दक्षिण एसियाली हिन्दू र मुश्लीम संस्कृति समाजमा आफूलाई महिला वा पुरुषको परिभाषामा नराख्ने आफ्नो छुट्टै समाज, संस्कार, रीतिरिवाज र रहन सहन भएको विभिन्न समुदायहरू छन् । सामाजिक मूल्य मान्यता अनुसार तेस्रोलिङ्गी व्यक्तिहरूलाई अलौकिक मानिन्छ र उनीहरूले दिएको आशिर्वाद र श्राप लाग्दछ भन्ने मान्यता समेत रहेको र उनीहरू कुनै सुखद अवशर जस्तै विवाह, नवजन्म शिशु, इत्यादीमा नाच गान गर्ने, आशिर्वाद दिने परम्परागत पेशा पनि गर्दछन् । कतिपय तेस्रोलिङ्गी समुदायहरूको लामो इतिहास नै छ, उनीहरूको छुट्टै स्थानमा समुदायगत बसोबास हुन्छ र आफ्नो समुदायमा कोही भित्रन चाहेमा, समुदायमा भित्री सकेपछी, समुदायमा कसैको मृत्यु हुँदा र कतिपय अवस्थामा समुदायको आफ्नै छुट्टै भाषा वा भाषिका समेत हुने गर्दछ । [१] [२] [३] [४] [५] [६]

नेपाल सम्पादन गर्नुहोस्

नेपालको पहाडी भेगमा मेटी, मारुनी, मधेसमा कोथी, मौगियाह, नेवार समुदायमा मैंबाबु, डोट्यालीमा घाँडे, हिमाली भेगमा फुलुमुलु, फोलोक मोलोक, इत्यादी तेस्रोलिङ्गी समुदायहरू छन् । [७]

बाङ्लादेश सम्पादन गर्नुहोस्

सन् २०१३म बाङ्लादेशले महिला पुरुष बाहेक 'हिजडा' भनी तेस्रोलिङ्गी व्यक्तिहरूलाई पहिचान दिएको थियो । [८]

भारत सम्पादन गर्नुहोस्

तेस्रोलिङ्गी संस्कृतिको व्यापकता रहेको प्रमुख देश भारत हो । हिन्दी भाषामा हिजडा, हिज्रा, हिजरा, इत्यादी भनिने गरिन्छ । उर्दू भाषामा 'ख्वाजासिरा' भनिने गरिन्छ । तेलुगु भाषामा नपुन्सकुडू', तमिल भाषामा 'थिरु नङ्गाई', 'अरवानी', इत्यादी तेस्रोलिङ्गी समुदायहरू अस्तित्वमा छन् । [९]

अधिकार सम्पादन गर्नुहोस्

दक्षिण एसियाका अधिकांश देशहरूमा तेस्रोलिङ्गीको अवधारणा भएकाले नेपाल, भारत, बाङ्लादेश र पाकिस्तानले तेस्रोलिङ्गी पहिचानलाई विभिन्न ढङ्गले मान्यता दिएका छन् । [१०]

समाज सम्पादन गर्नुहोस्

दक्षिण एसियाका केही तेस्रोलिङ्गी समाजहरू देहाय बमोजिमका छन् :-

दिवस सम्पादन गर्नुहोस्

वर्षेनी अप्रिल १७ तारिखमा तेस्रोलिङ्गी दिवस मनाइन्छ ।

भाषा सम्पादन गर्नुहोस्

हिन्दी र उर्दू भाषामा आधारित दिल्लीमा हिजडा समुदायको हिज्रा फारसी नामक छुट्टै भाषा प्रचलनमा छ । [११] [१२] [१३] [१४] नेपालमा पनि मेटी भाषा भनिने नेपाली भाषामा आधारित भाषा प्रचलनमा छ ।

हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित। 
  2. "यौभिकयौता दस्तावेज", तान नेपाल। 
  3. "यौभिकयौता दस्तावेज", सहायम् नेपाल। 
  4. "नेपाली भाषाको समावेशी तथा मैत्रीपूर्ण भाषाको प्रयोग सम्बन्धी साझा बुझाई", बडी एण्ड डाटा। 
  5. "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप। 
  6. "यौभिकयौता व्याख्यात्मक दस्तावेज", क्वयेर युथ ग्रुप। 
  7. "समलिंगी तेस्रोलिंगी बारे बारम्बार सोधिने प्रश्नहरू", नील हिरा समाज। 
  8. Karim, Mohosinul (२५ अक्टोबर २०१४), "Hijras Now a Separate Gender", Dhaka Tribune, मूलबाट १० सेप्टेम्बर २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ सेप्टेम्बर २०१७ 
  9. Naz Foundation International, Briefing Paper 3: Developing community-based sexual health services for males who have sex with males in South Asia. August 1999. Paper online वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१५ मिति (Microsoft Word file).
  10. "South-South collaboration to advance legal gender recognition and inclusion of transgender people in South Asia", UNDP Asia Pacific। 
  11. Hall 2001, pp. 133–162 "In Delhi the hijras have named their language Farsi. While their "hijralect" has very little, if anything, to do with what is generally known as "Farsi", the term is fitting given that the hijras see themselves as descended from the eunuchs of the medieval Moghul courts, where Farsi was the dominant language.
  12. Hall, K. (1996). Lexical subversion in India’s Hijra community. In Gender and Belief Systems: Proceedings of the Third Berkeley Women and Language Conference. Berkeley, CA: Berkeley Women and Language Group (pp. 279-292).[१]
  13. Rehman, Zehra; Rehman, Zehra, "The secret language of South Asia's transgender community", Quartz India (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-०१-२६ 
  14. "Hijra Farsi: Secret language knits community - Times of India", The Times of India, अन्तिम पहुँच २०१९-०१-२६ 

थप सम्पादन गर्नुहोस्

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा