्ली, भारत |
वेबसाइट: | Official Website of the Indian Army |
सेनापति: | |
सेना प्रमुख | जनरल विक्रम सिंह |
सम्झनलायक सेनापतिहरू: |
General Thimayya Field Marshal Cariappa Field Marshal Manekshaw |
भारतीय सेनाको सर्बोच्च कमान्डर भारतको राष्ट्रपति हुन। यो विश्वको सबैभन्दा ठूलो र प्रमुख सेनाहरू मध्ये एक हो। सँख्याको दृष्टिबाट भारतीय थलसेनाको जवानहरूको सँख्या विश्वमा चीन पछि सबभन्दा धेरै छ। जहिले भारतीय सेनाको गठन भएको थियो भारतले दुवै विश्वयुद्धमा भाग लिएको थियो। भारतको स्वाधिनता पछि भारतीय सेनाले पाकिस्तानको विरुद्ध तीनवटा युद्ध जितेको छ (१९४८, १९६५ र १९७१) तथा चीनसँग १९६२ मा एक पटक भिडन्त पर्यो। १९९९ मा यस एउटा सानो युद्ध कारगिल युद्ध पाकिस्तानसंग अर्को पटक फेरी लड्यो जसको पछि पाकिस्तानमा नवाज शरीफको सत्ता पलट गरेर परवेज मुशर्रफ सत्तासीन भए।
भारतीय सेना आणविक हथियारबाट सुसज्जीत छ र त्यससँग उचित मिसाइल प्रविधी पनि उपलब्ध छ।
भारतीय सेनाको तर्फबाट दिइने सर्वोच्च सम्मान परमवीर चक्र हो।
सेनाको व्ययसम्पादन
डलरमा | $14,018.8 million (2003) |
सकल घरेलू उत्पादको प्रतिशत | 2.4% (2003) |
भारतीय सेनाको शाखाहरू
बाह्य पृष्ठसम्पादन
भारतरक्षक - भारतीय सेनाको सबै अंगहरूको आधिकारिक शाखाहरूको मुख्यपृष्ठ
विकिमिडिया कमन्समा भारतीय सेना सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |